युवतीले बिहे गर्न नमानेपछि जबर्जस्ती सिन्दुर

Loading...
Spread the love

चौधारी ५ का अर्जुन खातीले गाँउमा चल्दै आएको परम्पराअनुसार आफूलाई मन परेकी सोही गाविस ४ का सूर्यकलाकुमारी रावललाई जबर्जस्ती तानेर बिहे प्रयासमात्र गरेनन् गोठसम्म पुर्याएर सिउँदोमा सिन्दुर पनि हालिदिए । उनको योजना थियो गोठमै भएपनि सिन्दुर हालेपछि खसी काटेर भोज गर्ने । तर, सूर्यकला सचेत भएका कारण अर्जुनले भोज गर्ने योजना पूरा गर्न पाएनन् ।

उमेर पुगेका युवक र युवतीबीचमा मिलेर सहमति भएमा परिवारले नमाने पनि बिहे गर्न रोकटोक हुन्न । तर सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा भने केटा पक्षलाई कुनै युवती मन परे जबर्जस्तीतानेर बिहे गर्ने चलन अझै कायम छ । अहिले पनि बझाङका लेकगाँउ, छान्ना, दौलीचौरलगायत दुर्गम गाँउमा युवतीलाई जबर्जस्तीतानेरै बिहे गर्ने चलन रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

यसैको पछिल्लो शृखंला हो अर्जुनको बिहे गर्ने प्रयास । उनले सोमबार मोरीबगरबाट घरतर्फ एक्लै जाँदै गरैकी सूर्यकलालाई बीच बाटोबाटै जबर्जस्तीतानेर बिहे गर्न स्थानीय महेश खाती लगायत साथीको सहयोग पनि मागेका थिए ।

अर्जुनले आधा बाटोसम्म तानेर लगेपनि सूर्यकलाले अस्वीकार गरेपछि बिहीबार घटना सार्वजनिक भएको हो । युवतीले बिहे गर्न नमानेपछि अर्जुनले साथीहरुको सहयोगमा लिएर जबर्जस्तीतान्दै भैंसी गोठसम्म पुर्याएर सिउँदोमा सिन्दुर भरेका थिए । जबर्जस्ती गर्दा उनको लुगासमेत च्यातिएको छ । सूर्यकला गाउँकै चौधरी उच्चमाविमा कक्षा १२ मा पढ्छिन् ।
सूर्यकला र उनका अभिभावक अर्जुनसँग बिहे गर्न राजी थिएनन् । सिन्दुर हालेपछि सूर्यकलाले आफूसँग बिहे गर्ने सोचेका थिए तर । तर सूर्यकलाले गाउँमै यस्तो चलनविरूद्ध बिद्रोह गरिन र उजुरी गर्न जिल्ला प्रहरीसम्म पुगिन ।

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...