साझाको ४१ वर्षे पुरानो शाखा बन्द

Loading...
Spread the love

पौष १६,  इलाम  । व्यवस्थापन लापर्बाहीका कारण धरासयी बन्दै गएको साझा प्रकाशनको अस्तित्व सङ्कटमा परेको छ । आर्थिक अवस्था कमजोर भएर थेग्न नसकिएको भन्दै ४१ वर्षे पुरानो शाखा बन्द गर्न लागिएको हो ।

इलामको शाखा बन्द गरेर झापाको विर्तामोड सार्न थालिएको छ । सस्तो मूल्य र सुलभ तवरमा पुस्तक उपलब्ध गराउँदै आएको साझा बन्द हुने भएपछि स्थानीयवासी चिन्तित छन् ।

“पुुस अन्तिमसम्ममा शाखालाई झापाको मुख्य शाखामा सारीसक्ने कार्यालयले जनाएको छ । पुस्तक बिक्री छाडेर पुस्तक लैजाने तयारी भइरहेको छ”, शाखा प्रमुख मनोरथ घिमिरेले भने, “बर्सेनि शाखाको बिक्री न्यून भएकाले खर्च धान्नै नसकेर बन्द गर्नुपरेको हो ।”
आन्तरिक झमेलाले अन्य प्रकाशनस“ग प्रतिस्पर्धा गर्न नसकेपछि प्रत्यक्ष नोक्सानी साझालाई छ । अघिल्लो वर्ष यो शाखाबाट करिब रु ६० लाखको पुस्तक बिक्री भएकामा गत आवमा रु १० लाखको पनि बिक्री हुन सकेन ।

“लामो समयदेखि यहा“ सेवा दिँदै आएको शाखा सर्नुमा आन्तरिक कारणसहित यहा“का बासिन्दाले पनि यसको महत्व बुझ्न नसक्नु हो”, प्रमुख घिमिरेले भने, “आन्तरिक समस्या समाधान गर्दै नया“ व्यवस्थापन भएर पुरानै ढङ्गमा संस्था चल्नेमा आशावादी छौँ ।”

साझा प्रकाशनले गर्दै आएका छपाइका काम निजी क्षेत्रलाई दिन थालेपछि साझा प्रकाशनको आर्थिक सङ्कट सुरु भएको हो । मुख्य आम्दानीको स्रोत सामुदायिक विद्यालयका पुस्तक वितरणको जिम्मा पछिल्लो समय साझालाई ठूलो सङ्कट परेको हो ।

साझाले नौ प्रतिशतमात्र छुट दिने तर अन्य प्रकाशनले १५ देखि २५ प्रतिशतसम्म छुट दिने गरेकाले पनि साझाबाट विद्यालयका पुस्तक बिक्री हुन छाडेका हुन् । निजी क्षेत्रबाट छपाइ गरेर बिक्री गरेका पुस्तक साझाको तुलनामा गुणस्तरहीन हुने गरेको कर्मचारी बताउँछन् । यो वर्ष कुनै पनि विद्यालयले साझाबाट पुस्तक खरिद गरेनन् । विद्यालयको पाठ्यपुस्तकमात्र नभएर साहित्य, निबन्ध, उपन्यास, कथा, नाटक, इतिहास, भूगोल, विज्ञान, भाषा, धर्मलगायतका पुस्तक रहेको प्रकाशनमा पुस्तक खरिद गर्न त परै जाओस् पढ्नका लागि पनि कोही पुग्दैनन् ।

काम नभएपछि यहाँका कर्मचारी दिनभर घाम तापेर दिन बिताउने गरेका छन् । पुस्तक बिक्रीको आम्दानीबाटै यहाँका कर्मचारीले तलबभत्ता खानुपर्ने हुन्छ तर पुस्तक बिक्री नहुँदा साउन महिनादेखि तलब खान नपाएको कर्मचारीको भनाइ छ । “पुस्तकको कारोबारबाटै आएको रकमले घरभाडा, बिजुली, पानीको समेत पैसा तिर्नुपर्ने भएकाले पुस्तक बिक्री नहँदा रकम अभाव खेप्नुपरेको छ”, घिमिरेले भने । प्रकाशनमा अहिले ३५ लाखका साहित्यिक पुस्तक छन् । कार्यालयमा रु छदेखि दुई हजारसम्मका पुस्तक छन् । रातोपाटी

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...