दूधको मूल्य सरकारले फेरि बढाउने

Loading...
Spread the love
पौष ७, काठमाडौं । दूधको मूल्य सरकारले फेरि बढाउने भएको छ। कच्चा दूधको लागत मूल्यअनुसार ‘समायोजन’ गर्न मूल्यवृद्धि गर्न लागेको भन्दै सरकारले एक लिटरमा आठ रुपैयाँसम्म बढाउने तयारी गरेको छ।
milkसरकारले भनेअनुसार भयो भने अर्को सातादेखि एक लिटर दूध किन्दा उपभोक्ताले ६४ रुपैयाँ तिर्नुपर्नेछ। गत वर्ष पुसमा सरकारले दूधमा चार रुपैयाँ मूल्य बढाएर ५६ रुपैयाँ पुर्‍याएको थियो।
कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले अहिलेको लागत मूल्यअनुसार किसानलाई घाटा भइरहेकाले मूल्य समायोजन गर्न वृद्धि गर्ने तयारी गरिएको जानकारी दिए।
उनले दूधको मूल्यवृद्धिका सम्बन्धमा सरोकारवाला निकायले आवश्यक अध्ययन गरी गत बुधबार मन्त्रालयमा प्रतिवेदन बुझाएको जानकारी दिए।
‘किसानलाई लागत मूल्य उपलब्ध गराउन मूल्यवृद्धि गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘व्यावसायिक रूपमा घाँसखेती तथा दूध उत्पादन हुन नसकेकाले तत्कालै लागत मूल्य घटाउन कठिन छ।
किसान र उपभोक्तालाई मार नपर्ने गरी मन्त्रालयले मूल्यवृद्धि गर्ने तयारी गरेको हो, प्रधानमन्त्री कार्यालयबाट स्वीकृत भएपछि मूल्यवृद्धि हुनेछ।’
खनालले नेपालमा घाँसमा आधारित दानाको उत्पादन नहुँदा, स्वदेशी दाना उत्पादनकर्ताले भारतलगायत तेस्रो मुलुकबाट महँगोमा मकै, पिना, भटमास आयात गर्दा तथा बिजुलीमा समेत किसानलाई विशेष छुटको व्यवस्था नहुँदा लागत मूल्य बढेको बताए।
‘लागतअनुसार किसानलाई मूल्य उपलब्ध नगराउँदा अहिले उत्पादन भइरहेको दूधको मात्रा पनि घट्ने अवस्था छ। त्यही भएर किसानलाई सामान्य राहत हुने गरी मूल्य बढाउने तयारी गरेका छौं’, उनले भने।
केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले प्रतिलिटर दूधमा १३ रुपैयाँ घाटा भइरहेकाले घाटादर समायोजन गर्नुपर्ने बताए। उनका अनुसार चार प्रतिशत फ्याट र आठ एसएनएफ स्तरको दूध किसानले ३५ देखि ३६ रुपैयाँ प्रतिलिटरमा बिक्री गर्दै आएका छन्।
‘जब कि एक लिटर दूधको उत्पादन लागत खर्च ४९ रुपैयाँ ९८ पैसा पर्छ’, उनले भने। गाईको खरिद मूल्य, दाना, चोकर, पराल, घाँस, श्रम र ज्याला, बिमा, औषधि, नस्ल सुधार, पानी तथा बिजुलीलगायतका क्षेत्रगत विषयमा मूल्यवृद्धि भएका कारण सोही अनुपातमा लागत खर्च बढेको संघले जनाएको छ। बोर्ड अध्ययन समितिको प्रतिवेदन सुझावसहित कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई बुझाएको छ।
सरकारले भारतलगायत तेस्रो मुलुकबाट बर्सेनि अत्यन्त महँगोमा २० करोडभन्दा बढीको पाउडर दूध आयात गर्दै आएको छ। डीडीसीका एक अधिकारीका अनुसार भारतबाट महँगोमा आयात गरिएको पाउडर दूधबाट तरल दूध बनाएर बिक्री गर्दा पनि संस्थानलाई नाफा छैन।
‘पाउडरबाट तरल दूध बनाएर बिक्री गर्दा प्रतिलिटर १२ रुपैयाँसम्म घाटा खाएर बिक्री गर्दै आएका छौं’, डीडीसीका महाप्रबन्धक गंगा तिमिल्सिनाले भने।
Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...