विश्व उपभोक्ता दिवसको अघिल्लो दिन मुल्य वृद्धी

Loading...
Spread the love

सरकारले विश्व उपभोक्ता दिवसको अघिल्लो दिन शुक्रबार इन्धनमा मूल्य वृद्धि गरेकामा सर्वत्र विरोध भएको छ । उपभोक्तावादी, विद्यार्थी संगठन र श्रमजीवी मजदुर संगठनले महँगी बढाउने भन्दै मूल्य वृद्धिको विरोध गरेका हुन् । ुयसले मूल्य वृद्धि बढाउनेछ । यसबाट सर्वसाधारण मारमा पर्नेछन्, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ुधान्ने नसक्ने गरी दूधको भाउ बढाएको केही दिनमै पेट्रोलियमको मूल्य वृद्धि अन्यायको चरम सीमा हो, जुन नयाँ सरकारले उपहारस्वरूप जनतालाई दिएको छ ।

दिनभरि काम गरेर बिहान(बेलुका छाक टार्ने श्रमजीवी वर्गलाई यो वृद्धिले सबैभन्दा ठूलो असर गर्ने भएकाले तत्काल फिर्ता लिन यातायात मजदुर संगठनले समेत माग गरेका छन् । यो मूल्य वृद्धिले सबैभन्दा ठूलो मार निम्नस्तरका श्रम जीवीलाई पर्छ, नेपाल यातायात मजदुर संघका अध्यक्ष अजयकुमार राईले भने, ुत्यसले यो घातक निर्णय निगमले फिर्ता लिनैपर्छ । उनले निगमको एकाधिकार तोड्न वैकल्पिक उपाय पनि अविलम्ब खोजिनुपर्नेमा जोड दिए ।

निगमले मूल्य वृद्धिलाई बाध्यता जनाएको छ । मूल्य वृद्धिले आधा घाटा पनि पूर्ति हुने अवस्था छैन, निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालले भने । मूल्य वृद्धिपछि पनि निगमको मासिक प्रक्षेपित घाटा १ अर्ब ६९ करोड ७१ लाख रुपैयाँ करिब १ अर्ब २ करोड रुपैयाँमा मात्र झर्ने भएको छ । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले निरन्तर घाटा र बढ्दो ऋणबाहेक चैत १७ (मार्च ३१० सम्म भारतीय आयल निगम (आईओसी० लाई ९ अर्ब रुपैयाँ तिर्नुपर्ने भएकाले मूल्य वृद्धि गरिएको बताए । यो (मार्च० भारतको आर्थिक वर्षको अन्तिम महिना हो, उनले भने, आईओसी यो आर्थिक वर्षको बक्यौता अर्को वर्ष सार्न चाहदैन । उनले मूल्य वृद्धिबाट आईओसीलाई तिर्ने आंशिक रकम जम्मा हुने र सरकारले आंशिक रकम दिए बक्यौता तिर्न सकिने बताए । निगमले सरकारसँग ५ अर्ब रुपैयाँ माग्दै आएको छ ।

निगम सञ्चालक समितिले शुक्रबार बिहान अकस्मात् बैठक बसी मूल्य वृद्धि गरेको हो । ग्यास र डिजेलमा भएको अत्यधिक घाटा धान्न सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य वृद्धि गरेको हो । यो वृद्धिबाट निगमलाई प्रतिलिटर पेट्रोलमा १२ रुपैयाँ ८२ पैसा र प्रतिलिटर मटितेलमा ११ रुपैयाँ ६७ पैसा नाफा छ भने पेट्रोल र मटितेलका उपभोक्ता मर्कामा छन् । मूल्य वृद्धिपछि पनि डिजेलमा भने निगम प्रतिलिटर ४ रुपैयाँ ३० पैसा घाटा छ ।

निगमका उच्च अधिकारीका अनुसार हुनेखानेु ले प्रयोग गर्ने भएकाले पेट्रोलको, अत्यधिक खपत हुने भएकाले डिजेलको र खपत न्यून भएकाले मटितेलको मूल्य वृद्धि गरिएको हो । यो वृद्धिबाट उपभोग्य वस्तुको मूल्य खासै नबढ्नेु र उपभोक्ताको चुलोमा प्रत्यक्ष असर नपर्ने भएकाले कडा विरोधको सामना गर्नु नपर्ने निगम सञ्चालकहरूको अडान छ । अत्याधिक घाटा भए पनि मूल्य वृद्धि गर्दा सोझै चुलोमा असर पुग्ने भएकाले निगम सञ्चलाकले ग्यासको मूल्य वृद्धि गरेको छैन ।

मूल्य वृद्धिपछि निगमको कुल घाटा करिब १ अर्ब २ करोड रुपैयाँमा झरे पनि ग्यासमा निगमलाई मासिक करिब १ अर्ब २९ करोड ७४ लाख रुपैयाँ घाटा यथावत् छ । मूल्य वृद्धिपछि डिजेलमा निगमको मासिक घाटा ७७ करोड २७ लाख रुपैयाँबाट करिब ३२ करोड २५ लाख रुपैयाँमा झरेको छ भने पेट्रोलमा नाफा ५ करोड ६५ लाख रुपैयाँबाट करिब साढे २५ करोड रुपैयाँ पुगेको छ । मटितेलमा भने मासिक नाफा १ करोड ४२ लाख रुपैयाँबाट करिब २ करोड ९२ लाख रुपैयाँ पुगेको छ । मासिक रूपमा पेट्रो करिब २० हजार किलोलिटर, डिजेल करिब ७५ हजार किलोलिटर र मटितेल करिब २ हजार ५ सय किलोलिटर खपत हुन्छ ।

किन भयो मूल्य वृद्धि रु

भारतीय आयल निगम ९आईओसी० ले फागुन १७ मा गरेको मूल्य हेरफेर अनुसार निगमले प्रतिसिलिन्डर ग्यास १ हजार ७ सय ७४ रुपैयाँ ९० पैसामा किन्छ । त्यसमा २ सय ६० रुपैयाँ ७८ पैसा राजस्व तिर्छ । ब्याजबापत ५६ रुपैयाँ ८० पैसा, ढुवानी भाडाबापत १ सय १८ रुपैयाँ ८६ पैसा, निगमको प्रशासनिक खर्चबापत ७ रुपैयाँ १० पैसा, प्राविधिक नोक्सानीबापत १ रुपैयाँ ३९ पैसा, डिलर कमिसनबापत ६२ रुपैयाँ ५५ पैसा र डिलर खर्च ९बिमा, स्रिंकेज, वर्किङ लस० बापत ५२ रुपैयाँ ५४ पैसा जोड्छ । यस हिसाबले प्रतिलिटर पेट्रोलमा निगमको कुल लागत २ हजार ३ सय ३४ रुपैयाँ ९२ पैसा हुन्छ । तर ग्यासको खुद्रा बिक्री मूल्य १ हजार ४ सय ७० रुपैयाँ मात्र छ । यस हिसाबले निगमलाई प्रति सिलिन्डर ग्यासमा ८ सय ६४ रुपैयाँ ९२ पैसा घाटा छ । मासिक १५ लाख सिलिन्डर खपत हुने हिसाबले यो घाटा १ अर्ब २९ करोड ७४ लाख रुपैयाँ छ । यो घाटा धान्न बाराम्बार पैसा माग्दा पनि नपाएपछि र आईओसीको बक्यौता बढ्दै गएपछि निगम मूल्य वृद्धिको विकल्पमा गएको हो ।

फागुन १७ को मूल्य हेरफेरअनुसार निगमले प्रतिलिटर डिजेल ८६ रुपैयाँ ६२ पैसामा किन्छ । त्यसमा १६ रुपैयाँ ३९ पैसा राजस्व तिर्छ । ब्याजबापत ४ रुपैयाँ, ढुवानी भाडाबापत २ रुपैयाँ २७ पैसा, निगमको प्रशासनिक खर्चबापत ५० पैसा, प्राविधिक नोक्सानीबापत ६६ पैसा, डिलर कमिसनबापत २ रुपैयाँ ४ पैसा र डिलर खर्च ९बिमा, स्रिंकेज, वर्किङ लस० बापत ८३ पैसा जोड्छ । यस हिसाबले प्रतिलिटर डिजेलमा निगमको कुल लागत १ सय १३ रुपैयाँ ३० पैसा हुन्छ । मूल्य वृद्धिपछि पनि निगमलाई ४ रुपैयाँ ३० पैसा घाटा छ । अत्यधिक खपत हुने तर घाटामा कारोबार गर्नुपर्ने भएकाले निगमले डिजेलको पनि आंशिक मूल्य वृद्धि गरेको हो ।

निगमले प्रतिलिटर पेट्रोल रक्सौलमा ८० रुपैयाँ ५३ पैसामा किन्छ । प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ७० पैसा राजस्व तिर्छ । ब्याजबापत ४ रुपैयाँ, ढुवानी भाडाबापत २ रुपैयाँ २६ पैसा, निगमको प्रशासनिक खर्चबापत ५० पैसा, प्राविधिक नोक्सानीबापत १ रुपैयाँ ५ पैसा, डिलर कमिसनबापत २ रुपैयाँ ८९ पैसा र डिलर खर्च ९बिमा, स्रिंकेज, वर्किङ लस० बापत १ रुपैयाँ २५ पैसा जोड्छ । यस हिसाबले प्रतिलिटर पेट्रोलमा निगमको कुल लागत १ सय २७ रुपैयाँ १८ पैसा हुन्छ । निगमले हुनेखानेु वर्गले प्रयोग गर्ने भनेर पेट्रोलको मूल्य वृद्धि गर्ने सजिलो विकल्प छान्यो ।

त्यस्तै निगमले प्रतिलिटर मटितेल ८४ रुपैयाँ ७३ पैसामा किन्छ । २ रुपैयाँ ४ पैसा राजस्व तिर्छ । ब्याजबापत ४ रुपैयाँ, ढुवानी भाडाबापत २ रुपैयाँ २६ पैसा, निगमको प्रशासनिक खर्चबापत ५० पैसा, प्राविधिक नोक्सानी बापत ५६ पैसा, डिलर कमिसनबापत २ रुपैयाँ ३५ पैसा र डिलर खर्च ९बिमा, स्रिंकेज, वर्किङ लस० बापत ८९ पैसा जोड्छ । यस हिसाबले प्रतिलिटर पेट्रोलमा निगमको कुल लागत ९७ रुपैयाँ ३३ पैसा हुन्छ । प्रतिलिटर मटितेल १ सय ९ रुपैयाँमा बेच्दा निगमलाई ११ रुपैयाँ ६७ पैसा नाफा हुन्छ । मूल्य नबढाउँदा नाफाखोर व्यवसायीले डिजेलमा मिसाउने भएकाले निगमले मटितेलको मूल्य वृद्धि गरेको हो ।

निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर २८ रुपैयाँ ४ पैसा ९मासिक करिब २१ करोड ८३ लाख रुपैयाँ० र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ३१ रुपैयाँ १८ पैसा ९मासिक ८ करोड ४१ लाख रुपैयाँ नाफा छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य वृद्धि गर्दा महँगीका कारण नेपालको विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानले इन्धन किन्दैनन् ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...