श्रीकृष्णको जन्मदिनमा स्वेताले लेखेको भावुक पत्र

Loading...
Spread the love

पौष १७, काठमाडौँ । अभिनेत्री श्‍वेता खड्काले आफ्नो सामाजिक सञ्‍जाल फेसबुकमा नेपाली चलचित्रका नायक अर्थात उनका पति स्व. श्रीकृष्ण श्रेष्ठको जन्‍मदिनको अवसरमा भावुक पत्र लेखेकी छिन् ।

Swata and Shreekrishnaपाँच ओटा तस्वीरसहति सामाजिक सञ्जाल फेसबुमा लेखेको भावुक पत्रमा उनीले शुरुमै ‘यो जीवनमा हजुर र म शारिरिक रुपमा यति छोटो समयमा अलग हुनपर्छ भनेर मैले कहिल्यै सोचेको पनि थिईन’ भनेर उल्लेख गरेकी छिन् ।

उनले पत्रमा मायाँ नै मायाँले भरिएको बिस्वास, हिमाल भन्दा स्वच्छ र सफा हाम्रो मन, आकाश भन्दा फराकिलो र समुन्द्र भन्दा गहिरो हामी दुई बीचको मायाँ प्रेमलाई जुनिभरिसँगै हासने–खेल्ने बाचा कसमसहित गाँसेको बैबाहिक जीवनको डोरी चुँडिएकोमा विस्मत मानेकी छिन् ।

‘हजुरले म प्रति गरेको मायाँ, विश्वास, साथ र त्याग म मेरो मन मस्तिष्कमा जीवनभरि बोकेर हिंड्नेछु र त्यहि मायालाई एउटा मेरो जिउने आधार बनाउने छु,’ उनले पत्रमा भनेकी छिन्, ‘मलाई पुरा विश्वास छ आज मेरा हरेक दिनहरुमा हजुरले मलाई नजर लगाईरहनु भएको छ र हजुरले मलाई सधैभरि माया र आशिर्बाद दिईरहनुहुनेछ ।’

pictureउनले पत्रमा आफ्नो मायाँ सधैभरि केवल श्रीकृष्णकै लागि भएको र अबको बाँकी जीवनमा पनि उनकै नाममा रहिरहने बाचा गरेकी छिन् । ‘किनकि मेरो मन, मुटु र शरीरलाई हजुरको आत्माले दौडाउनु भएको छ,’ उनले भनेकी छिन्, ‘आजको यो महत्वपूर्ण दिन, हजुरको जन्मदिनको दिनमा म बिस्तारामा लडेर मेरो भगवान, मेरो जिन्दगी, मेरो ढुकढुकी हजुरलाई सम्झेर, केवल हामीलेसँगै बिताएका रमाईला क्षणहरु कल्पना गरिरहेको छु ।’

स्वेताले श्रीकृष्णका नाममा लेखेको पत्र..

यो जीवनमा हजुर र म शारिरिक रुपमा यति छोटो समयमा अलग हुन पर्छ भनेर मैले कहिल्यै सोचेको पनि थिईन । हजुरले बारम्बार भनेको कुरा– जीवनमा लेखेको कुरा जसरी पनि भएरै छाड्छ , अनेकौं कोशिज गरेपनि जन्मिदा लेखेर आएको कुरा कसैले मेट्न सक्दैन ९ हजुरले बोलेको कुरा प्रामाणित त गर्नु भयो तर मैले अझैपनि वास्तविक स्विकार्न सकेको छैन ।
happy_birthday_widescreen-1280x800 (1)बिहान उठ्दा सबै कुराहरु ठिकै भएपनि दिनभरीको यात्रामा के के घटना घट्छ कसैलाई केहि थाहा नहुँदो रहेछ ,त्यो त मात्र रातपरेपछि थाहा हुने रहेछ अर्थात राती सुत्ने बेलामा सबै कुराहरु ठिकै भएर सुत्न गएपनि अचानक बिहान उठ्दा के हुन्छ , यो जीवनमा कसैले कहिल्यै ठोकुवा गरेर भन्न नसकिने रहेछ ।

समयको मेहेनत , मायाँ नै मायाँले भरिएको बिस्वास , हिमाल भन्दा स्वच्छ र सफा हाम्रो मन , आकाश भन्दा फराकिलो र समुन्द्र भन्दा गहिरो हामी दुई बीचको मायाँ प्रेमलाई जुनिभरि संगै हाँश्ने खेल्ने बाचा कसमका साथ बैबाहिक जीवनमा गाँस्न पुगियो क्ष् हजुरले म प्रति गरेको मायाँ , बिस्वास , साथ र त्याग म मेरो मन मस्तिक्क्षमा जीवनभरि बोकेर हिंड्नेछु र त्यहि मायालाई एउटा मेरो जिउने आधार बनाउने छु क्ष् मलाई पुरा बिस्वास छ आज मेरा हरेक दिनहरुमा हजुरले मलाई नजर लगाईरहनु भएको छ र हजुरले मलाई सधैभरि माया र आशिर्बाद दिईरहनुहुनेछ  मेरो मायाँ सधैभरि केवल हजुरलाई नै थियो र अबको बाँकि जीवनमा पनि हजुरकै नाममा रहिरहनेछ किनकि मेरो मन, मुटु र शरीरलाई हजुरको आत्माले दौडाउनु भएको छ ।

आजको यो महत्वपूर्ण दिन , हजुरको जन्मदिनको दिनमा म बिस्तारामा लडेर मेरो भगवान , मेरो जिन्दगी , मेरो ढुकढुकी हजुरलाई सम्झेर (केवल हामीले संगै बिताएका रमाईला क्षणहरु कल्पना गरिरहेको छु क्ष्एकै छिनमा हाँश्न थाल्छु , छिनमै रुन अनि आत्तिन पुग्छु तर फेरि हिम्मत गरेर अघि बढ्ने अनेक कोशिज गरेको छु किनकि मलाई पुरा बिस्वास छ हाम्रो मायाँ सधै अमर रहिरहने छ र यो मायाँ कहिल्यै घट्ने छैन केवल बढिरहने छ । आज भन्दा पहिलाको जन्मदिनहरुमा म हजुर सामु उपहारहरु लिएर उपस्तित हुन्थे तर माफ गरिदिनु होला यो पटक मैले हजुरलाई उपहार दिनु को सट्टा उल्टै हजुरसंग मैले उपहार स्वरुप आफ्नो असल स्वास्थको भिक माग्ने आँट गरेको छु ।

Swetaहेर्नुस न मेरो स्वास्थ्यमा कत्ति सुधार आएको छैन , म रातदिन सुत्न परेको छ , मलाई सन्चो भएको छैन , मैले जति कोशिज गरेपनि म उठ्न सकेको छैन , प्लिज मलाई हजुरले शक्ति दिनुहोला , छिटो भन्दा छिटो मलाई उठाई दिनुहोला , हजुरले मलाई सुम्पिएर गएका कामहरु अलपत्र परेका छन , मलाई छिटो निको भएर हजुरको सारा योजना र सपना सफल बनाउने ठूलो इच्छा जागेको छ तर राम्रो संग आफ्नै शरीर सम्हाल्न सकेको छैन ।

प्लिज मलाई साथ दिनुहोस र छिटै निको बनाएर अघि बढाईदिनुहोस यहि उपहार मागे मैले हजुरको यो जन्मदिनमा । हजुर जहाँ हुनुहुन्छ म सधैं हजुरको साथमा रहिरहने छु र केवल हजुरको नाममै बाँचि रहनेछु यहि छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको शुभकामना  हामी दुवैले नचाहँदा नचाहँदै पनि आज भौगोलिक दृस्टीकोणले हामी टाढा हुन बाध्य भएपनि आत्मिय रुपमा हामी सधैंभरि नजिकै रहिरहने छौँ र म जीवनभरि हजुरको यादै यादमा बाँचि रहने छु । यहि बचन छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको बचन कामना ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...