संविधानको मस्यौदा म तयार गर्छु : अध्यक्ष नेम्वाङ

Loading...
Spread the love

पौष १८, काठमाडौँ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले माघ ८ मै नयाँ संविधान जारी गर्न विकल्पसहितको मार्गचित्र प्रस्तुत गरेका छन् । संविधानसभाको कार्यतालिकाले तोकेको समयसीमाभित्रै संविधान जारी गर्नका लागि सोमबारभित्र संविधानका विवादित अन्तरबस्तुमा सहमति गर्न अल्टिमेटम दिदै नेम्वाङले त्यसो गर्न नसके संविधानको मस्यौदा तयार गर्ने जिम्मेवारी आफूलाई दिन विकल्प दिएका हुन् । प्रमुख दलका शीर्ष नेताहरुसहितको कार्यब्यवस्था परामर्श समितिको बैठकमा नेम्वाङले राखेको प्रस्तावप्रति एमाओवादी र मधेसी दल भने सकारात्मक छैनन् ।

constitution assemblyदलहरुबीच विवादित अन्तरबस्तुमा सहमति गर्नु नै सबैभन्दा उत्तम विकल्प हो, बैठकपछि नेम्वाङले भने, दुर्भाग्यबस उहाँहरुले त्यस्तो सहमति गर्नु भएन भने पनि प्रक्रियामा सहमति गर्नुपर्छ । तपाईहरु सक्नुहुन्नु भने पहिलो एकीकृत मस्यौदा निर्माणको जिम्मेवारी सभाध्यक्षलाई दिनुहोस भनेको छु। त्यो पनि हुदैन भने माघ ८ मा संविधान जारी गर्नेगरी सहमतिको अर्को विकल्प दिनुपर्‍यो ।

संविधान र नियमावलीले सभाध्यक्षलाई तटस्थ भूमिका दिएकाले दलहरुका परस्पर विरोधी अडानबीच मस्यौदा निर्माणको जिम्मेवारी लिएर गतिरोध तोड्न खोजेको उनले बताए । आफूले अधिकार पाएमा १४ दिनभित्र संविधानको मस्यौदा पेस गर्ने उल्लेख गर्दै सभाध्यक्ष नेम्वाङ्गले त्यसका लागि आवश्यक पर्ने बाधा अडाउ फुकाउ आदेश र संविधानसभा नियमावली निलम्बनको मस्यौदासमेत दलका नेताहरुलाई उपलब्ध गराएका छन् ।

बाधा अडाउ फुकाउने, नियमावली निलम्बन गर्ने र सामान्य प्रक्रिया पुरा नगर्ने बाटो आफैमा अप्रिय हो, बैठकमा उनले भने, तर संविधान निर्माणका लागि ती सबै अपजसको कालकुट बिष निल्न म तयार छु । तपाईहरु कि मलाई अधिकार दिनुहोस, कि विकल्प। जनतासंग गरेको प्रतिवद्धताअनुरुप माघ ८ भित्र नयाँ संविधानचै जारी गर्नैपर्छ ।

संविधान निर्माणको वैकल्पिक मार्गचित्र विगतको राजनीतिक अभ्यास र नजिरका आधारमा पेस गरेको उल्लेख गर्दै नेम्वाङ्गले त्यसले आ(आफ्ना अडान छोड्न नसकेका नेताहरुलाई नै सहज बनाउने बताएका थिए । दलहरु मिल्दा बाधा अडाउ फुकाएर प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाइएको थियो ।

केहीअघिमात्रै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको गतिरोध तोड्न सभापति बाबुराम भट्टराईलाई स्वविवेकीय अधिकार दिने निर्णय तपाईहरुले नै गर्नुभएको हो, नेम्वाङको भनाई थियो, संविधान र नियमावलीमामात्र होइन, ब्यवहारमा पनि मैले तटस्थ भूमिका खेलेको छु । अधिकार दिनुहोस, संविधानसभाका सबै दस्तावेज र अभिब्यक्त मतहरुको अध्ययन गरी संविधानको मस्यौदा पेस गर्छु ।

मस्यौदामा चित्त नबुझेका विषयको सबै दोष सभाध्यक्षलाई नै दिन पाउने उल्लेख गर्दै नेम्वाङले आफूले पेस गर्ने मस्यौदामाथि जनताको राय, संविधानसभाको छलफल र संशोधनको प्रक्रियामार्फत् परिमार्जनको बाटो बाँकी रहने बताए । मस्यौदाको कुनै विषयमा चित्त नबुझेमा संशोधन प्रस्ताव राख्न सक्ने र त्यसमाथि छलफल, मतदान हुने प्रक्रियालाई उनले यथावत राखेका छन् । त्यसरी आएको संशोधन प्रस्ताव सभाको दुई तीहाइले पारित भएमा संविधानको अंग बन्नेछ ।

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले नेम्वाङको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै विवादका अन्तरबस्तुमा सहमतिको प्रयास पनि जारी राख्ने प्रतिवद्धता जनाए। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले भने घुमाउरो भाषामा सभाध्यक्षलाई मस्यौदा निर्माणको अधिकार दिन नहुने धारणा राखेका थिए। ुहामीलाई सभाध्यक्षप्रति पूर्ण विश्वास छ, तर उहाँलाई मात्र कालकूट बिष पिउन किन लगाउने रुु दाहालको भनाई उद्धृत गर्दै छलफलका एक सहभागीले भने,  हाम्रो भागको विष हामीले नै पिउँला ।कान्तिपुर दैनिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...