बोक्सी आरोपमा वृद्धा कुट्ने प्रहरीलाई उन्मुक्ति

Loading...
Spread the love

बोक्सी आरोपमा वृद्धा कुट्ने प्रहरी जवानलाई कारबाही नभएको पीडित पक्षले गुनासो गरेको छ । प्रहरी संगठनबाटै कुट्नेलाई उन्मुक्ति मिलेको उनीहरूको आरोप छ । गत फागुन २७ मा छिमेकी वृद्धा छठियादेवी सहनीलाई कुटपिट गरेको आरोप लागेका लखनपुर ९ एकडर्वाका प्रहरी जवान विनय सहनीलाई कारबाही नगरिएको पीडितका आफन्तले बताए ।

पीडित वृद्धाका छोरा पुनदेवले प्रहरी भएकै कारण बोक्सी आरोपमा आमालाई कुटपिट गर्ने प्रहरीलाई उन्मुक्ति दिइएको आरोप लगाए । घटनाका दिनदेखि फरार विनय, उनका बाबु सोहालाल र भाइ अजय बिहीबार जिल्ला अदालतमा हाजिर भएर ५/५ हजार रुपैयाँ धरौटी राखेर छुटेका छन् । तर प्रहरी जवान विनयलाई कुनै पनि सांगठनिक कारबाहीसमेत नगरी काममा हाजिर गरिएको उनले आरोप लगाए । ‘प्रहरीलाई कानुन लाग्दैन भने मुलुकमा जसले जे गरे पनि हुने रहेछ,’ पुनदेवले भने, ‘हामीजस्ता पीडितले कहाँबाट न्याय पाउने ?’

मकवानपुरको रातोमाटे गणमा दरबन्दी रहेका उनी काजमा जिल्ला प्रहरी महोत्तरी मातहतको इलाका प्रहरी बर्दिबासमा कार्यरत थिए । उनी घर आएका बेला बाबु, भाइ र २ आफन्त नेत्रबहादुर र सुदामा सहनीसमेत मिली वृद्धालाई बोक्सी आरोप लगाउँदै कुटपिट गरेको जाहेरी पीडित पक्षले जिल्ला प्रहरीमा दिएको छ ।

नेत्रबहादुर र सुदामा तत्काल पक्राउ परेका थिए । विनय आफ्ना बुवा र भाइसहित २ महिनापछि जिल्ला अदालतमा हाजिर भएका थिए । विनयकी नवजात छोरीलाई छठियाले बोक्सी मन्त्र लगाई मारेको आरोप लगाउँदै समूहले छठियालाई कुटपिट गरेको पीडित पक्षको दाबी छ ।

महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले विनयलाई प्रहरी भएका कारण उन्मुक्ति दिने नियत नरहेको दाबी गरे । ‘विनय यहाँ काजमा मात्र कार्यरत रहेको र अहिलेसम्म हाम्रो सम्पर्कमा आइसकेका छैनन्,’ श्रेष्ठले भने, ‘मैले यसबारे प्रहरी प्रधान कार्यालयको कानुन शाखासँग सल्लाह लिनुका साथै प्रहरी ऐनसमेतमा रहेको व्यवस्थाबारे जानकारी लिएको छु ।’ विनय

हाल जिल्ला अदालतबाट साधारण तारेखमा छुटिसकेको अवस्थामा उनलाई जागिरबाट निलम्बन गर्नुपर्ने आवश्यकता नरहेको तर लामो समय गैरहाजिर रहेकाले त्यस सम्बन्धमा भने उनलाई कारबाही हुन सक्ने श्रेष्ठले बताए ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...