पुटिनको आग्रहलाई बेवास्ता गर्दै जनमतसंग्रह

Loading...
Spread the love

पूर्वी युक्रेनस्थित रुस समर्थक कार्यकर्ताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहलाई बेवास्ता गर्दै आउँदो आइतबार स्वायत्तता संबन्धी जनमतसंग्रह गराइने जनाएका छन्।
बुधबार राष्ट्रपति पुटिनले युक्रेनसंग वार्ताकालागि उपयुक्त वातावरण बनाउन प्रस्तावित जनमतसंग्रह पछि सार्न आह्वान गरेका थिए।

युक्रेनका अन्तरिम प्रधानमन्त्री आर्सेनी यात्सेन्युकले प्रस्तावित जनमतसंग्रहलाई गैरकानुनी भन्दै राष्ट्रपति पुटिनको आह्वान देखावटी भएको बताए।

हामीले मानिसहरुसामु एउटा साधारण प्रश्न राखेका छौं, उनीहरु स्वतन्त्र राज्य घोषणाको पक्षमा छन् वा छैनन्। यहाँ कुनै समस्या छैन र हामी पुरै तयार छौं

रोमन लियागिन, डोनेस्कस्थित रुस समर्थक एकजना कार्यकर्ता पूर्वी युक्रेनका रुस समर्थक कार्यकर्ताहरुले आउँदो आइतबार गर्ने भनिएको जनमतसंग्रह पछि नसार्ने जनाए पछि त्यहाँ जारी सँकट अरु गहिरिएको जस्तो देखिएको छ।

विवादास्पद जनमतसंग्रहकालागि लाखौं मतपत्रहरु छापिएका छन्।

आफुलाई केन्द्रिय निर्वाचन आयोगको प्रमुख बताउने डोनेस्कस्थित रुस समर्थक एकजना कार्यकर्ता रोमन लियागिनले भने, “हामीले मानिसहरुसामु एउटा साधारण प्रश्न राखेका छौं, उनीहरु स्वतन्त्र राज्य घोषणाको पक्षमा छन् वा छैनन्। यहाँ कुनै समस्या छैन र हामी पुरै तयार छौं।”

डोनस्क तथा लुहान्स्कका पृथकतावादी नेताहरुले स्थानीय जनपरिषद सामु प्रस्ताव राखेपछि जनमतसंग्रह पर नसार्ने निर्णय गरिएको थियो।

मस्कोले, उसकै शब्दमा, कियभको अप्रजातान्त्रिक सरकारले चाल्नसक्ने कदम विरुद्ध युक्रेनका रुसी भाषी जनताको हित संरक्षण गर्ने वाचा गरेको छ।

उता युक्रेनका अधिकारीहरुले रुस समर्थक विद्रोहीहरुले गरिरहेको थप स्वायत्तताको मागलाई अस्वीकार गरीदिएका छन्।

त्यस्तो मतदानको कुनै प्रजातान्त्रिक वैधता हुनेछैन र यसले स्थितिलाई अरु खराब तुल्याउने छू

युरोपेली संघको विदेश नीति प्रमुखका एकजना प्रवक्ता

युरोपेली संघको विदेश नीति प्रमुखका एकजना प्रवक्ताले भने, “त्यस्तो मतदानको कुनै प्रजातान्त्रिक वैधता हुनेछैन र यसले स्थितिलाई अरु खराब तुल्याउने छ।”

जनमतसंग्रह
युक्रेनको अन्तरिम सरकार तथा पश्चिमा मुलुकहरुको कडा विरोधका बावजुद रुससंग सीमा जोडिएको युक्रेनकै क्राइमिया क्षेत्रमा गएको मार्च महिनामा जनमतसंग्रह गराइएको थियो।
उक्त विवादित जनमतसंग्रहमा अत्यधिक मतदाताहरुले युक्रेनबाट अलग हुनेपक्षमा मतदान गरेको बताइएको थियो।

त्यसयता क्राइमियालाई रुसले आफ्नो भूभागमा विलय गराइसकेको छ।
पूर्वी युक्रेनका थप भूभागहरुलाई स्वतन्त्र बन्न वा रुसमा विलय हुनदिनबाट रोक्न युक्रेनी सैन्यले स्लोभियान्स्कमा रुस समर्थित पृथकतावादीहरु विरुद्ध एउटा सैन्य कारवाही गरिरहेका छन्।

युक्रेनको अन्तरिम सरकारले रुस समर्थित उग्रवादीहरु वास्तवमा स्थानीय जनता नभएर रुसले नै छद्मभेषमा पठाएका गुप्तचर तथा सैनिकहरु भएको आरोप लगाउने गरेको छ।
तर रुसले ती आरोपहरुको खण्डन गर्दै आएको छ। source BBC

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...