प्रहरीले पक्राउ गरेपछि आनन्द भयो : अभियुक्त थापा

Loading...
Spread the love

पौष २१, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याका मुख्य योजनाकार बाबु थापा भनिने मेघबहादुर थापाले आफूलाई प्रहरीले पक्राउ गरेपछि आनन्द लागेको बताएका छन् ।

Justic Assassinators Publicizeकेन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थापाले दिएको बयानमा यस्तो छ,‘पहिला प्रतिशोधले हत्या गरियो,घटनापछि न राम्ररी खाना रुच्थ्यो,खाली त्यही घटना झल्झली आउँथ्यो ।

धेरै दिन मनमनै टड्पिएँ,प्रहरीले समात्यो अब आनन्द भो ।’ २०६९ जेठ १८ मा बिहान ११ बजे ललितपुर शंखमुलस्थित यूएनपार्क नजिकै बममाथि गोली प्रहार गरी हत्या गरेको अढाइ महिनापछि पक्राउ परेका थापा सामान्य केरकारपछि छुटेका थिए ।

प्रहरीले घटनामा प्रयोग भएको पेस्तोलबारे नख्खु कारागारमा रहेका मिलन भनिने ज्ञानु लामासँग सोधपुछ गर्दा लामाले उक्त हतियार थापाले दिएको बयान दिएका थिए । ललितपुर प्रहरीले पुनः थापालाई पक्राउ गरेर हतियारबारे सोधपुछ गर्दा उनले अस्वीकार गरेका थिए । त्इसपछि सार्वजनिक मुद्दामा थापा मुक्त भएका थिए ।

न्यायाधीश हत्याका अभियुक्तलाई यसरी समातेको थियो प्रहरीले

थापा र प्रेमराज खड्का सर्लाहीमा तथा शिव भनिने करण चौधरी र दीपक कर्ण जनकपुरमा रहेको सूचना पाएपछि एक साताअगाडिदेखि सीआईबीले प्रहरी परिचालन गरेको थियो ।

थापा लागूपदार्थको कुलतमा लागेको सूचना पाएपछि सर्लाहीको मिलनचोक ढुंगेखोलामा सीआईबी र सर्लाही प्रहरीको टोली परिचालित भयो । सर्लाही, जनकपुर र महोत्तरीसम्म पकड जमाएका थापालाई ढुंगेखोलाबाट करिब सय मिटर टाढा खोकीको औषधि कोरेक्स’ सेवन गर्दा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउपछि थापाले प्रहरीलाई भन्न भ्याए,‘प्रहरी आएको सूचना त पाएको थिएँ तर अर्कै केसमा पक्राउ गर्न आएको होला भन्ठानेको थिएँ।’ थापाले जनकपुरका एक ट्राफिक प्रहरी निरीक्षकसँग झगडा गरेका रहेछन् ।

जनकपुरबाट प्रहरी आएको सोचेर बसेका थापा न्यायाधीश बम हत्यामा समातेको जानकारी पाएपछि छाँगाबाट खसेजस्ता भएका थिए। थापालाई पक्राउ गरेपछि उनका सहयोगी खड्कालाई पक्राउ गर्न प्रहरीलाई सहज भयो। कर्ण र चौधरी थापाभन्दा अगाडि नै जनकपुरबाट पक्राउ परेका थिए ।

कर्ण र चौधरीमार्फत थापालाई फोन सम्पर्क गराएर उनी बसेको स्थान पत्ता लगाउन प्रहरीलाई सहज भएको थियो  । अन्नपूर्ण पोष्ट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...