विमानस्थलमा चरा धपाउन पाँचजना सिकारी

Loading...
Spread the love

पौष १५, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश आसपास ३९ प्रजातिका चरा घुम्छन् ।  यीमध्ये कालो चिल धेरैपटक विमानसँग ठोक्किएको छ। यस्तै एउटा कालो चिल जेट एयरवेजमा सोमबार ठोक्कियो । गोदावरी र इमाडोलको आकाशमा आइपुग्दा जहाजमा चिल ठोक्किएको थियो ।

विमानस्थलको घाँसेमैदानमा भएका गँड्यौला, भ्यागुतालगायत अन्य किराफट्यांग्रा चराका आहारा हुन् । विमानस्थलमा खटिएका सिकारीका अनुसार मनोहरा र बागमतीमा थुपारिएको फोहोरमा भेटिने किरा खान आउने चरा पनि विमानस्थलको फन्को मारेर जान्छन् । विमानस्थल प्रशासनले गत वर्ष एकै दिन सय केजीभन्दा बढी गँड्यौला घाँसैमैदानबाट निकालेको थियो ।

चराविज्ञ डा। हेमसागर बरालका अनुसार गँड्यौला र मासुजन्य फोहोर चिलले असाध्यै मन पराउँछ । विमानस्थल वरिपरि भएका सेकुवा घरसमेत चिलका आकर्षण हुन् । मान्छेसँग नजिकिन सक्ने कालो चिल नेपालको रैथाने चरा हो ।

विमानस्थल सुरक्षाविज्ञसमेत रहेका अपरेसन विभाग प्रमुख देवचन्द्रलाल कर्णका अनुसार आफैं ठोक्किन आउने चराबाहेक विमानको इन्जिनमा भएको भ्याकुमले नजिकको वस्तु तान्ने क्रममा पनि कहिलेकाहीं चरा ठोक्किन पुग्छन्।

एक अध्ययनअनुसार उडिरहेको विमानमा एक फिटको दूरीबाट तीन किलोको चील ठोक्किए एक हजार आठ सय किलोको घन बजारेजस्तो हुन्छ । जति नजिकबाट ठोकिन्छ त्यति धेरै असर पर्छ, कर्णले भने ।

वरिपरिको जंगल तथा कृषियोग्य जमिनका कारण पनि चरासहित स्याल र कुकुर विमानस्थलभित्र पुग्छन्। पछिल्लो समयमा स्याल र कुकुरको समस्या भने छैन ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको एक अध्ययनअनुसार विमानस्थल आसपास पाइने ३९ प्रजातिका चरामध्ये पाँच ठूला आकारका, २४ साना र १० मझौला आकारका छन् । विमानका लागि ठूला प्रजातिका चरा सबैभन्दा खतरा हुन्छन् ।

विमानस्थल आसपास र आकाशमा घुमिरहने कालो चिल धपाउँदा पनि भाग्दैन । विमानस्थलमा पाँच वर्ष सिकारी टोलीको नेतृत्व गरेका कुमार बिष्टले भने, चिल धपाउँदा पनि भाग्न मान्दैन। सरकारले विमानस्थलका चरा र अन्य जन्तु धपाउन पाँचजना सिकारी खटाएको छ ।

नागरिक उड्डयन प्राधिकरणको सेफ्टी मेजर डिपार्टमेन्टका अनुसार त्रिभुवन विमानस्थलमा सबैभन्दा पहिले सन् १९९० मा चरा विमानसँग ठोक्किएको थियो । त्यस्तै सन् १९९२ मा १२, १९९४ मा ६, १९९५ मा सात, १९९९ मा १४, २००४ मा आठ, २००५ मा सात, २००६ मा तीन, २००८ मा चार र २०१० मा पाँचवटा यस्ता घटना भए पनि मानवीय क्षति भएको छैन ।

दुई वर्षअघि मनोहरा खोलामा दुर्घटना भएको सीता एयरमा कालो चिल ठोक्किएको थियो । चराकै कारण दुर्घटना भएको भन्ने प्रमाणित भने भएन । चरा ठोक्किने घटनामध्ये ४८ प्रतिशत त्रिभुवन विमानस्थलमा भएको प्राधिकरणको तथ्यांक छ। विमानलाई चराको खतराबाट बचाउन सरसफाइमा ध्यान दिनुपर्ने कर्णको सुझाव छ ।

वरिष्ठ अधिवक्ता र पूर्वपदाधिकारीसँग सोमबार परामर्श लिएपछि बार यस्तो निर्णयमा पुगेको हो । बारका ४२ जना सल्लाहकारले एकमतले न्यायाधीश नियुक्तिका लागि दरखास्त माग्ने परिषद्को कार्य न्यायाधीश नियुक्ति मापदण्ड खारेजीको फैसला र संविधानको मर्मविपरीत रहेको बताएका थिए ।

त्यसपछि बसेको बार केन्द्रीय कार्यसमिति बैठकले व्यक्तिगत विवरण मागको आवरणमा संवैधानिक र कानुनी व्यवस्था उपेक्षा गर्दै परिषद्ले कानुनव्यवसायीसँग दरखास्त मागेको निष्कर्षसहित सम्पूर्ण सदस्यलाई प्रक्रियामा भाग नलिन आह्वान गरेको हो।

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि व्यक्तिगत विवरण भराउने गरी परिषद्ले पुस ९ गते गरेको निर्णय अन्तरिम संविधानको धारा १०३ र न्याय परिषद् ऐन २०४७ को दफा ४ को प्रावधानविरुद्ध रहेको ठहर बारको छ। अन्नपुर्ण पोष्ट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...