कांग्रेस परिषद् निर्णयको समर्थनमा आक्रामक ढंगले प्रस्तुत

Loading...
Spread the love

सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरी संसदीय सुनुवाइमा पठाइएका व्यक्तिको नाम सुनुवाइ नगरी न्याय परिषद्मै फिर्ता पठाउने प्रयास असफल हुने देखिएको छ। सुनुवाइ समितिमा कांग्रेसका सभासद् न्याय परिषद् निर्णयको समर्थनमा आक्रामक ढंगले प्रस्तुत भएपछि अर्को सत्तासीन दल एमाले पनि ‘बाधक नबन्‍ने ‘ स्थिति छ।

समितिको बिहीबारको पहिलो बैठकमा एमाले, एमाओवादी, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नेपा: पार्टीका सभासद्ले सुनुवाइ नगरी फिर्ता पठाउनुपर्ने मत राखेका थिए। सभासद् प्रेमबहादुर सिंह पनि न्याय परिषद् निर्णयको विपक्षमा थिए।

समितिमा रहेका एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डेले आफ्नो दल अहिले कुनै निर्णयमा पुगिनसकेको बताए। उनले भने, ‘न्याय परिषद्को निर्णय झिकाएका छौं, अध्ययन गर्छौं, त्यसै आधारमा निर्णयमा पुग्छौं।’

न्याय परिषद्ले आइतबार नै न्यायाधीश नियुक्तिको सिफारिस गर्न बसेको बैठकको निर्णय र न्यायाधीश रामकुमारप्रसाद साहले राखेको ‘नोट अफ डिसेन्ट’ को प्रतिलिपि सुनुवाइ समितिमा पठाएको छ।

समितिमा रहेका राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र एक दर्जनभन्दा बढी साना दलका सभासद् सबै नाम सीधै फिर्ता गर्न नहुने पक्षमा उभिएपछि नाम फिर्ता नहुने भएको हो।

कांग्रेस मतसँग साना दलका सभासद् एकनाथ ढकाल, विश्वेन्द्र पासवान, गोपाल दहित, शिवलाल थापा, रामकुमार राई र लोकमणि ढकाल पनि निकट छन्। सुनुवाइ नगरी सबै नाम फिर्ता पठाउने मतसँग यी सभासद् असहमति राख्छन्। यो समूहका धेरै सभासद् एकमुष्ठ फिर्ता नगरी व्यक्ति पिच्छे सुनुवाइ गरी निर्णयमा पुग्नुपर्ने मत राख्छन्।

एमाले अध्यक्ष झलनाथ खनालले ‘सर्वोच्च अदालतमै कार्यरत अस्थायी राम्रा न्यायाधीशलाई सिध्याएर बदनियतपूर्ण ढंगले कमसल न्यायाधीश सिफारिस गरेकाले त्यसलाई समर्थन नगर्न’ आफ्ना सभासद्लाई निर्देशन दिएका थिए। एमाले नेताहरू आफ्नो असहमति रहे पनि न्यायाधीश नियुक्त हुने परिस्थिति बन्दै गएपछि अप्ठ्यारोमा परेका छन्। अन्नपूर्णपोष्टबाट

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...