मार्शल लगाएर भएपनि माघ ८ मा संविधान

Loading...
Spread the love

पौष १८, काठमाडौँ । पहिचानपक्षधर ३० दलिय मोर्चाले आफ्नो आन्दोलनको तयारी बैठकहरुमा काग्रेसरएमाले लगायतका सत्ताधारि शक्तिले मार्शल लगायर माघ ८ गते संविधान ल्याउने तयारी गरेकोले तत्काल आन्दोलनमा जानु परेको बताउन थालेका छन् ।

constitutionदेशव्यापी आम हड्ताल सहित प्रादेशिक हड्तालमा ओर्लिएका एमाओवादी लगायतका ३० दलिय मोर्चाका मुख्य घटकहरुका बिचमा अहिले यो चर्चा व्यापक छ । आन्दोलन तयारी अन्तर्गत बनेका विभिन्न समितिका बैठकहरु तथा पार्टी एवं मोर्चाका विभिन्न बैठकहरुमा ‘माघ ८ मै मार्शल लगाएर भएपनि प्रतिगामी संविधान घोषणा गर्न लागेको सुइको आफुले पाएको नेताहरुले बताउने गरेका छन् ।

पछिल्लो पटक आन्दोलनको तयारी स्वरुप एमाओवादीका बर्षौसम्म नबसेका विभिन्न कमिटिका बैठकहरु समेत बस्न थालेका छन् । ति बैठकहरुमा माघ ८ गते मार्शल लगाएर संविधान घोषणा गरे के गर्ने भन्ने विषयमा समेत छलफल हुने गरेको एमाओवादीका एक विद्यार्थी नेताले वताए ।

एमाले नेता ओली र प्रधानमन्त्रि सुशिल कोइराला बैठकमै आउनै नचाहनु, सभामुखले आफै मस्यौदा बनाउने अधिकार माग्नु र मित्रराष्टहरुको चलखेल बढ्नुलाइ सत्तापक्षको तयारीका रुपमा बुझेका छन् । ‘बैठक र सहतिको नाममा आफूलाइ अल्मल्याउने र आफ्नो तयारी पुरा गर्ने चलाखी काग्रेसरएमालेले गरिरहेको’ ३० दलिय मोर्चाको बुझाई छ ।

एमाओवादी स्रोतका अनुसार काग्रेस एमालेले माघ ८ मै संविधान ल्याउनका लागि पार्टी निकटका अधिवक्ताहरु टिकाराम भट्टराई, भिमार्जुन आचार्य र शम्भु थापाहरुलाई ड्राफ्ट तयार गर्न भनेको छ । डलर खाएको आरोप लाग्दै आएका पत्रकार कनकमणी दिक्षित, एमालेनिकट एनजिओ इन्सेकका अध्यक्ष सुवोध प्याकुरेल लगायतकाले सहयोग गरिरहेका छन् । आजै शुक्रवार एमाले अध्यक्ष झलनाथ खनालले विराटनगरमा पत्रकारहरुसँगको कुराकानिमा ‘संविधान तयार छ, परेको अवस्थामा जारी हुन्छ’ भन्नुले समेत यो कुराको पुष्टी गर्दछ ।

constitution assembly३० दलिय मोर्चाले संविधानसभामा मार्शल लगाएर संविधान ल्याउन खोजिए के गर्ने भन्ने वारेमा निर्णय गरिसकेको स्रोतले बतायो । ‘संविधानसभाका आफ्ना सभासदहरुलाई सडक आन्दोलनका अन्य कार्यक्रममा नखटाउनुलाइ संविधानसभाभित्रैको तयारी’ भनेर बुझ्न समेत बैठकमा भनिदै आएको छ । संविधानसभाभित्र रहेका सभासदले मार्शल लाग्ने स्थितिमा भित्रैबाट समेत प्रतिरोध गर्ने तयारी मोर्चाको छ ।

माघ ८ मा मार्शल लगाएर संविधानसभाबाटै संविधान जारी गरियो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा एमाओबादीका रुकुम क्षेत्र नं. १ बाट निर्वाचित एवं वाइसिएल नेपालका अध्यक्ष गणेशमान पुनले भने ‘सशक्त प्रतिरोध गरिनेछ, फेरी एकपटक एउटा ठुलो युद्धमा जान्छ मुकुक’ । उनको यो भनाइले पनि दुबै पक्षको तयारी पुष्टी हुन्छ ।

के हो मार्शल, कसरी लगाइन्छ  ??
संविधानसभामा मयार्दापालकका रुपमा प्रहरी खटाइएका हुन्छन् । उनिहरुले दौरा सुरुवाल लगाएर संविधानसभा चलिरहँदा मर्यादापालकको काम गरिरहेका हामीले संविधानसभामा देख्न सक्छौं ।

संविधानसभा संचालनमा वाधा आउने गरी कुनैपनि अवान्छित कृयाकलाप गरिएमा सभामुखले मार्शल लगाएर संविधानसभा सदस्यलाइ नियन्त्रणमा लिन आदेश दिन सक्छन् । सभामुखको आदेश नै सादा पोशाकमा खटिएका ति प्रहरीलाई अन्तिम आदेश हुने कानुन छ ।

यदी संविधान जारी गर्ने सत्तापक्षको तयारी पुरा भए आफ्नो पक्षमा दुइ तिहाइ हुने आँकलन गरेको छ । पहिचानपक्षधरहरु अल्पमतमा हुने र उनिहरुले संविधान जारी हुने अवस्थामा नारा,धर्ना वा रोष्टम घेराउ गरेमा मार्शल लगाउन सक्ने सभामुखको अधिकारको प्रयोग गर्न सक्नेछन् ।  रातोपाटी

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...