‘पीके’ फिल्म धार्मिक विवादमा फस्दै, हलमा तोड्फोड

Loading...
Spread the love

पौष १६, काठमाडौँ । आमिर खानको फिल्म ‘पीके’ को विवाद घट्नुको साटो बढ्दो छ । फिल्म लगातार धार्मिक विवादमा फस्दै गइरहेको छ र अब यसको विरोध दिल्ली पुगेको छ । दिल्लीमा बजरंग दल र हिन्दु सेनाले एक हलमा फिल्म चलिरहेको अवस्थामा तोड्फोड गरेका छन् ।

PK Hindi moviesइन्डिया टुडेका अनुसार हिजो सोमबार उक्त फिल्मकै विषय लिएर अहमदावाद र भोपालमा विरोध भएको थियो । फिल्ममा भगवानलाई जसरी चित्रण गरिएको छ, त्यसलाई प्रतिबन्ध गर्न माग गरिएको छ ।

अहमदावादमा बजरंग दलले बिरोध प्रदर्शन गर्दै फिल्म हलमा निकै उग्र रुपमा बिरोध प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरुले हलको झ्याल भाँच्दै फिल्म विरुद्ध नाराबाजी गरेका थिए ।

स्मरण रहोस्, गत शनिबार योग गुरु रामदेव र गुरु शंकराचार्यले पनि फिल्मप्रति आफ्नो आपत्ति प्रकट गरिसकेका छन् । रामदेवले फिल्मलाई बहिष्कार गर्न अपिलसमेत गरेका छन् । एक टेलिभिजनलाई दिएको अन्तर्वातामा रामदेवले हिन्दु धर्मविरुद्ध आजकाल मानिसहरु आपत्तिजनक बयान गर्न थालेको बताए । उनी भन्छन्, ‘ठूला मानिसहरुलाई हिन्दु धर्म विरुद्ध लाग्न निकै रमाइलो लाग्छ ।’

उपयद्यपी आमिर खानले भने आफूले हिन्दु धर्मलाई अपमान गरेको कुरामा सत्यता नभएको बताएका छन् । आफू मुस्लिम भएपनि हिन्दु धर्मलाई आफूले सधैँ सम्मान गर्दै आएको बताउँदै उनले भने, ‘मेरा सबै हिन्दु साथीहरुले फिल्म हेरेका छन् तर उनीहरुले त्यस्तो महसुस नगरेको उनीहरुले मलाई बताएका छन् ।’

‘राजकुमार हिरानी, विनोद चोपडा र अभिजित जोसी सबै हिन्दु नै हुन् । वास्तवमा फिल्मका क्रु मेम्बर्समा ९९ प्रतिशत हिन्दु छन् । उनीहरुले त यस्तो गर्न नसक्लान्,’ उनले फिल्मका निर्देशक, निर्माता र पटकथा लेखकलाई इंगित गर्दै बताए । रातोपाटी

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...