पुनः देह ब्यापारमै फर्कनु पर्यो

Loading...
Spread the love

आश्विन ९, काठमाण्डौ । धनगढी आयआर्जन गर्ने कुनै अवसर नपाएपछि कैलाली जिल्लाका वादी समुदायका कतिपय महिला भारतका सहरमा गएर देह व्यापारमा लाग्न थालेका छन् ।

वादी समुदायका महिलाले जीविकोपार्जनका लागि बाध्यत्मक रुपमा यौन पेसा गर्दै आएकोमा सरकारले विसं २०६५ मा यो समुदायले यौन पेसा गर्न नपाउने भन्दै त्यसको अन्त्यको घोषणा गरेको थियो ।गाँस, बास र कपासको उचित व्यवस्था गर्न माग गर्दै काठमाडौँमा वादीद्वारा गरिएको आन्दोलनको फलस्वरुप सरकारले Sex workerयौन पेसाको अन्त्यको घोषणासहित उनीहरूको पुनःस्थापना गर्ने प्रतिबद्धता गरेको थियो । यौन पेसाको अन्त्यको घोषणा गरिएको भए पनि उनीहरूको उचित पुनःस्थापनाको व्यवस्था हुन नसक्दा अहिले कतिपयले विभिन्न बहानामा भारतमा गई देह व्यापार गर्ने गरेको पाइएको वादी समुदायका अगुवा बताउँछन् ।

यो समुदायका युवती तथा महिलालाई उनीहरूकै आफन्तले भारतमा लगेर देह व्यापारमा लगाउँछन्, वादी समुदाय उत्थान विकास समितिका निर्देशक शिविराज रानाभाडले भने “यौन पेसाको अन्त्यको घोषणापछि प्रभावकारी रुपमा वादीको पुनःस्थापनालगायतको व्यवस्था हुन नसक्दा कतिपय वादी युवती तथा महिला भारतमा गएर देह व्यापारमा लाग्न बाध्य भएका हुन् ।”

जग्गा खोजेर वादीलाई पुनःस्थापना गराउने अधिकार सरकारले विकास समितिलाई नदिएको कारण अधिकांश वादीको उचित पुनःस्थापना हुन सकेको छैन । फलस्वरुप उनीहरू अझै पनि बाध्यत्मक यौन पेसामा लागेको देखिएको उनको भनाइ छ । उपचार गराउने बहानमा वादीका युवती तथा महिलालाई उनीहरूका आफन्तले भारतमा लगेर देह व्यापार गराई धन कमाउन लगाउने गरेको बताइएको छ ।

समाजमा घृणित पेसाका रुपमा लिइने यौन पेसाको अन्त्यको घोषणा गरिएपछि समाजमा केही हदसम्म यो पेसामा कमी आएको देखिए पनि लुकिछिपी रुपमा अझै पनि कतियले यो पेसा अपनाएर जीविका चलाउँदै आएका छन् । यौन पेसा अन्त्यको घोषणसँगै “पहुँचवाला र टाठाबाठाले अवसार पाएको तर पहुँचमा पुग्न नसक्नेको अवस्था ज्यूँका त्यूँ रहेको देखिएकाले वादी समुदायका समस्या अपेक्षाकृतरुपमा समाधान हुन नसकेको समितिका सदस्य अर्जुन नेपाली वादीले बताए ।

“नम्बरी जग्गा भएकालाई जनही रु १५ हजारसहित बस्नको लागि घरसमेत निर्माण गरिदियो, नेपालीले भने – तर जग्गा नभएकाको पुनःस्थापना हुन नसक्दा उनीहरूमध्ये कतिपय भारत पलायन भएर देह व्यापारमा लाग्न बाध्य भएका छन् ।”  भारत गएर देह व्यापार गर्न बाध्य हुनेमा १३ वर्षदेखि ४० वर्ष उमेरका युवती र महिला रहेका बताइएको छ । कैलाली जिल्लाबाट मात्रै झन्डै २८ जना युवती तथा महिला देह व्यापारका लागि भारत पलायन भएको जनाइएको छ ।

अल्पसङ्ख्यक र सीमान्तकृत वादी समुदायको जनसङ्ख्या नेपालमा ३८ हजार ६०३ रहेकोमा कैलाली जिल्लामा मात्रै झन्डै दुई हजार ८०० रहेको बताइएको छ । जिल्लाको मुढा, सत्ती, दिव्यपुर, विष्नुकान्तिपुर, भल्का, गिदनियामा यो समुदायको बसोबास रहको छ ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...