प्रेमिकाको नाक र जिब्रो काट्नेलाई कार्यवाइको माग

Loading...
Spread the love

विवाह गर्न नमानेको भन्दै प्रेमिकाको नाक र जिब्रो काट्ने झापाको दमक नपा(११ का एक व्यक्तिलाई कारबाही गर्न मानवअधिकारकर्मीले माग गरेका छन् ।

झापाको दमक नपा(११ की ३५ वर्षीया आशिका पााचकोटीको नाक र जिब्रो काट्ने सोही स्थानका ४५ वर्षीया टंक ढकालमाथि कारबाही गर्न इन्सेक क्षेत्रीय कार्यालय बिराटनगरले माग गरेको हो । घटनापछि फरार ढकाललाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन माग गरिएको हो । इन्सेकले घाइते आशिकाको स्वास्थ्यलाभको कामना गर्दै घटनाका दोषी ढकाललाई जतिसक्दो छिटो नियन्त्रणमा लिन भनेको छ ।

‘घटनाको निष्पक्ष छानबिन थालियोस्, पीडितको स्वास्थ्योपचार खर्च र कानुनी उपचारको व्यवस्था निःशुल्क गर्न सरकारसाग माग गर्दछौं’, इन्सेकले भनेको छ, ‘यस्ता मानवताविरोधी र मानवअधिकारसँग प्रत्यक्ष सरोकार राख्ने निर्मम घटना हुन नदिन सचेत रहन आग्रह गर्दछौं ।’

गत शनिबार सााझ छिमेकमा खाना खाएर घर फर्किरहेकी आशिकालाई विवाह गर्न नमानेको आरोपमा घिसार्दै लगेर ढकालले धारिलो हतियारले जिब्रो र नाक काटिएको समाचार सार्वजनिक भएपछि अधिकारकर्मीले घटनाको विरोध गरेका हुन् ।

‘२१ औ शताब्दीमा भएको यस्तो बर्बतापूर्ण कार्य अकल्पनीय र दण्डनीय हो, यो घटनाले नेपाली समाजमा महिलाप्रतिको दृष्टिकोण र उनीहरुमाथि गरिने व्यवहार प्रस्ट पारेको छ’, इन्सेकका क्षेत्रीय संयोजक सोमराज थापाले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘यो घटना महिलामाथि हुने विभेद र हिंसाको एउटा निकृष्ट रुप पनि हो, यस आततायी कार्यको जतिसुकै निन्दा र भत्र्सना गरे पनि कमै हुन्छ ।’

एउटी छोरीकी आमा आशिका पतिसाग सम्बन्धबिच्छेद गरी वैदेशिक रोजगारमा जान लागेकी थिइन् । काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत आशिकाको जिब्रोमा पााच टााका लगाइएको छ । उनी बोल्न नसक्ने अवस्थामा छिन् । आशिका र टंकबीच केही समयअघि देखि चलेको प्रेमसम्बन्धलाई लिएर दुबैबीच विवाद भएको बताइएको छ ।
पीडितले विवाह गर्न अस्वीकार गरेपछि ढकाल उनको जिब्रो र नाक काटिदिएका थिए । आरोपित ढकाल एकीकृत माओवादीका झापा क्षेत्र नं। ७ का पूर्व क्षेत्रीय सचिवसमेत हुन् । Source onlinekhabar.com

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...