मेरो बारेमा वन मान्छेहरु वनझाँक्रीका कुरा सुन्छन् त मेरो के लाग्छ !

Loading...
Spread the love

हरि अधिकारी

देखेको कुरा सोझो सोझो भन्न र लेख्न सक्ने पछिल्लो समयका चर्चित राजनीतिक र साहित्यिक टिप्पणीकार हरि अधिकारीका बारेमा धेरैलाई धेरै भ्रम र नियोजित रिसरागहरु छन् । उनका कुरा सुन्दा लाग्छ उनी आमन्त्रित दुश्मनीहरुसँग खेल्न पनि रमाउँछन् ।

लोकतान्त्रिक विचारका अधिकारी कम्युनिष्टजस्तो खरो कुरा गर्छन् र व्यक्तिगत रुपमा भने उदारवादीजस्तो सबैसँग उत्तिकै भिजेर कुरा गर्छन् । प्रस्तुत छ अधिकारीले नेपाल कानुन डट कमका लागि स्वागत
नेपाललाई दिनु भएका एकतर्फी वान वे लिखित प्रश्नहरुको वान वे जवाफ ।

प्रश्न : तपाईँ पत्रकार बिग्रेर साहित्यकार हुनु भएको कि साहित्यकार बिग्रेर पत्रकार हुनुभयो ?

जवाफ : मेरो हकमा भने पहिलोतिर बिग्रिएर दोस्रोतर्फ आएको अथवा दोस्रोमा बिग्रिएर पहिलोतिर फर्किएको भन्ने कुरा बिलकुलै अर्थहीन छ । म एउटातिर बिग्रिएर अर्कोतिर गएको नभई पत्रकारिता र साहित्यलाई संगसंगै लिएर आइरहेको छु ।

प्रश्न : जे भए पनि बिग्रिन चाहिँ बिग्रेरै मात्र मान्छे सबैले जान्ने चिन्ने र सफल हुँदो रहेछ कि के हो ? सबै सफलहरुका खराबीका खबर मात्र धेरै आउँछन् हिजोआज, आर्थिकदेखि चारित्रिक भ्रष्टाचारसम्म… ।

जवाफ : तपाईंले निकाल्नु भएको यो निचोडमा म सहमत छैन । तर सफल मानिसहरुका बारेमा नराम्रा खवर बढी फैलिने गरेको चाहिँ पक्कै हो ।

प्रश्न : त्यसो हो भने, मान्छे खासमा जेले सप्रिरहेको हुन्छ त्यसैलाई हामी बिग्रेको भन्छौँ कि ? के लाग्छ ?

जवाफ : तपाईंको यो प्रश्न प्रष्ट छैन ।

प्रश्न : ठीकै छ त्यो भए, प्रश्नलाई थप प्रष्ट नगरुँ, आफू चाहिँ साहित्य र पत्रकारितामध्ये केमा रहँदा बढी बरालिनु भयो ?

जवाफ : मैले तपाईँको प्रश्नलाई मैले सही बुझेकोभए म बरालिएकै छैन ।

प्रश्न : सन्तुष्टि चाहिँ केमा बढी पाउनुभयो ?

जवाफ : मैले साहित्य सिर्जनाबाट नै बढी सन्तुष्टि पाएको छु ।

प्रश्न : आनन्द चाहिँ ?

जवाफ : आनन्द पनि पत्रकारिताभन्दा साहित्यबाट नै लिने गरेको छु ।

प्रश्न : तपार्इँ बच्चादेखि नै अहिलेजस्तै प्रष्ट बोल्ने र छुच्चो हुनुहुन्थ्यो ?

जवाफ : म छुच्चो छैन र कहिल्यै पनि थिइनँ । हो पहिले देखि नै म प्रष्ट वक्ता रहँदै आएको छु ।

प्रश्न : अलि बढी कहिलेदेखि ?

जवाफ : यसमा बढीघटी भन्ने कुनै कुरो छ जस्तो मलाई लाग्दैन ।

प्रश्न : प्रष्ट र आक्रामक बोलाइ अनि लेखाइका फाइदा बढी छन् कि बेफाइदा ?

जवाफ : मैले मेरो लेखाइको शैलीलाई फाइदा र बेफाइदाको तराजुमा तौलेर बनाएको नहुनाले यो प्रश्नको जवाफ दिन असमर्थ छु ।

प्रश्न : जवाफ दिन असमर्थ हुनु र फाइदा बेफाइदा हुँदै नहुनु त फरक कुरा होला, फाइदा के के हुन् र बेफाइदा के के ?

जवाफ : प्रष्ट र सत्यवादिताका फाइदै–फाइदा छन् भन्ने मलाई लाग्दछ ।

प्रश्न : अहिलेसम्म सबैभन्दा बढी सीधासीधा वा अर्को भाषामा ठाडो टिप्पणी गर्दा भएका केही घटना कृपया ?

जवाफ : केही मानिसहरु रिसाएको थाहा पाएको छु । तर मैले त्यसलाई कुनै उल्लेख्य घटनाको रुपमा लिएको छैन । आफ्ना कृतिको पाठकीय टिप्पणीलाई पनि पचाउन नसक्ने लेखकहरुका बारेमा कुरा गर्नु नै बेकार छ भन्ने मलाई लाग्दछ ।

प्रश्न : त्यसपछि आफूले आफैँलाई अलिक कम गरौँ कि यस्तो शैली भन्ने लागेन ?

जवाफ : अहँ लागेन । मैले व्रह्मले देखेको कुरा लेख्दा यसले निम्त्याउने टिप्पणीको बारेमा कुनै वास्तै नगर्ने हुनाले मलाई मेरो शैलीमाथि पुनर्विचार गर्ने सोच कहिल्यै आएन ।

प्रश्न : तपाईँका कमजोरीहरु साहित्यिक सिर्जना र व्यवहारमा फरक छन् कि एउटै ?

जवाफ : कमजोरीहरु साहित्यिक सिर्जना र व्यवहारमा फरक छन् कि एउटै भनेको नै मैले बुझिनँ । मेरा सिर्जनामा कमजोरी छन् र व्यवहारमा पनि म त्रुटिरहित छु भन्दिनँ । तर कमजोरीहरुका स्वरुप फरक फरक छन् ।

प्रश्न : तपाईँ आफ्नो कमजोरीलाई नै सबल रुपमा प्रस्तुत गरेर त्यसैलाई आफ्नो बलीयो पक्ष बनाउन सक्नुहुन्छ भनेर भनियो भने सही हुन्छ ?

जवाफ : हुँदैन । कमजोरीलाई सवल रुपमा प्रस्तुत गर्न सकिदैन । गर्न सकिएको जस्तो लागेपनि त्यो एक न एक दिन उदाङ्ग हुन्छ ।

प्रश्न : तपाईँलाई मैले यौनका प्रश्न पनि गरिदिए हुन्थ्यो भन्ने लागेको छ ?

जवाफ : लागेको छैन । यस विषयमा कुरा गरेर रोमान्टिक देखिइन्छ भन्ने कुरामा म विश्वास गर्दिन ।

प्रश्न : लागे वा नलागे पनि भाग्न वा नभाग्न सकिन्न नि हैन ?

जवाफ : तपाईंले प्रश्न गर्नु भएको भए त मैले जवाफ दिनै पथ्र्यो ।

प्रश्न : भाग्नु परेको छ सोझो यौन प्रस्तावबाट कहिल्यै यहाँले ?

जवाफ : त्यस्तो रमाइलो प्रस्तावको साक्षात्कार गर्न अहिलेसम्म पाएको छैन ।

प्रश्न : भगाउनु भएको छ कसैलाई ?

जवाफ : छैन ।

प्रश्न : साहित्यिक पुरस्कारहरुको छनौट र वितरण एकदम निष्पक्ष, स्वतन्त्र र निष्कलंक छ भन्न सक्नुहुन्छ ?

जवाफ : त्यसको ठिक्क उल्टो छ भन्न चाहिं निर्धक्कसंग सक्छु ।

प्रश्न : पुरस्कारले लेखक बनेका छन् कि लेखक बनेर पुरस्कृत भएका छन् बढी ?

जवाफ : पुरस्कारले लेखक बन्न सक्दैनन् । पुरस्कृत भएकाहरु मध्ये पनि अधिकांश लेखकै बनेर भन्दा अरु धेरै कुरा बनेर भएका छन् ।

प्रश्न : सुधार, अनुगमन र मूल्यांकनको परिपाटी वा संयन्त्र केही हुन सक्ला ?

जवाफ : साहित्यको गुणात्मकतामा अभिबृद्धि गर्न परिमार्जन, पुनर्लेखन, सुधार र प्राकमूल्यांकनको भरपर्दो संयन्त्र बनाउन आवश्यक छ । यस दिशामा सानो प्रयास म गर्दैछु । केही समयपछि यस बारेमा विस्तृत कुरो गर्नुपर्दा तपाईंसंग नै गरौंला ।

प्रश्न : अर्को सन्दर्भ प्रत्यक्ष राजनीतिमा भोट नै मागेर नेता बन्ने दिन आउँछ यहाँको ?

जवाफ : यस बीचमा कुनै धेरै ठूलो दुर्घटना भएन भने म भोटको भीख माग्दै जनताको घरदैलामा पुग्ने चाहीं गर्दिन होला यस जुनीमा ।

प्रश्न : राजनीतिलाई गाली मात्र गर्ने अनि सुधारका लागि आफैँ चाहिँ केही नगर्ने यहाँको काइदा ठीक भइरहेको छ र ?

जवाफ : तपाईं गाली भन्नुहोस् वा अरु केही, मैले राजनीतिक सुधारमा जोड दिंदै जे जस्ता कुराहरु लेखेर जनतालाई सुसूचित गराइरहेको छु त्यो काइदालाई बेठीक भन्न मिल्दैन ।

प्रश्न : अहिलेसम्म राजनीतिक टिप्पणीहरु लेखेर त्यसको प्रभाव एक पटक पनि नीतिगत तहमा परेको पाउनु भएको छ ?

जवाफ : धेरै पटक । खासगरी प्रशासनिक र व्यवस्थापकीय विषयहरुमाथि गरिएका टिप्पणीहरुले नीतिगत तहमा प्रभाव पारेको बुझेको छु ।

प्रश्न : तर जति लेखे पनि के हुन्छ र सुन्नु पर्नेले नसुन्ने अनि लेखेर मात्र के हुन्छ र भनेको पनि पटक पटक सुनिएकोछ, के त्यस्तै लाग्दैन ?

जवाफ : कहिलेकाहीं त्यस्तो पनि लाग्छ तर सचेत गराउन सक्नेगरी लेखिएको कुनै पनि कुरा खेर नै जान्छजस्तो चाहिं लाग्दैन ।

प्रश्न : अहिलेका पत्रकारहरुप्रति गुनासो टिप्पणी सुझाव केही छ ?

जवाफ : अहिलेका पत्रकार साथीहरुले असाध्यै कमजोर भाषामा समाचार लेख्छन् । तथ्यहरु, नामहरु र अंक समेत त्रुटिपूर्ण ढङ्गले उल्लेख गरिएको देख्छु । एकथरी मानिसहरुका बारेमा लगातार चर्चा गरिरहने र अर्कोथरी चर्चायोग्यलाई भने वास्तै नगर्ने प्रवृत्तिपनि विकसित भएको पाउँछु पत्रकारिताको संसारमा ।

प्रश्न : ऊ बेलाको पत्रकारिताको शैली अलिकति सम्झिदिनुस् न ।

जवाफ : ऊबेलाको भनेर २०४६ सालको जनआन्दोलन भन्दा पहिलेको पत्रकारिताको कुरा गर्न खोज्नु भएको हो भने त्यतिबेला प्रजातन्त्रको पुनस्र्थापना पत्रकारिताको पनि मिसन थियो । सबै कुरा त्यही मिसनबाट निर्देशित हुन्थ्यो । पत्रकारिताको रुपमा मेरो अभ्यूदय पनि मिसन पत्रकारिताबाट नै भएको हो । त्यसबाहेक हामी भाषाको शुद्धता र तथ्यको सत्यापनपट्टी पनि बढी नै सचेत रहने गर्दथ्यौं ।

प्रश्न : अब, राजनीतिक सन्दर्भ  चुनाव होला ?

जवाफ : चुनाव हुन्छ, हुनुपर्दछ ।

प्रश्न : चुनाव चाहने र नचाहने को को ?

जवाफ : म र म जस्ता संविधान निर्माणका लागि एउटा जनअनुमोदित संस्था अनिवार्य छ भन्ने मान्यता राख्ने सबै नेपाली चुनाव चाहने र अन्योल र अस्थीरता कायमै राखेर धमिलो पानीमा माछा मार्न चाहने जनविरोधीहरु चाहीं चुनाव नहोस् भन्नेहरु हुन् ।

प्रश्न : भएन भने चाहिँ कसको कारणले नहोला ?

जवाफ : अन्योल र अस्थीरताका एजेण्टहरुका कारणले चुनाव नहुन सक्छ ।

प्रश्न : भयो भने बहुमत कसको ?

जवाफ : पूर्ण बहुमत त म भन्न सक्दिन । बिना डरत्रास जनताले भोट हाल्न पाए भने यस पटक नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टीको रुपमा चुनिएर आउनेछ।

प्रश्न : ठूलो सानो जो जो भए पनि त्यस संविधान सभाले संविधान बनाउला ?

जवाफ : नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्रवादी शक्ति एकगठ हुँदा पूर्ण बहुमत हुने स्थिति भयो भने त्यतिबेलाको संविधानसभाले संविधानको निर्माण गर्नेछ ।

प्रश्न : नत्र के होला ?

जवाफ : त्यो ठूलो दुर्भाग्यको विषय हुनेछ । मुलुकमा कुनै एउटा स्वरुपको तानाशाही आउने सम्भावना बढेर जानेछ ।

प्रश्न : बनेमा संघियता कस्तो बन्ला ?

जवाफ : जातीय पहिचानको आधारमा नभएर भूगोल, संस्कृति र सामथ्र्यका आधारमा खडा हुने संघियता लागू हुनुपर्दछ ।

प्रश्न : संघियतामा साहित्य, त्यसमा पनि नेपाली भाषाको साहित्य विकासमा नकारात्मक असर पर्छ ?

जवाफ : संघियताले साहित्यमा खासै सकारात्मक वा नकारात्मक प्रभाव पार्छ जस्तो मलाई लाग्दैन ।

प्रश्न : अब बाँकी जीवनका लागि कार्ययोजना के के छन् ?

जवाफ : म साहित्यकै क्षेत्रमा रहने छु ।

प्रश्न : सालिक बनाउनु पर्ला कि कतै ?

जवाफ : पर्दैन ।

प्रश्न : पछिल्लो पुस्ताले के भनेर सम्झिएलान आफूलाई जस्तो लाग्छ ?

जवाफ : एउटा कवि र आम नेपाली मानिसको प्रतिनिधि आवाजका रुपमा मेरो सम्झना गर्लान् जस्तो मलाई लाग्दछ ।

सामाजिक सञ्जालबाट आएका प्रश्नहरु :

प्रश्न : Laxmi Tamang नेपालीहरुको मानसिक भ्रष्टताको मुख्य कारण के हो जसका कारण मल्लकाल देखिको त्यस्तो राम्रो सामाजिक आर्थिक सम्पन्नता जबकि भूपरिवेष्ठितालाई मात्र जवाफका रुपमा दोष दिएर उम्कन पाइन्न । सरकार किन भ्रष्टहरुलाई साँच्चै जेल हाल्न सक्तैन केही दिन बसेर उनीहरु निस्किहाल्छन् ?( लक्ष्मी जी यूरोपमा रहेछ विद्यावारिधीरत हुनुहुन्छ )

जवाफ : कुनैपनि समाजमा भ्रष्टाचार र अव्यवस्था फैलिनुमा केही राजनीतिक, केही सामाजिक र केही नैतिक कारणहरु हुन्छन् । हाम्रो समाजको विकास प्रक्रियामा आएको असन्तुलन, कमजोर विधिको शासन र दण्डहिनताले भ्रष्टाचारको संस्कृतिलाई मौलाउन सहयोग गरेका छन् । धेरै वर्षसम्म निरंकुशतामा जकडिएको र त्यस समयमा एउटा वर्गलाई कानुनभन्दा माथि राखिएको हुनाले प्रजातान्त्रिक कालखण्डमा पनि शासन गर्ने वर्गले त्यही पुरानो शासक वर्गको शैली अपनायो जसले गर्दा भ्रष्टाचार राष्ट्रिय संस्कार बन्न पुग्यो ।

प्रश्न : बिम्मी शर्मा (विम्मी जी वीरगञ्जमा रहेका लामो समयदेखि पत्रकारिता गरिरहनु भएकी इमानदार पत्रकार महिला मानिनुहुन्छ) नेपालमा पत्रकारको बौद्धिकता बढाउन के गर्नु पर्छ ? किन यिनलाई कुनै कानुनले छुँदैन ?

जवाफ : पत्रकारलाई कानुनले छुदैंन भन्ने होइन । पत्रकारिताहरुको बौद्धिकता बढाउन उनीहरुलाई विषयगत उच्चशिक्षा दिलाउने तालिम आदिबाट उनीहरुको सीप विकास गर्ने व्यवस्था मिलाउन आवश्यक छ जस्तो लाग्छ ।

Ghanendra Ojha नेपालीहरु आफ्नो बाहेक अरुको कुरा किन धेरै जान्दछन् ? जवाफ पाए आभारी हुन्थेँ (प्रश्नकर्ता ओझा पत्रकारिता प्राध्यपनरत साहित्यिक व्यक्तित्व कन्दरा प्रकाशनका प्रकाशक हुन् )

जवाफ : नेपालीहरु मात्र होइन संसारका सबै जातिका मानिसहरु आफूलाई बाहेक अरु सबैलाई राम्ररी जान्दछन् । पूर्वीय दर्शनले त्यसै कारण भनेको हो– पहिले आफूलाई चिन ।

Bibek Adhikari नेपाली समालोचना पद्धतिलाई कसरी हेर्नुहुन्छ ?

जवाफ : समालोचना पद्धति नेपाली वा विदेशी हुँदैन । क्षीर–नीर–विवेकी समालोचना पद्धति नै सबैभन्दा राम्रो पद्धति हो ।

प्रश्न : Shiva Hari Bankaila हरि अधिकारीलाई समीक्षाको सैद्धान्तिक ज्ञान सम्म पनि छैन के को समिक्षक ? मेरो नामै उल्लेख गरेर भनिदिए हुन्छ ।

जवाफ : बनकाँइलाजीलाई हरि अधिकारीले समालोचना सिद्धान्तको स पनि जानेको छैन भन्ने कुरा कुनै बनझाँक्रीले भनिदिए जस्तो छ । समालोचनाको सिद्धान्तका ठेली नपल्टाइकनै आफूले पढेको किताव वा कुनै कृतिको बारेमा समिक्षात्मक टिप्पणी गर्ने हक र योग्यता म संग सुरक्षित छ ।

प्रश्न : Damodar Adhikari सूचनाको हक पाउने अधिकार जनतालाई भन्दा आफूलाई बढी छ भनेर पत्रकारहरु सोच्छन्, यसमा सुधार गर्न के गर्नु पर्ला ?

जवाफ : सूचनाको हकसम्म जनताको बढी भन्दा बढी पहुँच पुर्याउन सकियो भने यो अवस्थामा सुधार आउन सक्छ ।

प्रश्न : Damodar Adhikari ड्ड नेपालका जुन सुकै media कुनै न कुनै दल प्रती झुकाव राखछन् । यो कुराको महसुस वहालाई कतिको छ ?

जवाफ : मिडिया हाउसहरु दल वा समूहमुखी भन्दा आमजनतामुखी हुनु आवश्यक छ ।

प्रश्न : Ma Chapagain आजको बिग्रिएको राजनीतिक अवस्थाको मिलन विन्दु के हुन सक्छ ?

जवाफ : सबैथरी राजनीतिक शक्तिहरुले वर्षौंदेखि कचल्टिएर रहेका संवैधानिक र राजनीतिक समस्याहरुको समाधान खोज्न राष्ट्रिय एजेण्डामा एकमत हुनसकेमा त्यो नै राजनीतिक समाधानको मिलनविन्दु हुनसक्दछ ।

प्रश्न : Kumar Bhattrai अरुको धेरैजसो नराम्रो मात्र देख्ने हरि अधिकारीज्यूले सबैथोक राम्रो मात्र भएको आफ्नो कृति कहिले निकाल्नु हुन्छ ?

जवाफ : …

प्रश्न : Madhav Adhikari तपैले सोतंत्र पत्रकारिता, साहित्यिक इमान्दारिता, कुटनीतिक बिस्लेसन समेत को सयोजन गरेर आफू सल्लाहकार भएकाबेला मन्त्री  प्रधन्मत्रिलाई दिने सल्लाह मा कसरि रुपान्तरण गर्नु हुन्थयो र?

जवाफ : म सल्लाहकार भएका बेलाको फजिति सम्झन चाहन्न ।

प्रश्न : नाम उल्लेख नगर्ने भन्दै आएको प्रश्नं स्त्रीका रचना सबै राम्रा पुरुषका नराम्रा भनेर समीक्षा गर्ने यहाँको मनोविज्ञान नै त्यस्तो हो कि हुने नै त्यस्तो रहेछ ?

जवाफ : म यो आरोपलाई अस्वीकार गर्दछु ।

प्रश्न : Madhusudhan Pandey हरि अधिकारी अल्छी समालोचक हुन ।अरूका कृति पढदैनपढी समालोचना लेख्छन भूमिका पढेका भरमा भन्ने आरोप छ के भन्नुहुन्छ ?

जवाफ : …

प्रश्न : Sailendra Thapa एउटा राजनीतिक विश्लेसकको नजरमा भोलिक नेपाल कस्तो देख्नु हुन्छ र?

जवाफ : …

प्रश्न : श्रीजन श्री दाजू , हरी अधिकारी अनुहारमा लागेको धुलो पुछ्न छोडि ऐना पुच्छु भन्छन् नि कसै कसैले, के भन्नु हुन्छ उनीहरुलाईरु ?

जवाफ : …

प्रश्न : Bhumi Raj Bastakoti असल समालोचकले हार्दितापूर्वक उपहार आएका पुस्तकको मात्र समीक्षा गर्छ कि बजारमा आएका पुस्तक आपैmले खोजेर पनि गर्छ !

जवाफ : …

प्रश्न :  Prakash Silwal हरि दाई श्रवण मुकारुङको विसे नगर्चीको बयानलाई कविता मान्दिनँ भनेको पढियो । भनेपछि कस्ता कवितलाई ९उदाहरणसहित० हामीले कविता मान्नुपर्ला दाई रु (सिलवाल, शिक्षा पत्रकार समूहका अध्यक्ष र रासस सम्बद्ध पत्रकार हुन् )

जवाफ : मैले बिसे नगर्चीको बयानलाई कविता होइन भनेको छैन । हो त्यो कविता मलाई मनपर्ने कविता चाहीं होइन । त्यही कुरो मैले नयाँ पत्रिकालाई भनेको हुँ । सिलवालजी मलाई कुनै कविता मन परेन भने मन नपर्न त पाउनु पर्छ नि होइन र ?

प्रश्न :  Nilkantha Thapaliya कस्ता कस्ताले कसरी देश बनाउन सक्छन ? त्यसरी सक्ने लाई कसरी त्यहाँ पुर्याउन सकिन्छ र ?

जवाफ : …

Loading...

यसमा तपाइको मत

अन्र्तवार्ता बाट अन्य

मधेसी समुदायका नेपाली र सरकार विच संधै बिचौलियाले मात्र खेलिरहे: डा. अहिराज

Spread the loveसंविधान घोषणा संगै चर्कियो मधेस आन्दोलन, मधेसी जनताका उपयुक्त मागहरु सम्बोधन गर्न सरकारले पटक पटक प्रयास गर्यो तर समाधान हुन सकिरहेको छैन । हालै सरकारले फेरी संविधान संशोधन गरेर मधेशबादी दलहरुको माग...

कारवाहीको क्रममा राजिनामा दिएर भागेका लोकमान कसरी वन्न सक्छन अख्तियार आयुक्त: अर्याल

Spread the loveअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिहं कार्कीको नियुक्ति गैह्र कानुनी भएको विषय अदालतमा विचाराभिन र सर्बत्र चर्चामा छ । कार्कीले गर्ने र गरेका काम पनि रिस–ईवी जोडिएको भन्ने आरोप पनी...

न्यायलय सुधारका लागि नेपाल बारको भुमिका कमजोर भयो: रजिस्टार पन्थी

Spread the loveअदालत भित्रका समस्याहरु, सेवाग्राहीका गुनासाहरु र कुन अदालतमा कसरी काम भईरहेको छ भन्ने जानकारी पाठक सामु राख्ने उद्देश्यका साथ बिभिन्न अदालतहरुमा पुगेर अदालतमा काम कारवाही कस्तो भईरहेको छ, कस्ता कस्ता योजनाहरु मार्फत...

न्यायले समाजलाई बिकास र दिगो शान्ति तर्फ अगाडि बढाउन सक्नु पर्छ :उपाध्याय

Spread the loveसंबैधानिक कानुनमा नेपाल ल क्याम्पस, त्रिभुवन बिश्वबिद्यालयबाट प्रथम श्रेणीमा एल.एल.एम उर्तिण गर्नु भएका अधिबक्ता लिलाधर उपाध्याय हालै सम्पन्न साधारण सभावाट संवैधानिक तथा न्यायीक पत्रकार मञ्च(Constitutional and Judicial Journalists’ Forum )को अध्यक्षमा निर्वाचित...

अनियमितता गर्ने कर्मचारीलाई तुरुन्त सुईक्याई दिन्छुः श्रेस्तेदार उप्रेती

Spread the loveन्याय दिने निकाय पनि भ्रष्टचारबाट मुक्त नहुनु, अदालतमा न्याय खोज्न गएका पिडित फैसला कुर्दा कुर्दै उल्टै पिडाको महसुस गर्नु, कर्मचारीहरुद्धारा सेवाग्राही प्रति वेवास्ता गरिनु, गुनासाहरु सुनाएपनि कुनै अर्थ नराख्नु जस्ता समस्या अदालतमा...

अदालतमा भ्रष्टाचार रोक्न जस्तोसुकै काम कारवाहीको लागि म पुर्ण प्रतिबद्ध छुः श्रेस्तेदार दाहाल

Spread the love भनिन्छ, लामो समय पछि वा घटनाको बर्षौ पछि दिईने न्याय पिडितलाई न्यायपाएको अनुभुती दिन सक्दैन । त्यसैले अदालतमा न्याय खोज्दै पुगेका पिडीतले समयमै न्याय पाउनुपर्छ वा समयमै मुद्दाको फैसला हुनुपर्छ । नेपालका...

कानूनको नक्कली हिरो मर्नै पर्छ

Spread the loveअधिवक्ता इन्जिनियर दिनेश चौधरी सामाजिक न्यायसँग सम्वन्धित विभिन्न विषयलाई अदालत र विभिन्न निकायमा उठाइरहने सामाजिक अभियानता हुन । उनले गरेका कार्य लगायत अन्य विषयमा नेपाल कानून सँग गर्नुभएको कुराकानी । तपाई सर्वोच्च अदालतमाथि...

कानूनी शासनको महत्वपुर्ण निकाय वन्दैछ महान्यायधिबक्ताको कार्यलय : फुयाल

Spread the loveहरि फुयाल बिगत तिन महीना देखी महान्याधिबक्ताको कार्यलयका प्रमुखको कार्यभार सम्हाल्दै आएका छन । तपाई यहाँ आए देखि अहीले सम्म के के कामहरु गर्नु भयो र के के महत्वपुर्ण कार्यहरु हुदैछन त...

नक्कली डाक्टरका सबै प्रमाणपत्र स्वतः खारेज हुन्छनः डा. पराजुली

Spread the loveनक्कली डाक्टरहरुको बिगबिगी बढदै गएको र पक्राउ परि त्यो प्रकरण अदालत सम्म पुगिसकेको छ । अदालतले के फैसला गर्ला भन्ने चाही अनुमानमै सिमीत रहेका बेला, नक्कली डाक्टर को हुन, यस्ता डाक्टरलाई के...

खारेज मात्र गर्न मिल्ने सन्धीलाई सुधारबारे सल्लाह दिने जिम्मेवारी दिईएको प्रबुद्ध समुह नै अबैधानिक छः श्रेष्ठ

Spread the loveनेपाल भारत बिचको सिमा बिबाद, अन्य सम्बन्ध र सुधार साथै १९५० को सन्धी र हालै यसबारे चलिरहेको बहस, यस्को सुधार गर्न जिम्मेवारी दिईएको प्रबुद्ध समुह लगायतका सम्बन्धमा, यो सन्धी संशोधन, पुनरावलोकन, यथावत...