१३ वर्षको उमेरदेखि ९ वर्षसम्म यौनशोषण

Loading...
Spread the love

पाैष १६ काठमाडाैँ  । मधेसी परिवारमा जन्मिएकी एक युवतीले आफू ९ वर्षदेखि लगातार यौन शोषणमा परेको बताएकी छिन् । यस्ता घटनाहरु नेपालमा धेरै हुने गर्छन् तर लाजमर्दो कुरा त यो छ कि यौन शोषण गर्ने व्यक्ति संयुक्त राष्ट्रसंघको कार्यालयमा काम गर्दै आएका एकजना नेपाली भएको बताएकी छिन्, ति युवतीले । जब युवती १३ वर्षकी थिइन्, त्यतीबेलादेखि नै उनीमाथि यौन शोषण भएको थियो । त्यतीबेला ति युवती काठमाडौंमा थिइन्, यौन शोषण जारी थियो । अहिले युवती अमेरिकाको न्युयोर्कमा छिन्, यौन शोषण अहिले पनि जारी छ । तिनै युवतीसँग केही पहिले कृष्णा गौतमले कुरा गर्दा उनले आफ्नो सम्पूर्ण व्यथा यसरी पोखिन् ।

rapeeeeeeम नेपालको पूर्वी तराईको जिल्ला उदयपुरमा एउटा गरिब मधेसी परिवारमा जन्मिएकी केटी हुँ । मेरा पनि धनी बाबुका छोराछोरीहरुले जस्तै राम्रा स्कुलमा पढेर राम्रो शिक्षा लिने इच्छा थियो । तर इच्छा भएर के गर्नु रु गरिब परिवारमा जन्मिएकाले राम्रो स्कुलको त कुरा छाडौं, नराम्रो स्कुलमा पनि पढ्न पाइन । घरमा खानलाउनको निकै दुख थियो । अरुको घरमा काम नगरेसम्म हाम्रो परिवार बाँच्न असम्भव जस्तै थियो । तर पनि जसोतसो दिन वितिरहेकै थिए ।

यस्तैमा एकदिन एकजना पहाडको दाजुले मेरो बुबाआमासँग मलाई काठमाडौं लैजाने कुरा गर्नुभयो । काठमाडौंमा एकजना धनी मान्छेको घरमा काम गर्न जानका लागि छोरीलाई पठाइदिनुपरयो भन्दै उहाले मेरो बाबुआमासँग प्रस्ताव राख्नुभयो । राम्रो परिवार भएकाले कुनै समस्या नहुने र काम गरेवापत घर खर्च चलाउन राम्रो पैसाको व्यवस्था गरिदिने आश्वासन समेत दिनुभएको थियो ति दाजुले । सुरुमा त नौलो ठाउमा पठाउन मेरो बुबाआमा निकै डराउनुभयो । गाउ“मा हुर्केकी केटी काठमाडौंमा के काम गर्न सक्ली र रु भन्दै उहाहरुले पठाउने मन गर्नुभएन । तर दाजुले सबै कुरा सिकाउने र केटी टाठी भएकिले छिटो काम सिक्ने बताउनुभयो ।

घरको सामान्य काम मात्रै गर्नुपर्ने र पछि स्कुल पठाउने व्यवस्था समेत गरिदने आस्वासन दिएपनि बुबाआमाले पनि नाई भन्न सक्नुभएन । त्यसमा पनि घरखर्चको लागी राम्रो रकम आउने बताएपछि बुबाआमाले मलाई काठमाडौंमा काम गर्न पठाउने निधो गर्नुभयो । मलाई सोध्न जरुरी थिएन शायद । त्यसैले उहाहरुले मलाई केही नसोधी काठमाडौं पठाउने निर्णय लिनुभयो ।

violence-womenपछिमात्र उहाँहरुलाई मलाई काठमाडौं पठाउन लागेको जानकारी दिनुभयो । काठमाडौंमा काम गर्न जान पाउने भइस् , निकै भाग्यमानी रहिछस् भन्नुभयो आमाले । मैले जान्न भन्ने कुरा थिएन । किनभने मैले जान्छु वा जान्न भन्नुको कुनै अर्थ पनि थिएन । त्यतीबेला म १३ वर्षकी मात्र भएकाले के गर्दा ठीक हुने के गर्दा बेठिक हुने भन्नेबारे मलाई केही थाहा थिएन । एकातिर मलाई पनि काठमाडौंमा जान रहर लागेको थियो , अर्कातर्फ नौलो ठाउमा जान डर पनि लागेको थियो । तर पनि मलाई काठमाडौं पठाउने निर्णय भइसकेकाले म चुपचाप जानुको कुनै बिकल्प थिएन ।

कुराकानी भएको केही दिनपछि तिनै पहाडीया दाजुको जिम्मा लगाएर बुबाआमाले मलाई काठमाडौं पठाउनुभयो । आमाले हिड्ने बेलामा भन्नुभयो –“राम्रो स“ग काम गरेस् । मालिक मालिक्नीले जे भन्छन् खुरुखुरु मानेस् । मालिक मालिक्नीले जे भनेपनि मुखमुखै लाग्ने गरी जवाफ नदिएस् ।” मैले आमाको कुरामा स्वीकृती जनाएपछि उहा“ले मलाई अमेरिका लैजाने दाजुसग भन्नुभयो –“ बच्चै छे यो । केही गल्ती गरी भने अन्जान सम्झेर माफ दिनुहोला । ”

त्यसपछि म तिनै दाजुका साथमा बस चढेर काठमाडौं आइपुगें । काठमाडौं आइपुगेपछि मलाई ति दाजुले एउटा परिवारमा जिम्मा लगाइदिए, जुन ठाँउमा काम गर्नका लागि म ल्याइएकी थिएँ। सुरुको दिन कुनै काम गर्नुपरेन । अर्को दिनदेखि मेरो काम सुरु भयो । खाना पकाउने, कपडा धुने र घर सरसफाई गर्ने काम थियो मेरो । १३ वर्षकी मात्र भएकाले यो सबै काम गर्न मेरा लागि निकै दौडधुप गर्नुपथ्र्यो । धनी परिवार नै भएकाले मलाई खासै समस्या थिएन । काम राम्रै गरेकाले मलाई मालिक्निले पनि मन पराउथिन् । मालिकले पनि मलाई मन पराउथें ।

दिनहरु राम्रै बितेका थिए । एकदिन मालिक्नी घरमा नभएको बेलामा मालिकले मलाई चिया बनाएर ल्याउन भने । मैले चिया बनाएर मालिकको कोठामा लगिदिएँ । मालिकले मलाई हात समातेर आफ्नो छेउँमा बस्न भने । मलाई ठूलो मान्छेको छेउमा बस्न मन लागेन । त्यसैले बस्न मानिन । तर उनले हात समातेर आफूतिर ताने । उनका कडा हातले मलाई बेस्सरी आफूतिर लपेटे । सुरुमा त उनले के गर्न खोजेका हुन् मैले केही बुझिन । तर उनको नियत नराम्रो भएको मैले बुझेपछि मैले प्रतिवाद गरें । उनले केही हुन्न भन्दै आफूतिर तानेर मलाई जबर्जस्ती गर्न लागे । मैले प्रतिवाद गरेपनि उनले कुनै वास्ता गरेनन् । अन्तत म मालिकको बेडरुममा बलात्कृत भएँ ।

मलाई असह्य पीडा भइरहेको थियो । म निकैबेर रोएँ । उनले मलाई राम्रा राम्रा कपडा किनिदिने र धेरै पैसा दिने लोभ देखाए । यो कुरा कतै भनेमा भने मारेर बोरामा हालेर बाग्मतीमा मिल्काइदिने धम्की दिएका थिए । मैले कतै गएर भन्ने ठाउमा पनि थिएन । १३ वर्षको उमेरमा यसरी बलात्कृत भएपछि म एक्लै बसेर निकैबेर रोएँ । त्यसदिन मालिकले मलाई २ सय रुपैया पनि दिएका थिए । मालिकले धम्की दिएकाले यो कुरा मैले कतै भनिन । तर यो क्रम निरन्तर जारी रह्यो । मालिक्नी नभएको बेलामा उनले सधैजसो मसँग यौनको प्यास मेटाउने गर्न थाले । सुरु सुरुमा त निकै रोएँ । मालिक्नीलाई सबैकुरा भनिदिउ जस्तो पनि लागेको थियो तर भनिन ।

rapeयसरी म १३ वर्षको उमेरदेखि १७ वर्षको हुदासम्म मालिकबाट बलात्कृत भए । मालिकको यौन प्यास मेटाउने सामान जस्तै भएकी थिएँ म । जब म १७ वर्षकी भएँ, तब मालिक र मालिक्नी अमेरिका आउने भए । मालिकले पनि मलाई अमेरिका लैजाने लोभ देखाउदै यौन प्यास मेट्दै गए । यस्तैमा मालिक अमेरिकामा आए । अमेरिका आएको केही समयपछि उनले मालिक्नी र मलाई पनि अमेरिका झिकाए । सुरुमा त मलाई अमेरिका ल्याउने कुरामा मालिक्नी सहमत थिइनन् । तर अमेरिकामा पनि आफूलाई काम गर्न मान्छे चाहिने बहाना बनाए मालिकले । के कस्ता कागजपत्र मिलाएर झिकाए मलाई थाहा छैन । अमेरिका आउन पाउने रहरका कारण मैले केही सोधिन । सोधेपनि मलाई के थाहा हुन्थ्यो र ? फेरी सोध्दैमा कहाँ बताउँथे र ?

अमेरिका आइसकेपछि मालिकले संयुक्त राष्ट्रसंघमा जागिर गर्न थाले । मालिक्नीले बाहिर काम गर्न थालिन् । म घरको काम गर्न थालें । मेरो काम भनेको घरको सबै काम गर्ने र मालिकको यौन प्यास मेटाउने हुन थाल्यो । चारवर्ष अगाडि अमेरिका आएदेखि नै यो क्रम चलिरह्यो । पछि यो कुरा मालिक्नीले पनि थाहा पाउन थालिन् । सुरु सुरुमा त यही विषयलाई लिएर मालिक र मालिक्नीबीच झगडा पनि हुन्थ्यो । तर पछि शायद मालिक्नीलाई पनि बानि परेछ क्यारे, उनी झगडा गर्न छाडिन् । तर उनले मलाई भने फुटेको आँखाले पनि हेर्न रुचाउदिनथिन् ।

मालिकलाई जति बेला मन लाग्यो, त्यतीबेला म तयार हुनुपथ्र्यो । तर प्राय मालिक्नी घरमा नभएको बेलामा मालिकले मसँग यौन प्यास मेटाउने गर्थे । मालिक्नी शनिवार र आइतवार पनि काममा नै हुन्थिन् । मालिक भने शनिवार र आइतवार विदामा हुने भएकाले मसँगै हुन्थे । मलाई मालिकले रखेलको रुपमा राखेका थिए । पासपोर्टदेखि मेरा सबै कागजपत्रहरु मालिकसँग नै भएकाले म उनले जे गरेपनि चुपचाप सहन बाध्य थिएँ ।

rapeमालिकको यौन प्यास मेटाउने साधनमात्र बनेर बस्दा मलाई यो जिन्दगी नै नारकीय जस्तो लाग्न थालेको छ । उनले मलाई श्रीमतिको रुपमा स्वीकार्न पनि सम्भव छैन । मलाई जीवनभर एउटी रखेल भएर बस्न मन छैन । मलाई पनि मेरो एउटा आफ्नै जीवन बाँच्ने रहर छ । किनभने अहिले म २२ वर्षकी भइसकें ।

यो सिंगो जीवनलाई म यौन प्यास मेटाउने साधन मात्र बनेर विताउन चाहन्न । यो सरासर ममाथि भएको यौन शोषण हो भन्ने कुरा मलाई थाहा छ । तर यो कुरा कहाँ गएर भन्नु ?

जीन्दगीमा जे भयो भयो । अब म यो सबै विर्सेर एउटा नयाँ जीवनको सुरुवात गर्न चाहन्छु । नारकीय जीवनको अन्त्य गरेर म स्वतन्त्र भएर बाँच्न चाहन्छु । अब मलाई यि मालिक र मालिक्नीसँग बस्न पनि मन छैन । अहिले म बाहिर बस्न खोजिरहेकी छु । तर मालिकले भने मलाई आफूसगै राख्न खोजिरहेका छन् । म आफ्नो भविश्यका लागि पनि केही गर्न चाहन्छु । त्यसैले म अहिले न्युयोर्कमा कामको खोजीमा समेत रहेकी छु । केही राम्रो काम पाइयो भने मैले आफ्नो नयाँ जीवन सुरुवात गर्न सक्छु कि भन्ने आशा छ । तर म अनपढ भएकाले अँग्रेजी बोल्न आउदैन । त्यसैले मेरा लागि अरु काम पाउन पनि निकै मुस्किल छ ।

भविश्य त कस्ले देखेको छ र ? तर पनि भविश्यमा भने म यस्तो यौनशोषणकोविरुद्ध आवाज उठाउनेछु । म जस्ता कैयन केटीहरु बाल्यअवस्थामा नै यौनशोषणको शिकार भइरहेका छन् । मेरो त जीन्दगी यस्तो भयो भयो , अरु बालिकाहरुको जिन्दगी यस्तो नहोस् भन्ने मेरो चाहना हो । बाबुआमाले पनि आफ्ना छोराछोरी काम गर्नका लागि अरुको हातमा सुम्पदा कस्तो व्यक्तिलाई सुम्पदैछु भन्ने कुरा ख्याल गर्नुपर्छ । सुम्पीसकेपछि पनि आफ्ना छोराछोरीहरु कुनै समस्यामा पो छन् कि भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । नत्र म जस्तै धेरै बालिकाहरु मालिकका ओछ्यानहरुमा बलात्कृत भइरहनेछन् । स्रोत : खसोखास

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...