सर्वोच्च अदालतको न्यायाधीश पदका लागि न्यायपरिषदले सिफारिस गरेका ८ जना न्यायाधीशविरुद्ध विभिन्न ५३ वटा आरोप लागेका छन् । संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीमाथि विहीबार बिहानैदेखि छलफल हुँदैछ ।
suprim-court न्याय परिषदबाट सिफारिसमा परेका ८ न्यायाधीशविरुद्ध आएका २२ वटा उजुरीपत्रम रहेका चार दर्जनबढी अभियोगको सुनुवाइ गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक विहीबार बिहान ८ बजे सिंहदरबारमा बोलाइएको छ । न्यायाधीशविरुद्ध परेका उजुरीको सय पृष्ठभन्दा ठूलो ढड्डा सुनुवाइ समितिका सदस्यले अध्ययनका लागि झोलामा बोकेर हिँडिरहेका छन् ।
न्यायाधीशविरुद्ध परेका उजुरीहरु अधिकांश अदालती फैसलासँग सम्बिन्धत छन् । केहीलाई चाँहि घुस खाएको र केहीलाई स्त्रीजातिप्रति आशक्ति देखाउने गरेको जस्ता यौनजन्य आरोप पनि लगाइएका छन् ।
ओप्रकाशका कम उजुरी, गोपालका धेरै
संसदीइ सुनुवाइ विशेष समितिम सबैभन्दा बढी आरोप गोपाल पराजुलीले खेप्नुपरेको छ भने न्यायाधीश ओमप्रकाश श्रेष्ठविरुद्ध सबैभन्दा कम उजुरी परेका छन् ।
प्रस्तावित न्यायाधीश वैजनाथ उपाध्यायमाथि ७ वटा अभियोग छन् । गोपाल पराजुलीमाथि सबैभन्दा बढी अर्थात् २१ वटा अभियोग छन् । चारवटीसँग बिहे गरेको आरोपसमेत उनीमाथि लागेको छ । न्यायाधीश दीपकराज जोशीलाई तीनवटामात्रै अभियोग लगाइएको छ भने न्यायाधीश ओमप्रकाश मिश्रलाई सबैभन्दा थोरै अर्थात दुईवटा मात्र आरोप लगाइएको छ ।
गोविन्दकुमार उपाध्यायमाथि चारवटा आरोप छन् । न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठमाथि संसदीय सुनुवाइ समितिमा तीनवटा आरोप छन् भने विवादिन चोलेन्द्रसमशेर जबरामाथि १० वटा आरोप छन् । जगदीशप्रसाद शर्मा पौडेलमाथि तीनवटा तर, गम्भीर आरोप छन् ।
उजुरीकर्ताहरुले राखेका विभिन्न २० वटा अपेक्षाहरुको संसदीय सुनुवाइ विशेष समितिले सारांश उतारेको छ ।
ढुंगानामाथि दुई करोडको घरको प्रश्न
उजुरीकर्ताले न्यायपरिषद सदस्य खेमनारायण ढुंगाना र प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई पनि शंकाको घेरामा तानेका छन् । न्यायपरिषद सदस्य ढुंगानाको २ करोड मुल्यमा खरिद गरिएको घरको आम्दानीको स्रोत के हो भन्ने प्रश्नसमेत उजुरीमा उठाइएको छ ।
त्यसैगरी चोलेन्द्र समशेरलाई न्यायाधीशमा सिफारिस गर्न खेमनारायण ढुंगानाको विषेष हात रहेको र ढंगानाले चोलेन्द्रकी आमाका हातबाट दशैंमा टीका थाप्ने गरेको उजुरीमा उल्लेख छ । चोलेन्द्रलाई न्ययाधीशमा सिफारिस गर्दा नरहरी आचार्यबाहेकका न्यायापरिषदका तीनजना सदस्यले २/२ करोड लिएको अभियोगमा उल्लेख छ । चोलेन्द्रले तासको म्यारिज खेललाई जुवाभित्र पर्दैन भनेर फैसला गरेको उनीमाथि अभियोग छ ।
गंगोत्री बैठक र चोलेन्द्रलाई प्रधानन्यायाधीश बनाउने खेल
संसदीय सुनुवाइ समितिमा परेको उजुरीमा जनाइए अनुसार बैशाख ११ गते त्रिवेणाीधाममा तीर्थ जाने निहुँ गरी चितवनको गंगोत्री होटलमा प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र हाल न्यायाधीशको सिफारिसमा परेका गोपाल पराजुली, चोलेन्द्र समशेर र जगदीश शर्मा पौडेलवीच गोप्य छलफल भएको थियोे । त्यहाँ कहिलएका दुई विचौलियाको समेत आतिथ्य रहेको थियो ।
संसदीय सुनुवाइ समितिमा प्राप्त उजुरीमा प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्याय परिषदका सदस्य उपेन्द्रकेशरी पोखरेल र खेमनारायण ढुंगानाले आपसमा मिलेर चोलेन्द्रलाई ३ वर्ष प्रधानन्यायाधीश बनाउने र त्यसपछि दामोदर शर्माका भतिजलाई रोलक्रमम सुनिश्चित गर्ने योजना बनाइएको उल्लेख छ ।
त्यस्तै गोपाल पराजुलीलाई पनि प्रधानन्यायाधीशको रोलक्रममा पार्ने र त्यसका लागि प्रकाश वस्तीलाई न्यायाधीशमा सिफारिस नगर्ने गंगोत्री बैठकमा सहमति भएको अभियोग संसदीय सुनुवाइमा पुगेको छ ।
यसैवीच गोपाल पराजुलीले गत चैते दशैंका बेला बाराको जीतपुरमा आफूले निर्माण गरेको मन्दिरमो उदघाटन गर्न गएका वर्तमान प्रधानन्यायधीशको टोलीलाई सोही दिन हवाइजहाजबाट सिमरा पुगेका पाटनका मुख्य न्यायाधीश गोपाल पराजुलीले टिकट काटेर हवाइजहाजमा फर्काएको उजुरीमा उल्लेख छ ।
गोविन्द श्रीमानमाथि स्त्रीको बात
यसैवीच सर्वोच्च अदालतको न्यायाधीशमा नाम सिफारिस भएका मुख्य न्यायाधीश गाृविन्दकुमार उपाध्यायमाथि ‘स्त्रीजाति देखेपछि भुतुक्कै हुने’ अभियोग संसदीय सुनुवाइ विशेष समितिमा दर्ता भएको छ । उनले पियनको तलबसमेत आफैं खाने गरेको उजुरीमा उल्लेख छ । साभार onlinekhabar.com
यसमा तपाइको मत
main बाट अन्य

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...