कानुनसँग मात्र सम्बन्धित नेपालको पहिलो स्वतन्त्र अनलाइन पत्रिका

Spread the love

समाजको अंग मानिस र अन्य सम्रचनाहरुलाई एकै ब्यवस्थित सुत्रमा वाध्नेकाम कानूनले नै गरेको हुन्छ । कुनैपनी कानून कसैको हकअधिकारलाई संकुचित होइन सवैलाई समान रुपमा हकअधिकार ग्यारेन्टी गर्नकोलागी वनाईएको हुन्छ । तसर्थ प्रत्येक कानूनको सम्वन्ध न्याय संग हुन्छ । त्यसैले भनिन्छ विना कानून न्यायको सत्ता छैन र विना न्याय कानूनको सत्ता छैन । समाजको हरेक पक्ष अन्न्यायको चपेटामा नपरोस भनेर नै समाजका प्रत्येक विषयलाई कानुनले ब्यवस्थित गरेको हुन्छ । कानूनले नछोएको र नुछुने कुनै पनि क्षेत्र संसारमा छैन । त्यसैले कानुनसँग चाहेर पनि कोही र कहिल्यै पनि असम्बन्धित रहन सक्तैन ।

हरेकलाई कानुनको बारेमा चासो नभए पनि त्यसले छोड्नेवाला छैन । कुनै पनि पेशा व्यवसाय सञ्चालन गर्दा होस् कि दैनिक जीवन गुजार्न मात्र नहोस् कानुन सबैका लागि उत्तिकै आवश्यक विषय हो । हुन सक्छ हामीमध्ये कोही कानुन प्रति पूर्ण निरस रहन सक्छौ तर अरुले गरेका काम कानुनविपरित छन् भन्ने थाहा पाउने वित्तिकै त्यसबारेमा जानकारी राख्न खोजिहाल्छौ । हो, त्यसैले देशमा कुन कुन काम कानुन विपरित वा कानुन संगत छन् भन्ने थाहा पाउन खोज्ने सबै मान्छेका लागि उपयोगी nepalkanoon.com.  यो कानुनसँग मात्र सम्बन्धित नेपालको पहिलो स्वतन्त्र अनलाइन पत्रिका हो । यसले स्वतन्त्र समसामयिक, प्राज्ञिक र अनुसन्धानात्मक सञ्चारकर्मबाट कानुनले छोएका सम्पूर्ण पाटाहरुको सत्य तथ्य जनसमक्ष सार्वजनिक गर्नेछ ।

कानुन र आम सञ्चारको विशेष अनुभव सहितको समूहद्वारा सञ्चालित यस अनलाइन पत्रिकाले कानुन व्यवसाय भित्रकै पनि राम्रा नराम्रा पक्षहरुको लेखाजोखा गर्दै न्यायमा पहुँच नभएको वर्गलाई पहुँच दिलाउनका लागि आवश्यक सबै पहल लिएर कानुन बमोजिम सुसञ्चालन हुन नसकेका सबै क्षेत्रको वास्तविकता बाहिर ल्याई सुधारको लागि भूमिका निर्वाह गर्ने छ । यसमा सम्बन्धित सबैले सार्वजनिक चासोका विषय, भ्रष्टाचार, विसंगति र अख्तियार दुरुपयोगका जानकारी, पीडा, अत्याचारहरु पनि आफै पोष्ट गर्न सक्ने नागरिक पत्रकारिताको अभ्यासलाई पनि अवलम्बन गरिएको छ । साथै, अत्यन्त कमजोर आर्थिक अवस्था रहेका व्यक्ति, पिछडिएको समुदाय र अन्यायमा परेकाहरुलाई निशुल्क कानुनी सेवा र अन्य आवश्यकहरुलाई कानुनी परामर्श समेत उपलब्ध गराएर सामाजिक सेवाका परियोजनाहरु पनि यो अनलाईन पत्रिकाले सञ्चालन गरेको छ जसका लागि सम्बन्धित शीर्षकमा गएर हामीलाई सम्पर्क गर्ने वा आफ्ना प्रश्न तथा समस्याहरु प्रेषित गर्न भिजिटरहरुले सक्नुहुनेछ ।

Independent Legal News Portal From Nepal

 Law is so central in our lives that to remain aloof from this is virtually impossible. Even if we would like to remain indifferent to legal affairs, law does not remain indifferent to us and our lives. Our life without law is simply unthinkable, and this might be why the great Roman philosopher Cicero aptly put, “We are slaves of the law so that we may be free.”

Nepalkanoon.com is an outcome of such an understanding of indispensable nature of law and our inherent interest towards correcting social wrongs. Founded on the principles of neutrality and social accountability, it aims to bring to fore issues that matter us, our society or nation in one way or another. A brainchild of individuals having legal and media backgrounds, it strives to unveil the wrongs taking place in all spheres of our society – even within the legal profession – and to assist the unprivileged in accessing justice. It feels pride to mention that it is going to be first of its type in Nepal.

Let us welcome you all in this endeavor of ours, and seek your support through active participation in whatever ways possible. This is why we have designed our news portal to be very user-friendly. Everyone interested can post their own concerns or comments, and this is how we think we can fulfill our high-held missions of citizen journalism, civic responsibility, and social accountability.