चिन्ता नगर्नुस् अब बसेकै ठाउँमा नयाँ पासपोर्ट

Loading...
Spread the love

पौष १९, काठमाडौँ । रोजगारीको लागि विदेशमा हुनुहुन्छ र हस्त लिखित राहदानी छ भने अब चिन्ता गर्नुपर्दैन । किनकी सरकारले अब तपाईहरू भएकै ठाउमा आएर मेसिन रिडेवल पासपोर्ट (एमआपी) दिने प्रक्रिया अघि बढाएको छ ।

mrpसरकारले घरदैलो कार्यक्रममार्फत् विभिन्न चार देशमा रहेका नेपाली कामदारलाई यस्तो सुविधा दिन लागेको हो । नोभेम्बर २४ देखि अन्तर्राष्ट्रिय रूपमै हस्तलिखित राहदानी स्विकार्य नहुने नियमका कारण आफ्ना नागरिकलाई अवैध हुनबाट रोक्न सरकारले यस्तो कदम चाल्न लागेको हो ।

कामदारमध्ये कतिपयलाई यसबारेमा जानकारीसमेत नभएर स्वत अबैध हुन सक्ने अवस्था रहेको छ । मलेसिया, साउदी(अरेबिया, कतार र युनाइटेड अबर इमिरेट्स (यूएई) मा यस्तो घरदैलो टोली पठाउने योजना राहदानी विभागले बनाएर मन्त्रालयलाई बुझाई सकेको छ ।

अब मन्त्रालयले अर्थको सहमतिमा त्यसलाई अनुमोदन गर्न बाँकी छ । बाहिर जाने भन्ने बित्तिकै आर्थिक दायित्व पर्ने भएकाले यसमा समस्या देखिएको हो । राहदानी विभागले तयार गरेर बुझाएको योजना सरकारले पारित गरेमा अर्को दुई सातामा राहदानी टोली ती मुलुक पुगिसक्ने परराष्ट्र मन्त्रालय उच्च अधिकारीको दाबी छ ।

अनलाइन प्रक्रियामा जान ढिलो हुने भएपछि मन्त्रालयले यस्तो उपाय रोजेको हो । नयाँ टेण्डर गरेर जाँदा पनि प्रविधी जडान तथा प्रशिक्षणमा समय लाग्ने हुनाले टोली खटाउन नै उपयुक्त हुने सुझाव विभागको रहेको छ ।

यो सँगै अहिले विभागले नयाँ टेण्डरको प्रक्रिया पनि अघि बढाउनेछ । ती मुलुकमा दूतावासबाट नै पनि कतिपय क्षेत्रमा गएर फाराम संकलन गर्ने कार्य भइरहेको भन्दै केही ब्यक्ति थप गर्नुपर्ने सुझाव दूताबासले दिएका छन् ।

दुई साताअघि नै अघि बढाएको उक्त प्रस्ताव अर्थमन्त्रालयबाट सहमति नआइसकेकाले प्रक्रिया अघि बढाउन बाकी रहेको स्रोतले उल्लेख गरे । समय घर्किदै गएको उल्लेख गर्दै ती अधिकारीले भने, ‘कि प्रत्यक्ष फारम भर्ने प्रविधीमा जानुपर्‍यो कि त घरदैलो कार्यक्रम । अर्को विकल्प छैन ।’

अन्य मुलुकहरुमा खास समस्या नभएकोले चार मुलुकलाई नै विभागले प्राथमिकतामा राखेको हो । ति मुलुकहरुको कतिपय दूतावासमा काजमा केही कर्मचारी पठाउने क्रम जारी छ । जसले गर्दा केही हदसम्म सहयोग पुगेको दूतावासले पठाउने प्रतिवेदनमा उल्लेख छ ।

कतार, मलेसिया, साउदी अरब र युएई आफ्नो नजरमा रहेको राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले बताए । उनले भने, ‘विभागले नोभेम्वर २४ को लक्ष्य राखेर उक्त समयभित्र सबै हस्तलिखित राहदानी विस्थापित गर्न ब्यापक प्रचारको साथै ति मुलुकको विभिन्न स्थानहरुमा नै गएर फारम संकलन गर्न लागेका हौ । यसको विकल्प अहिले देखिएको छैन् ।’

कुन स्थानमा कति नेपाली छन भन्नेसमेत यकिन नभएकोले रोजगार दाता कम्पनीमा नै पुगेर वा त्यस आसपासको क्षेत्रमा गएर राहदानीको फारम भराउनुपर्ने सुझाव विभागको रहेको उनले बताए । यसमा सबैको चिन्ता रहेकाले छिट्टै काम हुने उनको बुझाई छ । उनले दूतावास, गैरआवसिय नेपाली संघको सम्लग्नतामा यस्तो कार्य विभागले गर्नेछ ।

विभागबाट एक मुलुकमा तीन वा चार जना जाने र त्यहाँ दूतावासबाट पनि एक दुई जना लिएर स्थलगत नै गएर फारम भर्ने र काठमाडौं पठाउने तयारी रहेको सुनाएको छ । एनआरएनले पनि यसमा चासो देखाउनुपर्ने धारणा मन्त्रालयको छ । नेपालमा यो गर्छु उ गर्छु भनेर गफ गर्ने एनआरएनले यस्तो गम्भिर विषयमा त्यती चासो नदेखाएको स्रोतले उल्लेख गरेको छ ।

सहयोगका लागि औपचारिक रुपमा नै एनआरएनलाई आग्रह गरिएको जानकारी एक अधिाकरीले दिए । दूतावास पुगेर राहदानीको लागि फाराम भर्नेको लाइन अहिले राहदानी विभागमा देखीने जस्तै छ । मलेसियामा दैनिक सात देखि १५ सय सम्म नेपाली राहदानी र अन्य कामको लागि दुतावास आउने गर्छन भने साउदी अरब, कतार र युएइृमा पनि त्यस्तै हालत रहेको छ ।

त्यहाबाट आउने फारम समेत त्रुटिपूर्ण आउने गरेको छ । यसमा समेत सुधार गर्न आवश्यक छ । विभागका अधिकारीहरुले यी चार मुलुकमा धेरै नै समस्या रहेको बताए । सन २०१० को अन्त्यमा नेपालले एमआरपी लागू गरेयता १६ लाख भन्दा बढि राहदानी जारी भइसके पनि अझै १६ लाख बढि राहदानी नोभेम्वर २४ भित्र जारी गरि सक्नुपर्ने चुनौति रहेको छ ।

दैनिक ५ हजार भन्दा बढि उत्पादन गर्ने गरि काम गर्दा त्यती राहदानी विस्थापित गर्न सक्ने क्षमता विभागको छ । राहदानीको फारम विग्रेमा एसएमएस बाट जानकारी दिने, बनेको राहदानीको सूचना अनलाइनमा राखिदिने जस्ता सुधार समेत भइरहेको विभागका अधिकारीले बताएका छन् । कान्तिपुर दैनिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...