राजमार्गका होटलमा यात्रुका लागि एउटै मूल्य

Loading...
Spread the love

आश्विन १, काठमाण्डौ । यात्रुले खाना खाने राजमार्गका सबै होटलमा एउटै मूल्य कायम भएको छ । चितवन होटल संघको पहलमा निर्धारण भएको मूल्य बुधबारदेखि लागू हुने छ ।

hotel 11

चितवन होटल संघले जिरामसिनो चामलको भात, दुई थरी तरकारी, दाल, अचार र सलादको मूल्य एक सय २० रुपैयाँ तोकेको छ । मासुमा माछा र कुखुरा खाए ६० र खसी खाए ९० रुपैयाँ थप तिर्नु पर्छ । संघले सादा चाउचाउ, अन्डा राखेको चाउचाउ, चाउमिन, मोःमो, दही र बोतल पानीको पनि मूल्य तोकेको छ ।

मूल्य सूची तोकिए पनि होटलमा रोकिने बसका चालकलाई पैसा र सुविधा दिनुपर्ने बाध्यता रहेसम्म कम मूल्यमा गुणस्तरीय खाना ख्वाउन नसकिने व्यवसायी बताउँछन् ।

हामीले मूल्य तोकेका छौं । खाना–नास्ताको न्यूनतम गुणस्तर कस्तो हुने हो, त्यो पनि तोकेका छौं । सबै होटलले त्यही अनुसार गर्नेछन् । त्यसो भएपछि चालकलाई कमिसन दिनु पर्दैन, चितवन होटल संघका अध्यक्ष इमान्दु बरालले भने । अब यात्रुले उचित मूल्यमा राम्रो खाना पाउने र होटल सञ्चालकलाई पनि नाफा हुने उनले बताए ।

दसैं–तिहारमा यात्रुको चाप बढ्ने भएकाले ग्राहक तान्न राजमार्गका होटलले चालकलाई बढी कमिसन दिनुपर्ने हुन्छ । अरु बेला सुनसान हुने होटल यो बेला भरिभराउ हुन्छन् । चालकलाई निश्चित पैसा दिएर गाडी रोक्न लगाइन्छ । ११ महिनाको घाटा यही बेला निकालिन्छ,रामनगरका स्थानीय तथा पूर्वहोटल व्यवसायी भरत कुँवरले भने ।

रामनगरकै अर्का होटल मालिक कृष्ण भट्ट बस चालकलाई जसले धेरै कमिसन दिन्छ उसकै होटल अगाडि गाडी रोकिदिने बताउँछन् । कमिसनको पैसा ग्राहकको खानामै जोडिने हो,उनले भने । रामनगरकै गीताञ्जली होटलकी गीता घिमिरे पनि नयाँ मूल्यमा गुणस्तरीय खाना ख्वाउन चालकलाई रकम दिनुपर्ने परिपाटी रोकिनै पर्ने बताउँछिन् ।

म भत्ता दिन्छु, म त्यसको भन्दा धेरै दिन्छु भन्दै गाडी रोक्न लगाउने होटल रहँदासम्म यात्रुले उचित मूल्यमा गुणस्तरीय खाना खान पाउने अवस्था रहँदैन, घिमिरेले भनिन् ।

होटल संघ चितवनका अध्यक्ष बराल चितवनदेखि नवलपरासी र मकवानपुरसम्मका होटलमा समान मूल्यसूची कायम गरिएकाले एकरुपता हुने र चालकलाई पैसा दिन नपर्ने बताउँछन् ।

नवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्म, चितवन र मकवानपुरमा यात्रुले खाना खाने तीन सय होटल छन् । ती सबैमा मूल्यसूची राखिने र लागू गराउन हरबखत सक्रिय हुने होटल संघ मकवानपुरका अध्यक्ष भगिरथ शर्माले बताए । तोकिएको मूल्यमा तोकिएकै गुणस्तरको खाना नदिने होटलविरुद्ध उजुरी गर्न सकिने छ ।

मूल्यसूचीमा उजुरी गर्ने निकायको नाम र सम्पर्क नम्बर छ । उजुरी आए कारबाही गर्न सधैं तयार रहने चितवनका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेले बताए । होटल संघले जारी गरेको मूल्यसूची राखे, नराखेको र गुणस्तर कायम गरे, नगरेको पनि बेलाबेलामा अनुगमन गर्ने अध्यक्ष बरालको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय र होटल व्यवसायी संघको समन्वयमा चाँडै नै धादिङका होटलमा पनि मूल्यसूची राख्ने स्थानीय व्यवसायीको तयारी छ ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...