पूजा बोहरालाई बीर बहादुरको पत्र

Loading...
Spread the love

प्रीय बहिनी पूजा,
गत हप्ता फेसबुकको पर्दा हुँदै मार्मिक र हृदयविदारक तिम्रो पत्र जब मेरो मथिंगलमा बज्रिन पुग्यो, रन्थनिँदै काँपेका मेरा हातले बल्ल एक साता पछि कलम समाउने आँट गरे । तिम्रो जीवनमाथि बज्रसरी प्रहार भएको त्यो कालो दिन । सम्झेर म आफैँ त भक्कानिन्छु भने भुक्तभोगी तिमीलाई झन् कस्तो होला म त्यसको कल्पनासम्म पनि गर्न सक्दिनँ । नरपिचासहरुले तिमीमाथि गरेको जघन्य अन्याय त घोर भत्र्सना योग्य थियो नै आफूलाई न्याय र अन्यायको तुलो समातेको ठान्ने न्यायाधिशहरुले समेत तिमीलाई गरेको अन्यायपूर्ण फैसलाले सायद नेपाली समाजमा न्यायालयले दिने न्याय माथिको भरोसा समाप्त गरि दिएको छ । पूजा, त्यो कालो दिन तिमीले अवश्य बिर्सन सक्दैनौ जुन दिन यौन पिपासुहरुले तिम्रो अस्मिता लुटेरलुछे र मरणासन्न हुने गरी नालीमा फाली दिए ।

Puja Bohoraतर तिमीलाई म यति मात्रै भन्न सक्छु तिमी हिम्मत नहार । जीवनमा आइपरेको घोर पिडालाई शक्तिमा बदल, लज्जित नबन । पछि नहट । काँतर नबन । किनकि लज्जित त तिनले हुनु पर्छ जो तिमीमाथि अपराध गर्ने अपराधी हुन् र जो न्यायको आसनमा विराजमान भएर अन्याय मात्र गरि रहन्छन् ।

बस्, तिमी सामाजिक मान्यताको मानसिक सीमालाई समेत बेपर्वाह भत्काएर अगाडी बढ किनकि एउटी बलात्कृत यौवनालाई न्याय दिलाउन सकेको सहयोगको साटो उल्टै खिसिटिउरी गर्नेहरु पनि त्यै समाजमा अझै छन्, भलै त्यो संख्या घट्दो क्रममा किन नहोस् ।

तिम्रो पत्र पढी नसक्दै इन्टरनेटको बाटो हुँदै अर्को खबर मेरो कान सम्म आइपुग्यो । सुने– आफ्नी छोरी सरहकी यौवनालाई बलात्कार गर्ने जिल्ला अदालतद्वारा अपराधी घोसित अपराधिहरुलाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधिश रमेशप्रशाद राज भण्डारी र नर बहादुर शाही त क्रमशः एमाले र नेपाली कंग्रेस मर्काका कोटावाले न्यायाधिश पो रहेछन् । र लाग्यो तिमी र तिमी जस्ता युवतीहरु माथि हुने यौन हिंसाका प्रेरणा स्रोत र संरक्षक त केवल यिनै कोटावाले पो हुन् । फरक यति हो, ति बाहिरी रुपले हेर्दा सुन्दर आसनमा बसेका छन् ।

तलदेखि माथिसम्म सिलसिलेवार छन् । राजनिति, न्यायालय कर्मचारीतन्त्र देखि प्रायः सबै क्षेत्रमा तिनको बिगबिगि छ । र तिनका भ्रष्ट कर्मको शिकार तिमीजस्ता कलिला युवतीहरु हुनु परेको छ । यदि त्यसो नहुँदो हो त अपराधिले उन्मुक्ति पाउन्नथे । हो, एकाध अपराधिक घटना विकसित भन्दा विकसित देशमा पनि घट्छन् तर पक्राउ पछि तिनले कानून बमोजिम कडा सजाय पाउँछन् । तर नेपालमा कहिलेसम्म पूजाहरुले बलात्कार भईराख्नु र बलात्कारीले उन्मुक्त भएर हिँड्न पाइरहने हुन्, सम्झँदा पनि कहाली लाग्छ ।

पूजा, तिम्रा बारेमा विशेषतः कान्तिपुर र अन्य सञ्चार माध्यमहरुले प्राथमिकताका साथ छापेको समाचार र बाबुराम भट्टराईलगायतका केही उच्च पदस्थ व्यक्तिहरुले देखाएको चासो र अग्रसरताले तिमीले न्याय पाउँछौ कि झैँ लाग्छ । तर यसो सर्वोच्चतिर हेर्छु त त्यहाँ पनि अस्तिताका मात्रै तिनै पार्टीहरुले नियुक्त गरेका न्यायाधिश पो छन् त । तिनका विवादास्पद पृष्ठभूमी र व्यापक बिरोधका बाबजुद पनि राजनितिक दलका आडमा नियुक्ति पाएको कुरा सर्वविदितै छ ।

यसरी नियुक्त भएकाहरुले न्याय अन्याय हेर्दैनन् केवल मालिकको मर्जि अनुरुप काम गर्छन् । यस उसले तिमीले केही गरी न्याय पायौ भने पनि अरु पूजाहरु अन्यायमा नपर्लान् भन्ने कुरामा म ढुक्क छैन । फेरी पनि आशावादी बनौँ समाजका हरेक तह र तप्कामा साँच्चै असल मान्छेको पनि त कमी छैन त्यस उसले तिमीले न्याय पाउने आशा भने मरेको छैन ।

रोग केवल न्यायालयमा मात्र कहाँ हो र विद्यालयदेखि विश्वविद्यालयसम्म पार्टीका कोटवालाकै बोलवाला छ । कुनै अड्डाको पिउनदेखि राजदुत नियुक्ति सम्म कोटवालाकै रजार्इं छ । कहीँकतै यस्तो क्षेत्र छैन जहाँ कोटवालाको हालीमुहाली नहोस् । यस उसले पूजा अब यो देशका बेथितिको अन्त्य गर्न अब हरेक विकृतिमाथि धावा बोल्न जरुरी छ । ता कि यो देश एक दिन अभयारण्य बनोस् । जहाँ महिला हिंसाको चपेटामा होइन प्रेमको प्रतिक बनोस् ।

भरसक बलात्कार, अत्याचार पापाचार, दुराचार, भ्रष्टाचार जस्ता कुकर्म हँदै नहोस् भैहाले दोषिमाथि कारवाही भई पिडितले न्यायको एहसास गर्ने वातावरण बनोस् । जबसम्म दलहरुको आडमा न्यायालयमा न्यायाधिश नियुक्ति हुन्छन् तबसम्म बलात्कृत पूजाहरुले न्याय पाउने कुरामा मलाई गहिरो सन्देह छ । त्यसैले समस्याको चुरो कुरो त दलका अयोग्य पिछलग्गुहरुको सार्वजनिक नियुक्तिमा रोक लगाउन नसक्नु हो ।

बलात्कार जस्तो दर्दनाक घटनाबाट गुज्रेका किशोरीहरुको बाँकी जीवन कि चरम निराशामा समाप्त हुन्छ कि एउटा महान फड्को मार्छ । कायाकल्प हुन्छ । तिमीले पछिल्लो सम्भावना देखाएकी छौ । आफूमाथि परेको कठोर आघातका बाबजुद तिमीले जुन धैर्य र आत्मबलका साथ अगाडी बढ्ने कोसिस गर्यौ र बढिरहेकी छौ त्यो सराहना योग्य छ । पिडा लुकाएर समाधान हुन्न त्यसैले मिडियामार्फत बाहिर ल्याउने जुन हिम्मत गर्या, ठिक गर्यौ । अझ भविष्यमा वकिल बन्ने र आफूजस्तै पिडितहरुलाई सहयोग गर्ने मनसायले त म द्रविभूत नै भए । यस्तो अदम्य साहस थोरैले मात्र लिन सक्छन् । तिमी निरन्तर अगाडी बढ महान सामाजिक अभियन्ता बन्ने लक्ष्यका साथ । जो निःसन्देह प्राप्त हुनेछ ।

पूजा, संसारमा तिम्रो जस्तो पिडा धेरै नारीहरुले भोगेका छन् । फरक यत्ति हो कसैले त्यो पिडाका बाबजुद पनि अगाडी बढ्ने आँट गर्छन् भने कोही पिडाको भासमै बिलाउँछन् । बिख्यात अमेरिकी अभिनेत्री, फिल्म निर्मात्री, टक सो होस्ट तथा समाजसेवी ओप्रा विन्फ्रे नौ वर्षको कलिलो उमेरमै आफ्नै मामाको छोरा, काका तथा आमाको केटा साथी बाट पटक–पटक बलात्कार हुन परे पनि उनले आफ्नो सफलताको यात्रालाई कायमै राखिन् । र त उनी आज संसारकै प्रभावशाली महिलाको सूचीमा अग्रस्थानमा छिन् ।

पिडाका बाबजुद निडर भई अगाडी बढेकैले आज उनी विश्वको अर्बपति महिलाबन्न समेत सफल भईन् । तिमी एउटा कुरा याद राख तिमी र विन्फ्रेमा धेरै कुरामा समानता छ । तिमी जस्तै उनी पनि अत्यन्त गरिब परिवारमा जन्मेकी हु्न । ज्ञान प्रतिको तिम्रो लगाव पनि सायद उनको भन्दा कम छैन । तिमीले आफ्नो यात्रा सगरमाथा जस्तै उच्च विश्वासका साथ कायम राखे तिमी एक दिन अवश्य एक सफलतम् व्यक्ति बन्ने छौ भन्ने कुरामा मलाई शंका छैन ।

यो वर्ष नाबेल पुरुस्कार प्राप्त पाकिस्ताननी युवती मलालाको संघर्ष कथा पनि तिमीले सुनेकी हौली । महिला शिक्षाका लागी वकालत गर्ने उनले तालीवानी विद्रोहीको गोली खानु परे पनि पछि हटिनन् । तिमी जस्ता कल्कलाउँदा मगज र यौवनवान नारीका बाटामा तगारा अनेक आउँछन् तर पूजा तिमी कहिल्यै हिम्मत नहार । यो संसारमा बेइमानी र बेथिति अनी अन्यायसंग हारेर कहिल्यै भाग्नु हुन्न । न्यायको लडाईमा तिमी एक्ली हुने छैनाँै । मात्र तिमी अघि बढ, हजारौँ न्यायका सिपाहीहरु तिम्रो पछि लामबद्ध हुनेछन् ।

अचेल म सामाजिक सञ्जालको भित्ताभरी तिम्रो पक्षमा न्यायको लागि गरिएका समर्थनका स्वरहरु सुन्छु । ति मध्ये कुनै संयमित छन् भने कुनैमा आक्रोशको मात्रा धेरै छ । कसैले त पैसामा नारीको अस्मिता साट्ने भए बलात्कारीका आफन्तको अस्मिता साट्न समेत चुनौती दिएका छन् तर पूजा म बलात्कारीका बहिनीले पनि त्यो पिडा भोग्न नपरोस् भन्न चाहन्छु, जुन तिमीले भोग्यौ । जसरी म तिम्रो अस्मिता लुटिएकोमा पिडाले छटपटाएको छु बलात्कारीका बहिनीले त्यो पिडा भोगे भने पनि म त्यसैगरी छट्पटाउने छु र तिनको न्यायको लागि लडिरहनेछु । किनकि पिडा अपराधीले नै भागेता पनि त्यो पिडा नै हो ।

एउटा माघले जाडो नगए जस्तै एउटा घटनाले जीवन सकिँदैन बरु हरेक भयानक घटनाले झन् बलियो भएर अगाडी बढ्न चुनौती थपेर जान्छ । यस बारेमा तिमी जस्ती विदुषीलाई मैले यो सात समुद्र पारीको देशबाट व्याख्यान दिइरहनुपर्छ जस्तो मलाई लाग्दैन । बेजोडको हावा र हुन्डरीका बीच हुर्किएको रुख बलियो भए जस्तै, बलात्कारको असह्य वेदनालाई शक्तिमा बदल्दै नारी मुक्तिका लागि सिङ्गो जीवन अर्पण गर्नु नै तिम्रो जीवनको सार्थकता हुनेछ भन्दै अहिलेलाई यत्ति । स्रोत : रातोपाटी

उही तिम्रो दाजु,
बीर बहादुर बोहरा
साउथर्न यूनिभसिर्टी, ब्याटन रुज, लुजियाना (अमेरिका)

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...