पर्यटन बोर्डमा छानविन समिति गठन

Loading...
Spread the love

पर्यटन बोर्डको छानविन गर्न सरकारले सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भट्टराईको संयोजकत्वमा उपसचिवस्तर अर्थमन्त्रालय र लेखा अधिकृत ध्यान कुमार राई सदस्य सचिव रहेको तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।
समितिलाई बोर्डको छानविन गरी काम शुरु गरेको १५ दिनभित्रमा प्रतिवेदन पेश गर्नुपर्ने निर्देशन दिइएको छ । समितिले ६ वटा विषय वस्तुमा अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाउने छ । प्रतिवेदन अनुसार बोर्डमा आवश्यक काम कारबाही अगाडी बढाउने मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
सरकारले छानविन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व नभएको भन्दै विरोध जनाएका छन् । व्यवसायीहरुले सरकार, निजी क्षेत्र र विज्ञहरुको सहभागीतामा समिति गठन गरेर पर्यटन बोर्डमा भएको व्यापक आर्थिक अनियमितता र अन्य विषयहरुको छानविन गरिनुपर्ने माग गर्दै आएका थिए ।
आन्दोलनरत व्यवसायीहरुले आइतबार पर्यटन बोर्डको सभाहलमा पत्रकार सम्मेलन गरी सरकारले एकपक्षिय समिति गठन गरेको भन्दै आपत्ती जनाएका छन् । संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी) का संयोजक रमेश धमलाले यो समितिबाट कुनै अपेक्षा गर्न नसकिने बताएका छन् । सरकार निजी क्षेत्रको सहभागितामा समिति गठन गर्नुपर्ने माग राख्दा राख्दै व्यवसायीलाई एक्लाएर गरिन लागेको छानविन आफुहरुलाई मान्य नहुने उनको चेतावनी दिए ।
समितिले गर्ने कामहरु
सरकारले गठन गरेको समितिले नेपाल पर्यटन बोर्डका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न निकायहरुमा परेका उजूरीहरुको विषय वस्तुमा छानविन गर्ने छ । आर्थिक वर्ष २०६८/०६९ देखि हालसम्म नेपाल पर्यटन बोर्डको आम्दानी र खर्चका सम्बन्धमा छानविन गरी आवश्यक कारवाहीको निम्ति सुझाव दिने बताइएको छ ।
त्यसैगरि, पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्सको व्यवस्थापन, शुल्क उठाउने व्यवस्था र भएको खर्च सम्बन्धमा अनुसन्धान र छानविन गर्ने छ । नेपाल पर्यटन बोर्डको विषयमा व्यवसायिक संस्था तथा सरोकारवालाहरुद्वारा उठाइएका विभिन्न विषयका सम्बन्धमा पनि समितिले छानविन गर्ने बताइएको छ ।
नेपाल पर्यटन बोर्डको आर्थिक विनियमावलीको अध्ययन गरी त्यसमा कमी कमजोरीहरु भए सुधारका लागि सुझाव दिनुका साथै समितिले आफ्नो कामको सिलसिलामा आवश्यक पर्ने विशेषज्ञ वा पदाधिकारीलाई काममा लगाउन वा आमन्त्रण गरी सुझाव सल्लाह लिन सक्नेछ ।
मन्त्रालयले छानविन समिति गठन गरिएको जानकारी दिँदै तत्काल आन्दोलन स्थगित गरी नेपाल पर्यटन बोर्डको कार्य सुचारु गर्न व्यवसायीहरुलाई अनुरोध समेत गरेको छ । यता व्यवसायीहरुले भने आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...