आईसीआरसीले खोल्यो मदन भण्डारी र राजपरिवार हत्या काण्डको रहस्य

Loading...
Spread the love

नेकपा एमालेका तत्कालीन महासचिव कमरेड मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाबाट भएको हत्याको खुलासा हुन थालेको छ । अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर ‘आइसीआरसी’ले २०५० साल जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा भएको उनको हत्याको खुलासा गरेको हो | सो समय भण्डारीसँगै जीवराज आश्रितको हत्या भएको थियो ।

जिप दुर्घटना गराउन संलग्न चालक अमर लामाको माओवादी जनयुद्धकालमा माओवादीद्वारा कीर्तिपुरमा गोली हानी हत्या गरिएपछि यो घटना झन् रहस्यमय र चासोको विषय बनेको छ । कमरेड मदन भण्डारीको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र सीआईएको संयुक्त अप्रेसन युनिटले गरेको कुरा अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी) मार्फत् ‘मिसन फायर’ काठमाडौँ नक्सालस्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समिर मुखियाले ‘मिसन फायर’ को रिपोर्टमा उल्लेख भएको हवाला दिँदै बताएका छन् ।

मदन भण्डारीको हत्या दक्षिण एसियामा सशक्त कम्युनिष्ट नेता मात्र नभई चीन टुक्र्याउन खोज्ने अमेरिकी शक्तिको बाधक र राष्ट्रवादी नेता भएकाले गरिएको खुलासा भएको छ । पछिल्लो समय राष्ट्रियताका सवालमा स्व. राजा वीरेन्द्र र मदन भण्डारी एक भएकाले भारतलाई टाउको दुःखाइ बन्दै गएको थियो । जनताको बहुदलीय जनवादका संस्थापक नेता भण्डारीका कारण भारत र अमेरिकाले सोचे जस्तो नेपालमा हस्तक्षेप बढाउन सकेका थिएनन् । भण्डारी र राजा वीरेन्द्रलाई बाटोबाट हटाउन सके नेपालमा आफ्नो स्वार्थपूर्तिको बाटो खुल्ला हुने सोचमा मदन भण्डारी र राजा वीरेन्द्रको आठ वर्षको फरकमा हत्या गरिएको छ । भण्डारीको हत्या २०५० जेठ ३ मा भएको छ भने राजा वीरेन्द्रको २०५८ जेठ १९ मा गरिएको छ । राजा वीरेन्द्रको हत्यामा छोरा दीपेन्द्रलाई प्रयोग गरिएको छ भने मदन भण्डारीको हत्यामा चालक अमर लामाको प्रयोग गरिएको छ ।

अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टरको उल्लिखित प्रतिवेदनअनुसार अमर लामालाई माओवादी जनयुद्ध सुरु हुनु दुई वर्ष पहिले नेकपा माओवादीको संयुक्त जनमोर्चा नेपालमा योजनाबद्ध ढङ्गले प्रवेश गराई हत्यामा प्रयोग गरिएको थियो । लामालाई माओवादीले मदन भण्डारीको सबैभन्दा निकट र आन्तरिक भेद थाहा पाउन सक्ने व्यक्तिको रूपमा प्रचण्डमार्फत् प्रयोग गरेको उल्लेख गरिएको छ । मदन भण्डारीलाई किनारा नलगाई माओवादी स्थापित हुन नसक्ने विश्लेषणका आधारमा ‘सीआईए’ र ‘रअ’ ले प्रचण्डमार्फत् यो प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ । अमर लामालाई Madan BhandariRoyal familyमाओवादी नेतृत्वले दिएको प्रलोभन मुताबिक माओवादी जनयुद्धकालमा कुनै जिम्मेवारी नदिएपछि अमर लामा मदन भण्डारीको हत्याको रहस्य खोलिदिने भन्दै माओवादी संस्थापन पक्षलाई ‘ब्लाकमेलिङ’ गर्न थालेपछि उनको हत्या गरिएको हो भनी रिपोर्टमा उल्लेख गरिएको छ ।

स्मरणीय कुरा के छ भने नेपालको माओवादी जनयुद्ध भारतीय गुप्तचर संस्था ‘रअ’ को योजनामा भएको कुरा अबका दिनमा घाम जत्तिकै छर्लङ्ग छ । प्रचण्ड युरोपियन युनियनमार्फत् सीआईएका लागि र बाबुराम भट्टराई ‘रअ’ का लागि कार्यरत छन् भन्ने कुरा उनीहरूको विदेशी गुप्तचर संस्थाहरूसँगको संस्थागत सम्बन्धले पनि स्पष्ट पार्दछ । मननयोग्य कुरा के छ भने अमर लामाको मुद्धा मानवअधिकार सङ्गठनका नाममा ऋषिकेश शाहले हेरेका थिए । ऋषिकेश शाह स्वयम् सीआईएका लागि काम गर्दै आएका व्यक्तित्व हुन् । माओवादी जनयुद्धताका माओवादीसँग सम्पर्कको माध्यम मानव अधिकारवादी संस्थाहरू नै बढी उपयोगमा थिए । आज पनि मानव अधिकारवादी संस्थाका नाममा थुप्रै सङ्गठनहरू सीआईएका लागि नेपालमा कार्यरत छन् । ऋषिकेश शाहको प्रचण्ड र बाबुराम भट्टराईसँग निकट सम्बन्ध थियो ।

कमरेड मदन भण्डारीले २०४८ सालताका राजा पनि एउटा शक्ति हुन् भन्ने खुलासा गर्दै राष्ट्रियताका सवालमा राजा वीरेन्द्रसँग निकट हुन थालेपछि उनीमाथि विदेशी गुप्तचर संस्थाहरूको वक्रदृष्टि परेको थियो । भण्डारीको हत्यापछि राजा वीरेन्द्र निकै शोकाकुल र स्तब्ध भएका थिए । राजा वीरेन्द्र्रले भण्डारीको कथित जिप दुर्घटना सम्बन्धमा संवेदना प्रकट गर्नुका साथै मनमोहन अधिकारीसँग भण्डारीको मृत्युप्रति जिज्ञासा राख्दै ‘यो घटना रहस्यपूर्ण छ भन्दै आफ्नै परिवारको सदस्य गुमाएको अनुभूति भइरहेको’ बताउनुले पनि राजा वीरेन्द्र र मदन भण्डारीबीचको आन्तरिक सम्बन्ध मजबुत बन्दै गएको र राजा वीरेन्द्र मदन भण्डारीसँग मिलेर मुलुकमा कुनै ठुलै परिवर्तनको तयारीमा थिए भन्ने तथ्यहरू पनि सार्वजनिक भएको छ । राजा वीरेन्द्र र भण्डारीको निकटतालाई भारत र अमेरिकाले रुचाएको थिएन । राजा वीरेन्द्रको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र ‘सीआईए’ को ‘ज्वाइन्ट अप्रेशन’ मा २०५८ साल जेठ १९ गते भएको कुरा धेरै तथ्याङ्कहरूबाट प्रमाणित भइसकेको छ ।

चिनियाँ गुप्तचर एजेन्सी ‘गुयानाउ’ र नेपाल विशेषज्ञ प्रोफेसर व्हाङ्गले राजा वीरेन्द्रको हत्या राजनीतिक षड्यन्त्र भएको खुलासा गरेका छन् । राजा वीरेन्द्रको हत्या राजिव गान्धी हत्या प्रकरणमा राज परिवारलाई जोडेर जैन आयोगको रिपोर्टका आधारमा बदलाको भावले ‘रअ’ ले ‘सीआईए’ सँगको मिलेमतोमा गरेको थियो । यसका अलावा राजा वीरेन्द्रले लिएको राष्ट्रियताको अडान, चीनसँग लिएको सैन्य सामग्री, नागरिकता, शान्ति क्षेत्र नेपालको प्रस्ताव, जलस्रोतलगायत महत्वपूर्ण विषयलाई ध्यान राख्दै चीनलाई दक्षिण एसियामा शक्तिशाली बन्न नदिन चीन टुक्र्याउने रणनीतिअनुरूप भारतीय र अमेरिकी स्वार्थ मिलेको हुनाले यो हत्या गराइएको थियो । यसमा सबैभन्दा अगाडि मदन भण्डारी अवरोध बन्न सक्छन् भन्ने विश्लेषणका आधारमा एमाले कमजोर बनाउन भण्डारीको हत्या २०५० सालमा गराइयो भने ठिक त्यसको दुई वर्षपछि अर्थात् २०५२ सालबाट माओवादी जनयुद्धको विजारोपण गरियो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेपछि राजा वीरेन्द्र र माओवादीभित्रको राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनै लाग्दा राजा वीरेन्द्रको वंशविनाश गराइयो । पछिल्लो चरणमा आएर माओवादी स्पष्ट रूपमा विभाजित गराइयो । स्रोत: नेपाल जापान डट कम

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

Spread the loveकाठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

Spread the loveकाठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

Spread the loveनेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

Spread the loveअनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

Spread the loveकाठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

Spread the loveनेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

Spread the loveकाठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने...