सेमेस्टर राख्ने कि फेर्नेमा विवाद

Loading...
Spread the love

पौष २०, काठमाडौँ । त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभागको रिजल्टलाई लिएर परीक्षार्थी र विद्यार्थी संगठनले थालेको आन्दोलन सेमेस्टर प्रणाली नै हटाउनेतर्फ उन्मुख हुन थालेको छ । गत फागुनदेखि सुरु सेमेस्टर प्रणालीको पहिलो ब्याचमा प्रकाशित रिजल्ट पुरानो वाषिर्क प्रणालीभन्दा निराशाजनक भएको भन्दै आक्रोशित विद्यार्थीले पुस ७ गते कीर्तिपुरस्थित शिक्षाशास्त्र विभागमा तालामात्रै ठोकेनन्, नयाँ भर्नाका फारम वितरण गर्नसमेत रोक लगाए ।

tuयो रोकावटसँगै मानविकी, व्यवस्थापन र विज्ञान संकायमा प्रकाशन गर्न ठिक्क पारेका रिजल्टबारे के गर्ने भन्ने अन्योल परेको छ। साथै त्रिवि केन्द्रीय विभाग कीर्तिपुरमा मात्रै लागू सेमेस्टर प्रणालीलाई काठमाडौं उपत्यकाका अरू आंगिक क्याम्पसमा लागू गर्ने त्रिवि प्रशासनको रणनीति लागू हुन्छ कि हुँदैन भन्ने अन्योल उत्पन्न भएको छ ।

शुक्रबार साँझसम्म उपकुलपति हीराबहादुर महर्जनको कार्यकक्षमा बसेको त्रिवि प्रशासन र विद्यार्थी संगठनहरूबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । दिनभर बसेको बैठक चर्काचर्कीमा परिणत भएपछि महर्जनले आइतबार फेरि बस्ने गरी स्थगित गरेका छन् ।

नेविसंघ, अनेरास्ववियु, एमाओवादी र वैद्य माओवादी निकट अखिल क्रान्तिकारीले आन्तरिक मूल्यांकन पद्धतिमा पुनर्विचार गर्नुपर्ने परीक्षार्थीको माग समाउँदै प्रशासनलाई दबाब दिइरहेका छन् । ग्रेडिङ सुधार गर्न त्रिवि तयार नभए सेमेस्टरको विकल्प खोजिने उनीहरूको भनाइ छ । पैसा लिने बेलामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेमेस्टर सुविधा दिइने भनेर झ्यापझ्यापी पैसा असुल्ने, नेविसंघ त्रिवि इकाईका प्रतिनिधि मनीष सिजापती आक्रोश व्यक्त गर्छन्, अनि पढाइ र परीक्षाचाहिँ पहिलेभन्दा झुर बनाउनेरुु

त्रिविले यो वर्ष केन्द्रीय विभाग कीर्तिपुरबाट सेमेस्टरलाई विस्तार गर्दै काठमाडौं उपत्यकाका अरू आंगिक क्याम्पसमा लैजाने तयारी गरेको थियो । शिक्षाशास्त्र संकायको रिजल्ट प्रकाशनसँगै अन्य संकायको रिजल्ट कस्तो आउने हो भनी विद्यार्थी आतंकित हुन थालेका छन् । योसँगै सेमेस्टर प्रणाली राख्ने कि नराख्ने भन्नेमा बहस केन्द्रित हुन थालेको छ। संगठनहरू भने अहिले नै सेमेस्टर हटाउनुपर्छ भनेर आफूहरूले माग नगर्ने, तर त्रिवि सच्चिनुपर्ने जिकिर गर्छन् ।

tribhuwan-universityसेमेस्टर प्रणाली सुरु भएपछि पहिलेजस्तो राजनीति गर्ने मैदान कमजोर हुन्छ भन्ने संगठनहरूले ठानेकाले विरोध भइरहेको एक विभागीय प्रमुख आरोप लगाउँछन्। तर त्रिविले सुधार गर्छ भने सहयोग गर्न तयार भएको भन्दै सबै संगठनले गत सेमेस्टरमा कुनै पनि विभागमा राजनीतिक गतिविधि नगरेर सहयोग गरेको बताउँछन्, अनेरास्ववियुका त्रिवि इञ्चार्ज माधव पन्त ।

सेमेस्टर चलाउन हामीले सहयोग गरेको त्रिविले देखेन, पन्त उल्टै प्रश्न गर्छन्, विद्यार्थी मारमा परेको कुरा उठाउँदा सेमेस्टरमा सहयोग नगरेको आरोप लगाउनेरुु आफ्नो संगठनले माग नगरे पनि विद्यार्थीले सेमेस्टरको विकल्प खोज्न थालिसकेको उनी दाबी गर्छन् । त्रिवि उपकुलपति हीराबहादुर महर्जन भने सेमेस्टरको नतिजा सोचेभन्दा राम्रो आएको तर संगठनहरूले असान्दर्भिक देखाउन खोजेको आरोप लगाउँछन् ।

यसबीच नेविसंघ, अनेरास्ववियु, एमाओवादी र वैद्य माओवादीनिकट अखिल क्रान्तिकारीले त्रिविका ३४ वटा केन्द्रीय विभागमा तालाबन्दी गरेका छन्। आन्तरिक मूल्यांकन पद्धतिलाई व्यवस्थित गर्नुपर्ने, फेल विद्यार्थीका लागि एक महिनाभित्र मौका परीक्षाको व्यवस्था हुनुपर्ने जस्ता १७ बुँदे माग उनीहरूले राखेका छन् ।

वाषिर्क प्रणालीमा केही विषयबाहेक १०० पूणरंकको मूल्यांकन नै वाषिर्क परीक्षाबाट हुन्थ्यो । गत वर्ष सेमेस्टर सुरु गरिएपछि ४० अंकको आन्तरिक मूल्यांकन हुन्छ। ६० अंकको मूल्यांकन वाषिर्क प्रणालीमा हुन्छ। यी दुवैथरी अंकका आधारमा विद्यार्थीको ग्रेडिङ हुन्छ। उपकुलपति महर्जन पहिलो ब्याचका विद्यार्थीको ग्रेडिङ भइसकेको भए पनि नतिजा प्रकाशनमा छुटाउँदा आक्रोशित भएको जिकिर गर्छन् ।

Tribhuvan Universityशिक्षाशास्त्रका विद्यार्थीको कडा प्रतिक्रिया सामना गरेका महर्जन व्यवस्थापन र मानविकीमा रिजल्ट प्रकाशनमा प्रभाव पर्न सक्ने सम्भावना देखाउँछन् । विद्यार्थीले थर्काएको भरमा नम्बर पाउने पुरानो सेमेस्टरको प्रवृत्ति दोहोरिनेवाला छैन, महर्जन बताउँछन्, तर मूल्यांकन पद्धतिमा सुधार गर्न हामी तयार छौं ।

सेमेस्टर-वर्ष -सेमेस्टर

सेमेस्टर सिस्टम नेपालमा २०२८ को नयाँ शिक्षानीति लागू भएसागै लागू भएको थियो, तर युरोपेली शिक्षा पद्धतिमा त्रिविलाई लैजाने भन्दै २०३६ सालमा खारेज गरिएको थियो। त्यसपछि सुरु भयो वर्षप्रणाली । त्रिविले गत वर्षसम्म चलाउँदै आएको वर्षप्रणालीको सबैभन्दा ठूलो खराबी विद्यार्थी र शिक्षक दुवै नियमित नहुनु हो। यो कमजोर व्यवस्थाले वर्षैभरि विद्यार्थी भर्ना हुन दिइरहेको हुन्थ्यो, जो कक्षामा नियमित आउँथेनन्। पढ्थेनन् ।

पञ्चायतकालमा सुरु भएको ४० अंकको आन्तरिक मूल्यांकन र ६० अंकको वाषिर्क परीक्षा लिने चलनले विद्यार्थीले आफूमा भएका कमीकमजोरी परीक्षाअगावै सच्याउन पाउँथे। परीक्षाको बेलासम्म उनीहरूका आत्मविश्वास बढ्थ्यो । तर व्यवहारमा कस्तो भइदियो भने आन्तरिक नम्बर दिने अधिकार सम्बन्धित विषय शिक्षकमा हुँदा अल्छी विद्यार्थीले दबाब दिएर, धम्क्याएरै नम्बर पाए । त्रिविले धान्न सकेन र प्रणाली नै फेर्न बाध्य भयो ।

केन्द्रीय क्याम्पसका केही प्राध्यापकहरू कक्षा नियमित नआउने, जाँच दिनमात्रै आउने टुरिस्ट विद्यार्थीु मात्रै सेमेस्टर सिस्टमविरुद्ध रहेको दाबी गर्छन्। ुसेमेस्टर लागू भएपछि भर्ना हुन धेरै पढ्नुपर्छ, प्रवेश परीक्षा पास गर्नुपर्छ, बाह्रै महिना नपढी हुँदैन, त्रिवि समाजशास्त्र विभागका एक प्राध्यापक भन्छन्, राजनीति गनर् मात्रै होस्टल बस्नेहरूले त्यो सुविधा गुमाउँछन्, सेमेस्टर प्रणालीमा नपढ्नेका लागि होस्टल सुविधा उपलब्ध हुँदैन । विरोधका पछाडि यस्ता अनेक कारण छन् ।

नयाँ शिक्षा पद्धतिअनुसार २०२८ मा लागू भएर ०३६ मा हटाइएको सेमेस्टर प्रणालीलाई विद्यार्थी संगठनले असफल पद्धतिु भन्दै विरोध गर्न थालेका हुन्। उपकुलपति महर्जन भने सेमेस्टर फेल भएको होइन, पञ्चायती राजनीतिले हटाइएको बताउँछन् ।

२०७० जेठमा पोखरामा सम्पन्न त्रिविसभाले गत फागुनदेखि सेमेस्टर प्रणाली लागू गर्ने निर्णय गरेको थियो। कीर्तिपुरलाई सेन्टर अफ एक्सलेन्सु अर्थात् उत्कृष्ट प्राज्ञिक केन्द्र बनाउने त्रिवि-अभियानकै क्रममा यो प्रणाली लागू गर्न लागिए पनि स्ववियु र सबैजसो विद्यार्थी संगठनले यसलाई लागू गर्न नदिन आन्दोलनसमेत गरेका थिए । अखिल क्रान्तिकारीले त सेमेस्टर लगाउने निर्णयविरुद्ध त्रिविका विभागहरू तालाबन्दीसमेत गरेको थियो ।

सेमेस्टर हटाएपछि त्रिविमा भर्ना खुला गरियो । सर्वसाधारणका छोराछोरीले कम शुल्क तिरेर पढ्न त पाए, तर चुनाव प्रयोजनका लागि भर्ना गर्ने क्रम सुरु भयो। त्रिवि प्रशासन दलीय भागबन्डाको सिकार भयो, विद्यार्थी सांगठनिक गतिविधिको मारमा परे। नतिजा, त्रिवि केन्द्रीय क्याम्पसमा डेढ सय क्षमताका कक्षाकोठाले कम्तीमा दुई सय विद्यार्थी थेग्नुपर्ने भयो, नअटाएर जेहन्दारहरू बाहिर झ्यालमा झुन्डिएर पढाएको सुन्न बाध्य भए । त्यहा पनि स्पेस नपाउनेहरू बरालिन बाध्य ।

साढे तीन दशकयता त्रिविको पठनपाठन यसरी नै चल्यो ।

केन्द्रीय क्याम्पसको यो अस्तव्यस्त कसरी चिर्दै त्रिविले गत वर्षबाट युरोपेली वाषिर्क प्रणाली हटाएर अमेरिकी प्रणाली सेमेस्टरु लागू गर्‍यो । संगठनहरूले विरोध गरे, अन्ततः लागू भयो । त्यसो त वर्षप्रणाली रहँदारहँदै पनि बीबीए, नर्सिङ, चिकित्साशास्त्रजस्ता विभागमा सेमेस्टर सिस्टममै पढाइ हुने गथ्र्यो। यी विभागको पढाइ, मूल्यांकन र परीक्षापद्धति उस बेलै पनि विश्वसनीय मानिन्थ्यो ।

विद्यार्थी संगठनहरूले वाषिर्क प्रणालीभन्दा सेमेस्टर आधारभूत रूपमा फरक नभएको आक्रोश व्यक्त गरेका छन्। उपकुलपति महर्जन भने सेमेस्टरको विकल्प खोज्न नलाग्ने बरु देखिएका समस्या सुल्झाउने बताउँछन्। भन्छन्, उहाँहरूले भनेजस्तो शतप्रतिशत सुधार पहिलो ब्याचमा ल्याउन सम्भवन थिएन, छैन। तर दे खा परेका असन्तुष्टि सम्बोधन गर्छौं । इ-कान्तीपुर

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...