आमा बेच्ने नेताका पक्षमा प्रज्ञा प्रतिष्ठान

Loading...
Spread the love

स्वागत नेपाल/काठमाडौं 

पञ्चायती व्यवस्था हटिसकेर प्रजातन्त्र आइसकेपछिको तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठान पनि देशका विरुद्ध विदेशीलाई सूचना बेच्नेहरुको पर्दाफास गरिएका साहित्य नियोजित रुपले पाण्डुलिपि नै गायब गर्ने अभियानमा थियो र विदेशीका पक्षमा राजनीतिको खोल ओढेर जासुसी गर्नेहरुका लागि प्रज्ञा प्रतिष्ठानकै साहित्यिक वाङ्मयिक नेतृत्व देशविरोधी नेताका धज्जी उडाइएका साहित्य छापिन नदिनका लागि राजनीतिक नियुक्तिमा जागिर खान्थे भन्ने तथ्य एउटा घटनाले पुष्टि गरेको छ ।

देश वेच्नेहरु विरुद्ध जनताका आवाज बोलिएका कथाहरु छापिदिन्छु भनेर प्रज्ञा प्रतिष्ठानकै नेतृत्वले एक सुस्थापित लेखकको पाण्डुलिपि नै गायब गरी देशविरोधीहरुका हातमा थमाइदिएको आधार पनि नेपाल कानुन डट कमले फेला पारेको छ ।

 

 

राजकीय प्रज्ञा प्रतिष्ठानको त्यस्तो नेतृत्व थियो २०५४ सालको जसले तत्कालीन राजनीतिक नेताहरुले देशका नदीनाला र प्राकृतिक सम्पदा विदेशीलाई प्रतिस्पर्धात्मक रुपमा बेचिरहेर आफ्नो सत्ता टिकाइरहने प्रवृत्ति विरुद्ध लेखिएको ‘आमालाई बेच्नु हुन्न लाटा’ शीर्षकको पुस्तक छापिदिन्छौँ भन्दै आफ्नो कब्जामा लिएर पाण्डुलिपि नै गायब गरी आफूलाई राजनीतिक नियुक्ति दिने नेताहरुलाई जाहेरी गरेका थियो ।

अन्ततः सो पुस्तक हालसम्म पनि प्रकाशित भएको छैन, यतिबेला प्रज्ञा प्रतिष्ठानले पुस्तकको पाण्डुलिपि नै हराएको जवाफ लेखकलाई दिन थालेको छ ।

पुस्तकका लेखक थिए, साझा पुरस्कार प्राप्त कथाकार मनु ब्राजाकी । उनले प्रतिष्ठानमा पाण्डुलिपि बुझाएको र प्रतिष्ठानले पनि बुझिलिएको एउटा निस्सा प्रतिष्ठानको स्ट्याम्प सहितको प्रमाण नेपाल कानुन डट कमले प्राप्त गरेको छ ।

तस्बीरमा दिइएको निस्सामा प्रतिष्ठानले २०५४ साल फागुन ३ गते ‘आमालाई बेच्नु हुँदैन लाटा’ शीर्षकको पुस्तकको पाण्डुलिपि बुझिलिएको उल्लेख छ । ३६ । ०५४ दर्ता नम्बर रहेको सो निस्साका आधारमा मनु ब्राजाकी धेरै पटक आफ्नो कथा संग्रह किन छापिएन भन्दै चासो राख्न प्रतिष्ठान पुगेका थिए तर प्रतिष्ठानले आलटाल गरिरह्यो ।

 

 

ब्राजाकी भन्छन् पछिल्लो पटक प्रतिष्ठानका सदस्य सचिवसँग सो बारेमा फेरि जानकारी लिन जाँदा अब भेट्न सकिने सम्भावना कमै मात्र रहेको जवाफ दिएका थिए ।

 

ब्राजाकीका छोरा अमित भण्डारी पनि आफैँमा एक सशक्त युवा अधिवक्ता हुन् । उनले समेत प्रज्ञा प्रतिष्ठान विरुद्ध यदि आफ्ना साहित्यकार पिताले अनुमति दिएमा मुद्दाको प्रक्रियामा जाने बताए ।

ब्राजाकी भने एक पटक राम्रोसँग प्रतिष्ठानबाट जवाफ माग्ने अनि मात्र सो पाण्डुलिपि खोजी गरी पुस्तक प्रकाशनको लागि वैकल्पिक उपाय अपनाउने बताउँछन् ।

 

 

छोरा अमितलाई पनि महसुस भएको छ कि आफ्नो बाबाको लागि एउटा पुस्तकको पाण्डुलिपि गायब बनाइनु भनेको आफ्नो छोरो अपरहणमा पारेर गायब बनाइनु सरहको पीडा हुन्छ ।

ब्राजाकीले अझै पनि ‘आमालाई बेच्नु हुँदैन लाटा’ शीर्षकको सो कथा संग्रहको सान्दर्भिकता झन् बढी रहेको बताए ।

ब्राजाकीका नजिकका मित्र र पारिवारिक तहमा समेत सम्बन्ध रहेका युवा साहित्यकार सुविद गुरागार्इँ पनि प्रतिष्ठानले षडयन्त्रपूर्ण रुपमा गायब गरिएकोले त्यसको खोजी हुनु पर्ने र संस्थागत रुपमा हालसम्मको प्रतिष्ठानको नेतृत्व पनि जिम्मेवार रहनु पर्ने बताए ।

ब्राजाकी केही वर्ष अमेरिका बसेर पुनः सोही पाण्डुलिपि खोजी गर्न नेपाल आएका छन् । ७२ वर्षका उनी सो पुस्तक प्रकाशित गरेर फेरि उपचारका लागि अमेरिका फर्कने योजनामा छन् ।

Loading...

यसमा तपाइको मत

अन्र्तवार्ता बाट अन्य

मधेसी समुदायका नेपाली र सरकार विच संधै बिचौलियाले मात्र खेलिरहे: डा. अहिराज

Spread the loveसंविधान घोषणा संगै चर्कियो मधेस आन्दोलन, मधेसी जनताका उपयुक्त मागहरु सम्बोधन गर्न सरकारले पटक पटक प्रयास गर्यो तर समाधान हुन सकिरहेको छैन । हालै सरकारले फेरी संविधान संशोधन गरेर मधेशबादी दलहरुको माग...

कारवाहीको क्रममा राजिनामा दिएर भागेका लोकमान कसरी वन्न सक्छन अख्तियार आयुक्त: अर्याल

Spread the loveअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिहं कार्कीको नियुक्ति गैह्र कानुनी भएको विषय अदालतमा विचाराभिन र सर्बत्र चर्चामा छ । कार्कीले गर्ने र गरेका काम पनि रिस–ईवी जोडिएको भन्ने आरोप पनी...

न्यायलय सुधारका लागि नेपाल बारको भुमिका कमजोर भयो: रजिस्टार पन्थी

Spread the loveअदालत भित्रका समस्याहरु, सेवाग्राहीका गुनासाहरु र कुन अदालतमा कसरी काम भईरहेको छ भन्ने जानकारी पाठक सामु राख्ने उद्देश्यका साथ बिभिन्न अदालतहरुमा पुगेर अदालतमा काम कारवाही कस्तो भईरहेको छ, कस्ता कस्ता योजनाहरु मार्फत...

न्यायले समाजलाई बिकास र दिगो शान्ति तर्फ अगाडि बढाउन सक्नु पर्छ :उपाध्याय

Spread the loveसंबैधानिक कानुनमा नेपाल ल क्याम्पस, त्रिभुवन बिश्वबिद्यालयबाट प्रथम श्रेणीमा एल.एल.एम उर्तिण गर्नु भएका अधिबक्ता लिलाधर उपाध्याय हालै सम्पन्न साधारण सभावाट संवैधानिक तथा न्यायीक पत्रकार मञ्च(Constitutional and Judicial Journalists’ Forum )को अध्यक्षमा निर्वाचित...

अनियमितता गर्ने कर्मचारीलाई तुरुन्त सुईक्याई दिन्छुः श्रेस्तेदार उप्रेती

Spread the loveन्याय दिने निकाय पनि भ्रष्टचारबाट मुक्त नहुनु, अदालतमा न्याय खोज्न गएका पिडित फैसला कुर्दा कुर्दै उल्टै पिडाको महसुस गर्नु, कर्मचारीहरुद्धारा सेवाग्राही प्रति वेवास्ता गरिनु, गुनासाहरु सुनाएपनि कुनै अर्थ नराख्नु जस्ता समस्या अदालतमा...

अदालतमा भ्रष्टाचार रोक्न जस्तोसुकै काम कारवाहीको लागि म पुर्ण प्रतिबद्ध छुः श्रेस्तेदार दाहाल

Spread the love भनिन्छ, लामो समय पछि वा घटनाको बर्षौ पछि दिईने न्याय पिडितलाई न्यायपाएको अनुभुती दिन सक्दैन । त्यसैले अदालतमा न्याय खोज्दै पुगेका पिडीतले समयमै न्याय पाउनुपर्छ वा समयमै मुद्दाको फैसला हुनुपर्छ । नेपालका...

कानूनको नक्कली हिरो मर्नै पर्छ

Spread the loveअधिवक्ता इन्जिनियर दिनेश चौधरी सामाजिक न्यायसँग सम्वन्धित विभिन्न विषयलाई अदालत र विभिन्न निकायमा उठाइरहने सामाजिक अभियानता हुन । उनले गरेका कार्य लगायत अन्य विषयमा नेपाल कानून सँग गर्नुभएको कुराकानी । तपाई सर्वोच्च अदालतमाथि...

कानूनी शासनको महत्वपुर्ण निकाय वन्दैछ महान्यायधिबक्ताको कार्यलय : फुयाल

Spread the loveहरि फुयाल बिगत तिन महीना देखी महान्याधिबक्ताको कार्यलयका प्रमुखको कार्यभार सम्हाल्दै आएका छन । तपाई यहाँ आए देखि अहीले सम्म के के कामहरु गर्नु भयो र के के महत्वपुर्ण कार्यहरु हुदैछन त...

नक्कली डाक्टरका सबै प्रमाणपत्र स्वतः खारेज हुन्छनः डा. पराजुली

Spread the loveनक्कली डाक्टरहरुको बिगबिगी बढदै गएको र पक्राउ परि त्यो प्रकरण अदालत सम्म पुगिसकेको छ । अदालतले के फैसला गर्ला भन्ने चाही अनुमानमै सिमीत रहेका बेला, नक्कली डाक्टर को हुन, यस्ता डाक्टरलाई के...

खारेज मात्र गर्न मिल्ने सन्धीलाई सुधारबारे सल्लाह दिने जिम्मेवारी दिईएको प्रबुद्ध समुह नै अबैधानिक छः श्रेष्ठ

Spread the loveनेपाल भारत बिचको सिमा बिबाद, अन्य सम्बन्ध र सुधार साथै १९५० को सन्धी र हालै यसबारे चलिरहेको बहस, यस्को सुधार गर्न जिम्मेवारी दिईएको प्रबुद्ध समुह लगायतका सम्बन्धमा, यो सन्धी संशोधन, पुनरावलोकन, यथावत...