जिल्ला अदालतमा देवानी मुद्दा दर्ता कार्यविधि

Loading...
Spread the love

सिताशरण मण्डल
अधिवक्ता
कुनै पनी कानूनी समश्या परेमा हामी न्यायकालागी कानून ब्यवसाइ साँग परामर्शगर्दछौ । कानून ब्यवसाइले अदालतसमक्ष मुद्दा दर्ता गर्नको लागि मुद्दा तयार गर्दछ…

सिताशरण मण्डल
अधिवक्ता
कुनै पनी कानूनी समश्या परेमा हामी न्यायकालागी कानून ब्यवसाइ साँग परामर्शगर्दछौ । कानून ब्यवसाइले अदालतसमक्ष मुद्दा दर्ता गर्नको लागि मुद्दा तयार गर्दछ। यसरि तयार गरेको मुद्दा कसरी अदालतमा दर्ता गर्नेहो भन्ने मसिनो कार्यविधीको वारेमा कुनै औपचारीक कानूनी ब्यवस्था छैन र यस विषयमा नवोदित कानून ब्यवसाईहरु लाई समेत कठिनाइ हुन्छ भने सर्वसाधारणलाई त थाहा हुने कुरै भएन । शुरु अदालत अथवा जिल्ला अदालतमा मुद्दा दर्ता गर्न के कुन प्रक्रिया हुन्छ त्यस वारे कानून व्यवसायीले त जान्न अनिवार्यनै छ भने सर्वसाधारण ले समेत यसवारे वुझ्न आवाश्यक छ । हामी अदालत परिशरमा छिर्छाै र मुद्दा दर्ता गर्न हामीलाई केही थाहा छैन भने । हामी अदालत भित्र कहाँ कसरी दर्ता गर्ने कसलाई सोध्ने कुराहरुमा हामी अलमलमा पर्छाैं । हामीले अनेकौं मानिसहरुलाई सोध्नु पर्ने हुन्छ । कसैले भन्छ थाहा छैन, थाहाभएको व्यक्तीले केही भन्न चाहन्दैन त्यस्तो अवस्थामा तपाई हामी मुद्दा दर्ताको लागि निम्न कार्य प्रक्रिया अनुरुप गर्न पर्दछ ।
ड्ड    काठमाडौं जिल्ला अदालत भित्र हामी फिराद लिएर जाँदा पहिला मुद्दा दर्ता फाँटमा जानु पर्छ । आफु सँग भएको प्रमाण कागजहरु लगाएत नागरिकता फोटोकपि समेत लिएर दर्ता फाँटमा जानु पर्छ । दर्ता फाँटवालाले रित पूर्वकको फिराद छ भने फिराद पत्रको पहिलो पानामा लाग्ने दस्तुरहरु उल्लेख गरेर लगत भिडाउन र रसिद कटाएर ल्याउनु भन्छ । काठमाडौं जिल्ला अदालत बाहिरको अदालतमा श्रेस्तेदारलाई उक्त फिराद पत्र देखाउनु पर्छ । श्रेस्तेदारले सबै दस्तुर उल्लेख गरेर लगत भिडाउनु र दर्ता गराउनु भन्छ ।
ड्ड    त्यस पछि हामी लगत फाँटमा जान्छौ  लगत भन्नाले अदालतबाट लागेको दण्ड, कैद, जरीवाना, लागेको छ छैन, छ भने बुझाएको छ, छैन हेर्ने हो लगत छैन भने सोही कुरा जनाएर लगत फाँटवालाले सहि गरेर कागज दिन्छ ।
ड्ड    सो कार्य पछि  हामी नगद बुझाउने ठाउँमा फिराद पत्र लागएतको काजगहरु दिन्छौं नगद बुझ्ने कर्मचारीले फिरादमा उल्लेख गरेको रकम बराबरको रसिद काटेर दिन्छ सो उपरान्त उक्त रसिद र फिराद पत्र लगाएतको कागजहरु मुद्दा दर्ता फाँटमा पुनः दिनु पर्छ । त्यसपछि दर्ताफाँटवालाले फाइलिङ्ग गरेर मुद्दाको नम्मर मुद्दा दयरीमा चढाउँछ र फाइल माथि मुद्दा नम्मर उल्लेख गरेर तारिख भरपाईमा फलानो मितिमा हाजिर हुन आउँछु भनि फाइल भित्र तारिख भरपाइमा सहि गराउँछ साथै मुद्दा दायरीमा समेत सहि गर्नु पर्छ, गराउँछ । त्यस पछि तपाईलाई मुद्दा नंं, मुद्दाको नाम, विपक्षीको नाम समेत उल्लेख गरेर तारिक पर्चा दिन्छ । त्यो तारिख पर्चामा जुन दिनको तारिख फाइलमा तोकेको हुन्छ सोही मिति तोकेर तारिख पर्चामा तोकेर दिन्छ । सो तारिक पर्चा लिईसकेपछि त्यो दिनको मुद्दा दर्ता गर्ने प्रकृया पुरा हुन्छ ।
ड्ड    अर्को दिन पुनः त्यही ठाउँमा जानु होला, जुन ठाउँमा मुदा दर्ता गर्नु भएको थियो सो फाँटवालालाई तारिख पर्चा देखाउनु होला । तत्पश्चात यति नंं फाँटमा जानु अथावा  फाँटवालाको नाम भनेर फालाना फाँटमा जानु भनेपछि त्यति नं. फाँटमा वा सो फाँटवालाकहाँ जानु होला । सो ठाउँमा जाँदा तारिख पर्चा देखाउनु होला । सो फाँटवालाले तारिख पर्चामा उल्लेख भएको नं. अनुसारको फाइल निकालेर हेर्छ, यदि प्रतिउत्तर पत्र लगाई सकेको छ भने सकभर दुबै जनालई सँगै राखेर पेशी तारिख दिन्छ यदि प्रतिउत्तर पत्र लगाएको छैन वा म्याद तामेल भएर आएको छैन वा म्याद तामेल भएको तर प्रतिउत्तर पत्र लगाउन समय बाँकी छ भने सोही अनुसार पुनः साधारण तारिख दिन्छ । यो प्रकृया शुरुमा मुद्दा दर्ता गर्ने वादीले गर्नु पर्ने हो ।
ड्ड    तपाई हामी माथी कसैले मुद्दा दायर गरेको छ भने अदालत बाट तपाईको नाउँमा प्राय गरेर ३० दिने सुचना म्याद गरेको कागज साथै विपक्षीले मुद्दा दायर गरेको फिराद पत्रको नक्कल अदालतको कर्मचारीले तपाईको घर दैलोमा लिएर आउँछ, सो लिएर आएपछि तपाईले उक्त म्याद बुझ्नु पर्ने हुन्छ, मैले आफैले साक्षिहरुको रोहवरमा बुझेरको छु भनि सहि गर्नु पर्छ । सो सहि गरेपछि तपाईले ३० दिन भित्रमा आफनो कानून व्यवसायी सँग सल्लाह गरेर, लेख पढ गरेर अदालतमा प्रतिउत्तर दिनु पर्छ, यदि ३० दिन भित्रमा दिन सक्नु भएन भने पुनः ३० दिनको म्याद थम्याएर प्रतिउत्तर पत्र दर्ता गराउन पाउनु हुन्छ ।
ड्ड    तपाईले सर्वप्रथम अदालतबाट आएको म्याद र सो अनुसार तयार पारेको प्रतिउत्तर पत्र, कागज लिएर म्याद कागजमा उल्लेख भएको फाँट नंं वा फाँटवालाको नाम उल्लेख भएको छ भने सो सोही फाँटमा जानु होला, फाँटवालाले उक्त म्याद र सो अनुसारको सबै कागज लिएपछि रित पूर्वकको प्रतिउत्तर पत्र छ छैन छ भने प्रतिउत्तर दस्तुर रु. ५० यदि म्याद थमाएर जानु भएको छ भने निवेदन दस्तुर समेत रु. १० थप गरी रु. ६० लाग्ने दस्तुर उल्लेख गरेर लगत भिडाएर, रसिद कटाएर ल्याउनु भन्छ, त्यसपछि लगत फाँटमा गएर लगत भिडाउने काम गर्नु होला, लगत भिडाइसकेपछि नगदि रसिद कटाउनु होला रसिद कटाएर पुनः सोही फाँटमा आएर सबै कागजहरु दिनु होला । फाँटवालाले सम्बन्धित फाइलमा सबै कागजहरु राखेर जुन दिनको तारिख बादीलाई दिएको हुन्छ सोही दिनको तारिक तोकेर तपाईलाई फाइलमा सहि गराएर एउटा तारिख पर्चा दिन्छ । उक्त दिनको प्रतिउत्तर दर्ता गर्ने प्रकृया पुरा हुन्छ ।
ड्ड    त्यसपछि अर्काे तारिखमा मुद्दा पेशीमा फाँटवालाले चढाउँछ । पेशी भन्नाले न्यायधिस समक्ष मिसिल पेश हुने दिन हो । पहिलो पेशीमा प्राय गरेर साक्षी प्रमाण लगाएत बुझ्ने आदेश हुन्छ । त्यो दिनमा खासै बहस गर्नु पर्दैन तर कानून व्यवसायीलाई समेत लिएर गएमा आफ्नो मुद्दामा सहयोग पुग्ने कागजपत्र र आदेश गराउन सकिन्छ जस्ले गर्दा मुद्दा कम्जोर हुने अवस्था रहदैन नभएता पनि तपाईले कानून ब्यवसाई जानकारी गरेको वा परामर्श गरेर मात्र अदालत जानु उचित हुन्छ ।
ड्ड    साक्षी प्रमाण बुझ्ने कार्य पूरा भई सकेपछि पुनः मुद्दा फाइनल पेशीको लागि फाँटवालाले चढाउँछ । प्रत्यक पहिले पेशी वाट मुद्दाका २ पक्षलाई नै कानुन ब्यवसाईको असमर्थताको कारण देखाई नाम वाट पेशी २÷२ पटक सम्म सार्न सक्ने सुविधा रहन्छ । तर मोफसलका जिल्लाहरुमा भने कानून ब्यवसाई नियुक्तीको असमर्थता देखाई पक्षले समेत पेशी सार्नसक्ने अभ्यास रहेको छ । पहिले पेशीका पेशीका दिन दुबै पक्षको कानून व्यवसायीले आ–आफ्नो पक्षको तर्फबाट बहस जिकीर गर्छ अनि न्यायधिसले दुबै पक्षको बहस सुनेर फैसला सुनाउँछ सो फैसला अन्तिम पैmसला हुँदैन । सो फैसला माथि चित्त नबुभm्ने पक्षले पुनः त्यो पैसला माथि माथिल्लो अदालतमा अर्थात पुनरावेदन अदालतमा पुनराबेदन पत्र दर्ता गर्न पाउँछ । सो पुनरावेदन अदालतले पनि जिल्ला अदालतको फैसला सदर वा उल्टी गर्छ भने चित्त नबुझ्ने पक्षले सर्वाेच्च अदालतमा मुद्दा गर्न पाउँछ ।
ड्ड    यो प्रकृया दुनियाँबादी, देवानी, फौजदारी मुद्दामा लागु हुने समान्य प्रकृया हो । सरकारवादी मुद्दामा अलि फरक प्रकृया हुन्छ । जुन पछिको मसिनो कार्यविधिमा उल्लेख गरिने छ ।{jcomments on}

Loading...

यसमा तपाइको मत

मसिनो कार्यविधि बाट अन्य

पुरुषले पनि अब जिल्ला अदालतबाट सम्बन्धविच्छेद गर्न पाँउने

Spread the loveकाठमाडौं: व्यवस्थापिका संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन गर्न विधेयकमध्ये देवानी संहिता पारित गरेको छ । मुलुकी देवानी संहिता २०७३ नाम रहने गरी समितिले उक्त विधेयक पास गरेको हो । मुलुकी देवानी...

अव पाकिस्तानमा हिन्दुहरुको विवाह र दोस्रो विवाहलाई पनि कानुनी मान्यता

Spread the loveपाकिस्तानको संसदको तल्लो सदन अर्थात नेशनल एसेम्बलीले हिन्दु विवाहको अधिनियमको विधेयकलाई सर्वसम्मतीले पारित गरेको छ । यो विधेयक पारित भएपछि अब पाकिस्तानमा हिन्दुहरुको विवाहलाई दर्ता गर्न सकिनेछ । यो भन्दा पहिले हिन्दुहरुको विवाहलाई...

चिकित्सा शिक्षा विधेयक सदनमा पेश

Spread the loveकाठमाण्डौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेस भएको छ । शिक्षामन्त्री धनिराम पौडेलले सदनमा उक्त विधेयक प्रस्तुत गरेका हुन् । यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ लाई प्रस्तुत गर्न...

अस्वस्थ प्रतिस्प्रर्धा र भ्रमपुर्ण विज्ञापन गर्नेलाई लाखौ जरिवाना

Spread the loveबस्तु तथा सेवाको उत्पादन तथा बितरण बजारमा हुन्छ, पेशा व्यवसाय तथा नाफा कमाउन गरिने यस्ता कार्यहरु कतिबेला गैह्रकानूनी हून्छन भन्नेमा धेरै आधारहरु वा कानूनहरु छन । तर नाफा कमाउनकै लागि केहीले हैसियत...

यसरी हुन्छ नाचघरमा नाटक प्रर्दशन सितैमा

Spread the loveकतिपय रंगमञ्चको कलाकार छन वा कतिपय सास्कृतिक उत्थान तथा सामाजिक कार्यको लागि नाटक पस्तुत गर्न चाहान्छन । राजधानीमा नाटक प्रदर्शन, त्यसमा पनि नेपालको राष्ट्रिय नाचघरमा अनी सित्तैमा । कमाउनका लागि नाटक देखाउदा...

राष्ट्रबैंक छोडेका कर्मचारी तत्काल अन्य बैंकमा जान रोक्ने कानुन पारित

Spread the loveकाठमाण्डौं । राष्ट्रबैंक छोडेर निजी बैंक तथा बित्तीसंस्थामा जागिर खान जाने प्रवृत्तिलाई निस्तेज गर्न कडा कानुनी व्यवस्था ल्याइएको छ। नेपाल राष्ट्र बैंक एेन २०५८ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदले बिहीबार पारित...

नेपालको नयाँ कानूनमा वैयतिक अन्तराष्ट्रिय कानूनले ठाउँ पाउदै

Spread the love बर्तमान विश्वब्यापीकरण र सुचना प्रबिधिको सहज पहुच भएको समयमा साथै दु्रत गतिका आवतजावत गर्ने माध्यमहरु बिकाश हुनुले संसार नै सानो भएको महसुस गराउछ । साथै हरेक ब्यक्ति कुनै न कुनै देशको नागरिक...

अपमानजनक ब्यावहार नियन्त्रण गर्ने विधेयकमाथि छलफल सुरु

Spread the loveकाठमाण्डौ । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकबाट ‘यातना तथा निर्मम अमानवीय वा अमपानजनक व्यवहार नियन्त्रण विधेयक, २०७१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले उक्त विधेयकमाथि विचार गरियोस्...

घरेलु कामदार राखेमा तुरुन्त स्थानीय निकायलाई लिखित जानकारी दिनुपर्ने

Spread the love घरेलु कामदारहरु अन्य कामदारहरु धेरै मात्रामा पिडित हुने तथा शोषण र हिंसामा पर्ने गरेको पाईन्छ । घरमा काम गर्ने कामदारलाई नोकरको दर्जामा राखि जे पनि काम गराउने र जे पनि गर्नु पर्ने...

बिधेयक अनुमोदित, उच्च अदालत सम्बन्धी सबै कानुनी अवरोध समाप्त

Spread the loveकाठमाण्डौं । पुनरावेदन अदालत खारेज गरी एक महिनाभित्र उच्च अदालत गठन गर्न बाटो खुलेको छ। व्यवस्थापिका संसद्को विधायन समितिअन्तर्गत उपसमितिले शुक्रबार “न्याय प्रशासनसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक” अनुमोदन गरेपछि उच्च अदालत...