उरुग्वे बन्यो गाँजा कारोवारलाई वैधानिकता दिने विश्वको पहिलो मुलुक

Loading...
Spread the love

मोन्टेभिडिओ, उरुग्वे गाँजाको वैधानिक रुपमा उत्पादन, प्रशोधन र विक्री वितरण गर्ने संसारकै पहिलो देश उरुग्वे बनेको छ । केही घण्टाअघि मात्र त्यहाँको संसदले १३ घण्टासम्म छलफल गरी ९६ सांसदमध्येको झिनो बहुमतबाट सो सम्बन्धी विधेयक पारित गरेपछि उरुग्वे जाँगा उत्पादन, प्रशोधन र विक्रिी वितरण गर्ने विश्वको पहिलो देश बनेको हो ।

 

मोन्टेभिडिओ, उरुग्वे / गाँजाको वैधानिक रुपमा उत्पादन, प्रशोधन र विक्री वितरण गर्ने संसारकै पहिलो देश उरुग्वे बनेको छ । केही घण्टाअघि मात्र त्यहाँको संसदले १३ घण्टासम्म छलफल गरी ९६ सांसदमध्येको झिनो बहुमतबाट सो सम्बन्धी विधेयक पारित गरेपछि उरुग्वे जाँगा उत्पादन, प्रशोधन र विक्रिी वितरण गर्ने विश्वको पहिलो देश बनेको हो । ९६ मध्ये ५० सांसदले विधेयकको पक्षमा मतदात गरेका थिए । विधेयक पारित हँुदाको समय त्यहाँको स्थानीय समयअनुसार ठीक मध्य रात भएको थियो । त्यहाँको संसदले वैश्विक ड्रग वार लाई सन्तुलित गर्न र महंगो कालो बजारीलाई व्यवस्थित गर्नका लागि यो नयाँ व्यवस्थाले सहयोग गर्ने विश्वास लिएको छ । हुन पनि उरुग्वेले आगामी दिनमा विश्व पर्यटकको ध्यान तान्न सक्ने र केही वर्ष वीचमै विश्वका विभिन्न मुलुकका मुद्रा प्रत्यक्ष परोक्ष रुपमा आर्जन गर्न सक्ने विश्वास गरिएको छ । यस अघि यसै विधेयकमा भोटिंगको कार्यक्रम तय भएपछि जनविरोध सिर्जना भएकोले ६ महिनाका लागि भोटिंगको प्रक्रिया रोकिएको थियो । आपराधिक कानुन राज्य र समाजपिच्छे फरक फरक हुन सक्छन् । विश्वका सबै मुलुकले गाँजा र गाँजाजन्य लागूपदार्थलाई कानुनी प्रतिबन्ध लगाएका छन् तर उरुग्वेले संसदबाटै मान्यता दिएको छ । उरुग्वे भित्रै पनि कतिपय समूहले यसको विरोध गरे पनि सिद्धान्ततः कुनै पनि राज्यको विधायिका बाहेक अरु कुनै अंगले कुनै पनि मानवीय व्यवहार वा आचरणलाई फौजदारी अपराध मान्न सक्तैन । त्यसैले अब उरुग्वेमा गाँजाको कारोवार फौजदारी अपराध नहुने भएको छ ।

{loadposition relativebox}        

 

{loadposition facebookbox} {jcomments on}   

 

Loading...

यसमा तपाइको मत

बाट अन्य