यी कारणले माघ ८ मा संविधान आउँदैन

Loading...
Spread the love

पौष १८, काठमाडौँ । बाहिर–बाहिर प्रमुख दलका प्रमुख नेताहरुले माघ ८ गते संविधान आउँछ भन्न अझै छाडेका छैनन् । तर, पार्टीका आन्तरिक बैठक र आफू नजिकका पत्रकारहरुसँग नेताहरुले भन्न थालेका छन्– यो माघ त गैयो ।

constitutionनेताहरुलाई एउटा भय के छ भने माघ ८ मा संविधान आउँदैन भनेर बाहिर भन्दा आलोचना हुन्छ भन्नेछ । सभामुख सुवास नेम्वाङले ७ गते पनि माघ ८ मा संविधान आउन सक्छ भन्दै हिंड्छन्, अहिले नेताहरु पनि उनकै बाटोमा लागेका छन् । कसैले पहिला मुख खोल्ने भन्ने मात्र हो, तर नेताहरुले माघ ८ मा आउँदैन भनेर आन्तरिक रुपमा भने सबै तहमा आफ्ना कुरा पुरयाएका छन् ।

यो त समयको मात्र कुरा भयो । माघ ८ मा संविधान नआउने प्राविधिक विषय मात्र होइन । यसका पछाडि प्रमुख दलका आ–आफ्ना गम्भीर चासोहरु छन् । ती चासो सम्बोधन नहुँदासम्म यो माघ त के अर्को वर्षको माघमा पनि संविधान नआउने निश्चित छ ।

अहिले प्रक्रियाबाट भए पनि संविधान बनाउँछौं भनेर कांग्रेस एमालेका नेताहरुले भनिरहनुको पछाडि त विपक्षीहरुका कारण संविधान बनेको होइन भनेर सन्देश दिनु मात्र हो । खासमा कांग्रेस–एमालेकै शीर्ष नेताहरु पनि माघ ८ मा संविधान चाहँदैनन् । विपक्षी एमाओवादी र मधेशी दलका लागि पनि ८ माघमा संविधान चाहिएको छैन ।

संविधान निर्माणको प्रक्रिया कम्तीमा तीन महिनाको हुन्छ अब तीन साता मात्र बाँकी छ समय । तर, पनि नेताहरुले झूट बोल्न छाडेका छैनन् । नेताहरुका आ–आफ्नो चासोमा अन्तर्राष्ट्रिय समुदायको पनि भूमिका रहेको देखिन्छ ।

constitution assemblyत्यसो भए नेताहरुका चासो के हुन् त रु यो पनि रोचक नै छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई ८ माघमा संविधान जारी गर्नु छैन । पहिलो कुरा उनी एमाले अध्यक्ष ओलीले भने जस्तो सबैको विरोध रहँदारहँदै पनि संविधान बनाउने पक्षमा छैनन् ।

सकेसम्म सहमति गर्ने उनको दाउ छ । त्यसबाहेक उनी माघ ८ मा संविधान बनाउन किन हतारमा छैनन् भने संविधान बनाएपछि आफ्नो पद गुम्छ भन्ने उनलाई राम्रेसँग थाहा छ । जानी जानी आफ्नो पद हतारमा किन धरापमा पार्ने भन्ने कुरा उनका निकटकाहरुले पटक पटक सम्झाइरहेका छन् । पार्टीका नेता, सभासद्देखि कार्यकर्तासम्मले सत्ताको लाभ लिइरहेको बेला किन सरकार छाड्न हतार गर्ने भनेर कांग्रेसभित्रै यो विषय छलफलमा रहने गरेको कांग्रेसका एक सभासद्ले बताए ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री कोइराला अर्को राणनीतिक कदममा पनि छन् । सकेसम्म उनी महाधिवेशनसम्म आफ्नो पद छाड्न चाहँदैनन् । सरकारमा रहेकै बेला महाधिवेशन भए सभापति बन्न कसैले नरोक्ने उनको बुझाइ छ । पार्टी सभापति भएपछि कार्यवाहक कोइराला परिवारकै सदस्यलाई दिने र त्यसपछि मात्र राष्ट्रपति बन्ने उनको योजना छ ।

Majour party leadr meetingउनी त्यही योजनामा लागेका कारण संविधान बनाउन उनको हतार छैन । यदि सरकारमा नभएको बेला महाधिवेशन भए सभापति शेरबहादुर देउवा हुने ब्रिफिङ संस्थापन पक्षका नेताहरुले कोइरालासामु राखेका छन् । यसमा कोइराला कन्भिन्स छन्, स्रोतले भन्यो ।

कांग्रेस सभापति कोइरालाको जस्तै एमाले अध्यक्ष पनि माघ ८ मा संविधान ल्याउन नचाहने नेतामा छन् । उनले बाहिर जतिसुकै हल्ला गरे पनि भित्रै देखि उनी ८ माघमा संविधान आउनुपर्छ भन्नेमा छैनन् । ओली पहिलो मिसन भारत र चीनलाई खुसी पारेर संविधान बनाउन पहल गरेका छन् । संघीयता लगायतका विषयमा उनको अडान त्यसैको उपज हो ।

भारत र चीनलाई खुसी बनाएर संविधान बनाउन सके भावी प्रधानमन्त्रीको लागि सहज हुने ओलीको बुझाइ छ । स्रोतका अनुसार आजको दिनसम्म ओलीले आफ्नो च्यानल ठीक पार्न सकेका छैनन् । उनी ८ माघ संविधान आए पनि प्रधानमन्त्री बन्ने अवस्थामा छैनन् । आफ्नो प्रधानमन्त्री पद सुनिश्चित नभएसम्म ओली संविधान जारी गर्न दिने पक्षमा छैनन् ।

Assemblyसंविधान पनि बन्ने र प्रधानमन्त्री पनि अरु कोही हुने भयो भने विरामी ओलीका लागि त्यो ठुलो झट्का हुने एमालेका नेताहरुको बुझाइ छ । ‘अनिश्चित प्रधानमन्त्रीको दौडले ओलीलाई अप्ठ्यारोमा पारेको छ । यसैको कारण उनी ८ माघमा संविधान बनाउन चाहँदैनन्’ एमाले स्रोतको भनाइ छ ।

सत्तारुढ दलहरुका जस्तै विपक्षीहरुका पनि आफ्ना चासो छन् । आफूले उठाएका मुद्दा सम्बोधन नहुने संविधानको औचित्य नभएपछि ८ मा संविधान आउनुपर्ने कारण विपक्षीहरुका लागि आवश्यक भएको छैन । सत्तारुढ दलहरु संघीयता, शासकीय स्वरुपदेखि निर्वाचन प्रणालीसम्ममा पछाडि हटेका छन् ।

यो बेला एकीकृत माअ‍ोवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी नेताहरु विजय गच्छदार, महन्थ ठाकुर र उपेन्द्र यादव पनि ८ माघ टरयो भने राजनीतिक पहलकदमी आफ्नो नजिक आउने बुझाइमा छन् । जनआह्वान साप्ताहिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...