न्यायधिस बमको हत्या अभियुक्त पक्राउ, मन्त्री हुने सपना तोडिदाको हर्कत

Loading...
Spread the love

पौष १९, काठमाडौँ । जनआन्दोलनपछि भएका जातीय र क्षेत्रीय आन्दोलनबाट आपराधिक पृष्ठभूमिकाले पनि ‘नेता’को पगरी गुथे ।

मधेस आन्दोलनलगत्तै त्यहिँसँग जोडिएको चुरे आन्दोलन उठ्यो । तत्कालिन कांग्रेसका स्थानीय नेता केशवप्रसाद मैनालीले सर्लाहीबाट सुरु गरेको आन्दोलनमा भारतीय सेनाको जागिर छाडेका सर्लाहीको ढुंग्रेखोलाका मेघबहादुर थापा उर्फ बाबु थापा देखिए । लगत्तै गठन भएको पार्टीमा बरिष्ठ उपाध्यक्ष र युवा संगठनको अध्यक्ष भएका बाबु थापा राजनीतिको आडमा आपराधिक गतिविधिमा जोडिइसकेका थिए ।

supreme court of nepal२०६४ सालको संविधानसभा निर्वाचनमा चुरे भावर राष्ट्रिय एकता पार्टीको तर्फबाट धनुषा- ७ मा प्रत्यक्ष चुनाव लडे । त्यतिबेला ३० वर्ष उमेरका थापाले ३ हजार ३ सय ८४ मत पाएका थिए । उनले एमाले, कांग्रेस र एमाओवादीपछि चौथो धेरै मत पाएका थिए । त्यस निर्वाचन क्षेत्रबाट एमालेका शत्रुघ्न महतो निर्वाचित भए ।

संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ एक सिट जितेको चुरे भावरले तत्कालिन अध्यक्ष मैनालीलाई सभासद् बनाएर पठायो । त्यसको एक वर्षनबित्तै पार्टीमा विवाद विजारोपण भयो । थापाको समूहले मैनालीलाई पार्टीबाट निकाले । निर्वाचन आयोगले पनि बाबुको समूहलाई नै आधिकारिता मान्यो ।

आयोगको निर्णयमा असन्तुष्ट मैनाली सर्वोच्च अदालत गए । सर्वोच्चका तत्कालिन न्यायाधीश रणबहादुर बमको एकल इजलासले निर्वाचन आयोगको निर्णय बदर गर्दै मैनालीलाई नै निरन्तरता दिन अन्तरिम आदेश दियो ।

चुरे भावर पार्टीको बागडोर सम्हाल्दै बाबुले गृहराज्यमन्त्री हुने सपनासमेत देखेका थिए ।को बागडोर सम्हाल्दै बाबुले गृहराज्यमन्त्री हुने सपनासमेत देखेका थिए । ‘बाबु थापाले आफ्नो नेतृत्वमा पार्टी रहेको खण्डमा आफू गृहराज्य मन्त्रीसमेत हुने माहोल बनिसकेको तर सर्वोच्चले पार्टीका पूवअध्यक्ष केशव मैनालीलाई नै अर्को आदेश नभएसम्म जारी राख्ने ‘स्टे अर्डर’ आदेश दिएकाले आफू तीन वर्षसम्म राजनीतिक भूमिकाविहीन भएकाले सोच आदेश चित्त नबुझाएको’ प्रहरीले प्रतिवेदनले भनेको छ ।

पार्टीमा गुटबन्दी र फुटमा प्रत्यक्ष सहभागी भएका बाबुले त्यसअघि नै पार्टीका उपाध्यक्ष बद्रिप्रसाद न्यौपाने, मैनालीका छोरा समीरमाथि आक्रमण गरे । राजनीति गर्न काठमाडौं आएका बाबुको समूहले ०६८ जेठमा एक्कासी बन्द घोषणा गर्दै कान्तिपुर टेलिजिभनको गाडीमा आगजनी गरेको थियो ।

भारतीय सेनाको भगौडा हुँदै राजनीतिको आवरणमा आपराधिक गतिविधि गर्दै आएका तीनै बाबुले गृह राज्यमन्त्री हुन नपाएको झोंकमा न्यायाधीश बमको हत्या गरे । उनीसहित शिव भन्ने करण चौधरी, नवीन भन्ने प्रेमराज खड्का, दीपक कर्णलाई प्रहरीले पक्राउ गरेर शनिबार नै सार्वजनिक गरिसकेको छ । भगवान भनिने सञ्जय इस्माली मगर भने फरार छन् । उनी साउदी अरबमा रहेको प्रहरीले जनाएको छ ।

बाबुविरुद्ध सर्लाहीमा ज्यान मुद्दा छ भने महोत्तरीमा अपहरण मुद्दा चलिरहेको थियो ।

घटनाः २०६९ जेठ १८ गते ।

घटना समयः बिहान अन्दाजी ११.२ मिनेटमा ।

घटनाको प्रकृतिः गोली प्रहार गरी हत्या ।

घटनास्थलः ललितपुर उपमहानगरपालिका- ३४ शंखमुलस्थित यूएन पार्क नजिकैको प्लटिङको बाटो ।

घटनामा संलग्न व्यक्तिहरुः ३ वटा मोटरसाइकलमा आएका ५ जना ।

मृत्युः तत्कालिन न्यायाधीश रणबहादुर बम ।

घाइतेः प्रहरी सहायक निरीक्षक महेश गिरी ।

घाइतेः न्यायाधीशका साथी राम गिरी ।

यहि घटनालाई नेपाल प्रहरीले ‘अप्रेसन शंखमुल’को नाम दिएको थियो । संविधानसभा विघटन भएको ठीक ४ दिनपछि भएको न्यायाधीशको हत्याले आतंक सिर्जना गरेको थियो । तत्कालै कुनै अपराधी पक्राउ नपर्दा झन् ठूलो त्रासदी थियो ।

प्रहरीले तत्कालिन एआईजी कुवेरसिंह रानाको अध्यक्षतामा डीआईजी उपेन्द्रकान्त अर्याल, एसएसपी देवेन्द्र सुवेदी, सुवोध घिमिरे र राजेन्द्रमान श्रेष्ठ रहेको अनुसन्धान समिति बनाएको थियो ।

आफ्नो क्षेत्राधिकारभित्र पर्ने सबैभन्दा ठूलो प्रोफाइलका व्यक्तिको हत्यापछि प्रहरीले यस घटनालाई गम्भीररुपमा लियो । भलै, ढिलै नेपाल प्रहरीले यस घटनालाई टुंगोमा पुर्‍याएरै छाडेको छ ।

चुरे भावर राष्ट्रिय एकता पार्टी नामको क्षेत्रीय पार्टीको आडमा राजनीति गर्दै आएका मेघबहादुर थापा उर्फ बाबु थापाको आपराधिक समूहले न्यायाधीश बसको हत्या गरेको सबुतसहित प्रहरीले घटना अनुसन्धानलाई एउटा टुंगोमा पुर्‍याएको छ ।

प्रहरीले न्यायाधीश बम हत्यामा अहिलेसम्मकै ठूलो जनशक्ति र खर्च गरेको जनाएको छ । घटनाको निष्कर्ष निकाल्दै नेपाल प्रहरीले भनेको छ, ‘घटनाको गाम्भीर्यता र त्यसले  पार्न सक्ने असरलाई मध्यनजर गर्दै नेपाल प्रहरीले प्राप्त स्रोत र साधनहरुको अधिकतम सदुपयोग गर्दै कुनै पनि जघन्य अपराध अनुसन्धानमा हालसम्मकै सबैभन्दा धेरै प्रहरी जनशक्ति र खर्च गरी अन्ततः घटनामा संलग्न भएका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सफल भएको छ ।’

प्रहरीका अनुसार घटनामा केन्द्रीइ अनुसन्धान ब्यूरो, प्रहरी प्रधान कार्यालय, विशेष ब्यूरो र महानगरीय प्रहरी आयुक्तको कार्यालय तथा मातहतका युनिटहरुबाट करिव १ सय जनाको संयुक्त अनुसन्धान टोलीले निरन्तर २ महिनासम्म अनुसन्धान गरेको थियो भने सोही युनिले निरन्तर फलोअप गरेको थियो । ‘त्यसपछि भने केन्द्रीय अनुसन्धान ब्यूरोले निरन्तर टोली परिचालन गरेको’ प्रहरी प्रतिवेदनले बोलेको छ ।

अनुसन्धानमा ६४ पुरुष र ४ महिना गरी ६८ जनासँग सोधपुछ गरिएको छ ।

प्रहरीले बाबु थापासहित जनकपुरका ३८ वर्षीय शिव भन्ने करण चौधरी, हरिवन- ५ सर्लाहीका नवीन भन्ने प्रेमराज खड्का, जनकपुरका ३८ वर्षीय दीपक कर्णलाई पक्राउ गरेको छ । खनियापानी- ७ रामेछापका २८ वर्षीय सञ्जय इस्माली मगर भने फरार छन् । करण र सञ्जय सुटर हुन् । बाबुले हत्या योजना र हतियार व्यवस्थापन गरेका थिए भने दीपकले निगरानी गर्ने र पेस्तोल बोकेर सहयोग गर्ने काम गरेका थिए । नवीनको काम मोटरसाइकल चलाउने र निगरानी गर्ने थियो ।

घटनामा गोली प्रहार गर्ने चौधरी र मगरले चोरीको मोटरसाइकल प्रयोग गरेका थिए ।

 इकान्तिपुर

Loading...

यसमा तपाइको मत

main बाट अन्य

बच्चाको विभत्स घाँटी रेटी हत्या गर्ने पक्राउ

Spread the love जेष्ठ ९ गते । बारा !! दुई नबालकको घाटी रेटी हत्या गरेको अभियोगमा थप अनुसन्धानको लागि कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने बर्षिया फरमुल्लाह अंसारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिति...

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...