देवीप्रसाद थापाको “माइती” सार्वजनिक

Loading...
Spread the love

मणिपुर, भारत ! मामा उपनामबाट प्रख्यात, नेपाली मूलका भारतीय लेखक देवीप्रसाद सुँयल थापाको पाचौँ कृति, लघुकथासङ्ग्रह “माइती” आइतबार भारतको मणिपुर राज्यको सानो सहर काङ्लातोङ्बीमा विमोचन गरिएको छ । ७५ कथा सँगालिएको यस कृतिलाई गोर्खा ज्योति प्रकाशन, मणिपुरले सार्वजनिक गरेको हो । पुस्तकलाई काङ्गलातोङ्बी ग्राम पञ्चातका प्रधान शिव बस्नेत Devi Prasad Thapako Maiti Sarbajanikर फयेङ् ग्राम पञ्चायतका प्रधान श्री गोजेन्द्रो सिंहले सार्वजनिक गर्नुभएको को ।

पुस्तकमाथि आफ्ना धारणा राख्दै समालोचक रामप्रसाद पौड्याले चन्द्रेश्वर दुबेपछि सर्वाधिक कृति निकाल्ने मामा दोस्रो मणिपुरेली नेपाली कृतिकार भएको कुरा बताउनुभयो । उहाँको मत थियो, प्रत्येक पल्ट नयाँ कृतिसँगै आफूलाई निखार्दै आएका मामाले स्थानिक विषयलाई अँगाल्दा वैश्विक पाठकलाई पनि उत्तिदै ध्यान दिन, र लेखकले निर्णयत्मक अभिमत दिने बानीबाट बच्न जरुरी छ । कार्यक्रमा विशेष मन्तव्य राख्दै समालोचक महेश पौड्यालले मामा मणिपुरबाट आएर नेपाली साहित्य जगतमा ख्याति पाउने कृतिकार भएको बताउनुभयो र भन्नुभयो, मामाबाट भोलिका दिनमा अझ दरिला कृति आउने सम्भावना रहेका छन् । वर्तमान नेपाली साहित्यको विश्लेषण गर्दै उहाँले भन्नुभो, “हामीले धेरै वैश्विक कुरा ग¥यौँ, अब स्थानीय र निजी कुरा गर्नु जरुरी छ ।”

कार्यक्रममा मणिपुर साहित्य परिषद, अखिल मणिपुर गोर्खा विद्यार्थी संगठन, भारतीय गोर्खा परिसंघजस्ता संस्थाका पदाधिकारी र धेरै संख्यामा स्थानीय साहित्यअनुरागी उपस्थित थिए । कार्यक्रमका लेखकीय मन्तव्य दिँदै लेखक मामाले भने, “मेरा आगामी कृति कवितासङ्ग्रह, र त्यसपछि कथा सङ्ग्रह हुनेछन र सबै कृति गोर्खा ज्योति प्रकाशनबाटै आउनेछन् ।” गोर्खा ज्योति, मणिपुरको अग्रणी प्रकाशन हो । यसै प्रकाशनले यसअघि मामाका तीन अन्य लघुकथासङ्ग्रह पनि प्रकाशित गरिसकेको छ ।

कार्यक्रमका अतिथिहरू श्री गोजेन्द्रो, शिव बस्नेत, दिलीप कटुवाल, र मणिकुमार लिम्बूले मामालाई थप कृतिहरूका लागि शुभकामना दिँदै कृतिप्रकाशनका लागि आर्थिक सहयोगको पनि घोषणा गरेका थिए । कार्यक्रमको अन्त्यमा एक विशेष साहित्य गोष्ठी पनि गरियो, जसमा महेश पौड्याल, लोकबहादुर बस्नेत, मुक्ति गौतम, बसन्ती पौडेल, श्रृष्टि पौडेल र रामप्रसाद पौडेलले आफ्ना कृति वाचन गरेका थिए ।

मणिपुर भारतको उत्तरपूर्वी सीमान्त प्रान्त हो, जसको सीमाना बर्मा र बङ्ग्लादेशसँग छ, र यहाँ नेपाली भाषीहरू शदियौँदेखि बस्दै आएका छन् । हाल मणिपुरमा साठी हजारको हाराहारीमा नेपालीहरू छन् । सन् १८९३ मा यसै मणिपुरबाट तुलाचन आलेले भारतको पहिलो नेपाली सवाइ “मणिपुरको लडाइँको सवाइ” लखेर सवाइ साहित्यको सूत्रपात गरेका थिए ।

माधव अधिकारी

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

Spread the loveमेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

Spread the loveह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ?...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

Spread the loveप्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

Spread the loveकाठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई...