भारतमा दुई लाख नेपाली महिला यौन व्यवसायमा

Loading...
Spread the love

भारतमा मात्रै करिब दुई लाख नेपाली महिला यौन व्यवसायमा संलग्न भएको तथ्य एउटा प्रतिवेदनमा गरिएको छ । वर्षौंदेखि भारतमा यौनव्यवसायमा संलग्न गराइने नेपाली महिलाको संखया दुई लाख बढी रहेको प्रतिवेदन ग्रीन तारा नेपाल र बेलायतको शेफिल्ड विश्वविद्यालयले संयुक्तरुपमा आइतबार सार्वजनिक गरेका हुन् ।
दुबै संस्थाले संयुक्तरुपमा सार्वजनिक प्रारम्भिक प्रतिवेदनमा पछिल्लो समय खाडी मुलुक र अप्रिmकामासमेत नेपाली महिला यौनधन्दाका लागि लैजाने गरिएको उल्लेख गरिएको छ । त्यसलाई तत्काल नियन्त्रण गर्न नसकेमा आउने परिणाम भयावह हुनेतर्फ पनि प्रतिवेदनले सचेत गराएको छ ।
प्राध्यापक पउल बिस्सेल, डा पद्म सिंखडा र अनुन्धानकर्ता सारा देवकोटाले तयार पारेको ‘मानव बेचविखन र वैदेशिक रोजगारीमा नेपाली महिला’ विषयक प्रतिवेदनमा महिलाको दयनीय अवस्थाबारे चर्चा गरिएको छ ।
‘वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरुले कामका सिलसिलामा गन्तव्य मुलुक र स्वदेश फर्केपछि पनि जटिल समस्या भोग्नुपरेको छ ।’ प्रतिवेदनमा भनिएको छ ।
नेपालबाट विदेशिने कामदारको सङ्ख्या बर्सेनि बढ्दै गएपनि राज्यबाट यसलाई व्यवस्थित गर्न नसक्दा विकराल समस्या उत्पन्न भएको प्रतिवेदनमा दाबी गरिएको छ । ‘आर्थिक अवस्था कमजोर, बच्चाको शिक्षा, परिवारको दबाब र आर्थिक प्रलोभन जस्ता कारणले महिलाहरु विदेशिने गरेका हुन् ।’ प्रतिवेदनमा भनिएको छ ।
वैदेशिक ओसारपसारसम्बन्धी नीतिलाई सरकारले व्यवस्थित गर्न यससम्बन्धी दीर्घकालीन नीति बनाउनुपर्नेसहितका सुझाव प्रतिवदेनमा दिइएको छ ।
प्रतिवेदनमाथि टिप्पणी गर्दै एमालेका सभासद् गङ्गाधर तुलाधरले प्रतिवेदनले वैदेशिक रोजगारमा रहेका जटिलतालाई उजागर गरेकाले नयाँ संविधानमा त्यसलाई सम्बोधन गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए । रासस

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

काष्ठकलामा महिलाको सिप

Spread the loveमहिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ ।  सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा...

किन बढ्दैछ बहुविवाह ?

Spread the loveकाठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट...

सम्बन्धविच्छेद गरेर कति खुसी भएको ?

Spread the loveमलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले...

८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने

Spread the loveकाठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा...

महिनावारीको समयमा सरकारले अब तिन दिन बिदा दिने

Spread the loveकाठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला...

अदालतदेखि प्रशासननै दलितको पक्षमा खुलेर न्याय गर्न अझै सक्दैनन

Spread the loveवि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक...

बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

Spread the loveमहेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक...

उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

Spread the loveकाठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी...

नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

Spread the loveकाठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए...