प्लिज हामीलाई घर पठाइदिनुहोस्

Loading...
Spread the love

पौष १८, काठमाडौँ । अग्ला फलामे बारभित्र खाली खुट्टा चिसो भुइँमा पलेंटी कसेर बसेका एक सय पाँचजना नेपालीलाई हातमा हत्कडीले मात्रै होइन, सबैलाई लामो चेनले बाँधिएको थियो ।

malaysiaनेपाली दूतावासका श्रम सहचरी बुद्धिनाथ भट्टराई एकजना सहयोगीसहित क्वालालम्पुरको यो थुनुवा केन्द्र पुग्दा सबैको एउटै प्रश्न थियो, हामी कहिले नेपाल उड्न पाउने हो सररु प्लिज हामीलाई घर पठाइदिनुहोस् । चुणामणि भट्टराईले खबर लेखेका छन् ।

भट्टराईले पालैपालो बोलाएर सबैलाई सोधे, के कारणले जेल परेकोरुु दुवै हातमा हत्कडीसहित मलेसियाली प्रहरीको सुरक्षामा उपस्थित धेरैको एउटै उत्तर थियो, हामी बेचिएछौं तर किन्नेले हाम्रो भिसा पनि लगाइदिएको रहेनछ ।

मलेसियाको लिंगिङ र अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेका दुईवटा थुनुवा कक्षमा गरी एक सय २२ नेपाली युवाले आफ्नो उद्धार गरिदिन राजदूतावाससमक्ष आग्रह गरे ।

हामी बेचिएका रहेछौुं, केही कमाइ गरेर परिवार पाल्ने रहरले मलेसिया पुगेका उदयपुर बेलटारका कृष्णबहादुर गिरीले भने, एजेन्टले हामीलाई ल्याएर एअरपोर्टबाटै बेचेको रहेछ। उम्कन खोज्दा जेल परियो ।

चारजना कामदार चाहिनेमा कम्पनीबाट २५ जनाको मागपत्र मगाउने, चारजनालाई सम्बन्धित कम्पनीमा पठाई बाँकी २१ जनालाई एउटै हलमा राखेर कमिसन खाँदै अन्य कम्पनीमा बिक्री गर्ने गरेको पाइएको छ ।

विभिन्न एजेन्ट हुँदै नेपालबाट मलेसिया पुगेपछि त्यहाँको एजेन्टले कम्पनी खोजेर काम लगाइदिएबापत मासिक कमिसन लिने गरेको र आम्दानी थोरै भएपछि कम्पनी छाडेर भाग्दा जेल बस्नुपरेको बाजुराका धनबहादुर शाहीले बताए ।

उनको र अरू धेरैको व्यथा एउटै छ, नेपालबाट एजेन्टले कुनै कम्पनीका नाममा ल्याउने र एक ठाउँमा थुपारेर काम खोज्दै कमिसन लिएर बिक्री गर्ने। सम्झौताबमोजिम भएन भनेर आवाज उठाए पासपोर्ट नदिई अवैधानिक कामदार बनाएर थुनाउने । नेपाली, चिनियाँ र मलेसियन नागरिकले आफूहरूको किनबेच गरेको पछि मात्रै थाहा पाउने गरेको पीडित नेपाली युवाले बताए ।

९ सय रिंगिट ९मलेसियन मुद्रा० न्यूनतम पारिश्रमिक तोकिए पनि मासिक लेबीका नाममा एक सय ५४ रिंगिट, होस्टेल र खानाखर्च गरेर तीन सय ५० रिंगिट कम्पनी तथा एजेन्टले नै लिने गरेकाले चार सय रिंगिटको हाराहारी ९११ हजार पाँच सय रुपैयाँ० मा काम गर्नुपरेको मलेसियास्थित नेपाली दूतावासले गरेको अध्ययनले देखाएको छ ।

राजदूत निरञ्जनमानसिंह बस्न्यातले भने, उच्च जोखिम मोलेर अति न्यूनमात्र रकममा काम गर्नु परेकाले न्यूनतम पारिश्रमिक बढाउनेतर्फ पहल जरुरी भइसकेको छ। यसका लागि दूतावासका तर्फबाट नेपाल सरकारलाई अनुरोध गरिसकेको पनि उनले बताए ।

planथुनामा परी कहींकतै सम्पर्क गर्न नपाएका नेपाली कामदारलाई घर फिर्ता गर्न तथ्यांक संकलन गर्दै ट्राभल डकुमेन्ट बनाइदिने गरेको जानकारी श्रमसहचरी भट्टराईले दिए ।

गाउँमा युवा संकलन गर्ने, राजधानीको मेनपावर कम्पनीसम्म पुर्‍याउने, मेनपावर कम्पनी तथा मलेसियामा पुगेपछि कामदार जिम्मा लिने र उसले ठेक्कामा लगाउने चारथरी एजेन्टको सिकार नेपाली युवा बनेका छन् । रोजगारदाता कम्पनीले पनि श्रमिकबाट नाफा उठाउने गरेको पाइएको छ ।

दूतावासका अनुसार मलेसियाको एजेन्टले त्यहाँको कम्पनीबाट कामदार मागपत्र बनाएपछि नेपाली कम्पनीलाई दिँदा नै कमिसन लिने गरेका छन् । त्यसमाथि पनि कामदार मागपत्र दूतावासले मात्र प्रमाणित गर्नुपर्ने व्यवस्था छैन ।

नोटरी पब्लिक र नेपाल चेम्बर अफ कमर्सले पनि प्रमाणित गरिदिएर दूतावासले थाहा नपाउने अवस्था कानुनमै भएकाले शोषण गर्ने कम्पनी र एजेन्टमाथि कारबाही गर्न अप्ठ्यारो परेको राजदूत बस्न्यातले बताए ।

थुनामा मलेसियन युवतीलाई जिस्क्याएको आरोपमा एक र नेपालीसँगै झगडा गरेकाले प्रहरीले समातेका एकका अतिरिक्त एक सय २० कैदी एजेन्ट र कम्पनीले पासपोर्ट लुकाइदिएको, नक्कली भिसा लगाइदिएकाले जाँचमा पर्दा पक्राउ परेको र अति न्यून तलब भएकाले कम्पनीबाट भागेर अर्कोमा काम गर्न जाँदा समातिएका पाइए ।

थुनामा आधा पेट खानुपरेको र खटिरा आउने सरुवा रोगले आक्रान्त पारेको अधिकांशको गुनासो थियो । आजको अन्नपूर्ण पोष्ट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...