न्यायालयमा ‘भ्रष्ट’ लाई पस्न नदिने : एमाओवादी

Loading...
Spread the love

प्रमुख प्रतिपक्षी दल एमाओवादीले सर्वोच्च अदालतका लागि न्याय परिषद्ले गरेको न्यायाधीशहरूको सिफारिसको विरोध गर्दै न्यायालयमा ‘भ्रष्ट’ लाई पस्न नदिने निर्णय गरेको छ । ६६ सदस्यीय संसदीय सुनुवाइ समितिमा एमाओवादीका ७ जना छन् ।

विराटनगरमा बुधबार सम्पन्न राष्ट्रिय सम्मेलनले पारित गरेको प्रस्तावलाई पार्टी मुख्यालय पेरिस डाँडामा आइतबार सार्वजनिक गर्दै एमाओवादीले मापदण्डविपरीत सिफारिस भएको र त्यो समावेशी पनि हुन नसकेकाले विरोध गर्नु परेको उल्लेख छ ।

परिषद्ले स्वच्छ छवि भएकालाई छानी-छानी छाडेर भ्रष्टलाई सिफारिस गरी न्यायपालिकाको खिल्ली उडाएको एमाओवादीको ठहर छ । उसले परिषदो सिफारिस ऐन, कानुन र परिषदै मापदण्डविपरीत भएको भन्दै त्यसको विरोध गर्ने बताएको छ ।

‘हालै न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीशहरूको सिफारिस गर्दा एकातिर समावेशीलाई अंगिकार गर्न नसकेको देखिन्छ भने अर्कातिर मापदण्डविपरीत,’ पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अपारदर्शी र विभिन्न प्रभावमा परेर सर्वाेच्च अदालतबाट कारबाही गर्न निर्देशन गरेको र विभिन्न प्रकारका बदनाम व्यक्तिलाई सिफारिस गरेर साथै इमानदारलाई विभिन्न बहानामा पन्छाउने काम गरी स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको खिल्ला उडाउने कार्य गरेको छ ।’

एमाओवादीले यसको ठाउँमा स्वच्छ र इमानदार छवि भएकालाई नियुक्त गर्नुपर्ने माग पनि गरेको छ । ‘हाम्रो सम्मेलन न्याय परिषदो यो निर्णयको तीव्र विरोध गर्दछ र यसलाई पुनर्विचार गरी स्वच्छ र सक्षम व्यक्तिहरूलाई समावेशी ढंगले सिफारिस गर्न माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

परिषद्ले गत वैशाख ९ गते सर्वोच्चका लागि न्यायाधीशहरू वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको थियो ।

सिफारिसमा परेका अधिकांश न्यायाधीशहरूको चरित्रमा गम्भीर प्रश्न उठिरहेका छन् । उनीहरूमाथि हाल संसदीय सुनुवाइ सुरु भएको छ, जहाँ उनीहरूविरुद्ध घूस खाएकोदेखि बहुविवाह गरेकोसम्मको अभियोग समेटिएका २२ उजुरी परेका छन् । कान्तिपुरबाट

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...